Welcome, Guest

सामान्यज्ञान , प्रश्नोत्तर भाग - 13

2019-04-21 / 5.2K 1

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. अमेरिकाको भर्जिनियामा रहेको वालोप्स प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रक्षेपण गरिएको भू–उपग्रहको नाम के हो ?
-नेपाली स्याट–१ (नोट – उक्त भू–उपग्रह २०७६ वैशाख ५ गते (२०१९ अप्रिल १८) मा प्रक्षेपण गरिएको थियो)
 
२. आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन कहिले र कहाँ भयो ?
-२०७६ वैशाख ५ गते नेपालगन्ज रंगशालामा (नोट – उक्त प्रतियोगिताको औपचारिक उद्घाटन २०७६ वैशाख ५ गते भए पनि खेल सुरु २०७५ चैत २७ गतेबाट भएको थियो)
 
३. घुस लिएको आरोपमा पक्रन प्रहरी गएपछि गोली हानी आत्महत्या गर्ने पूर्वराष्ट्रपति को हुन् ?
-एलेन गार्सिया  (नोट – सन् २०१९ अप्रिल १७ मा आत्महत्या गरेका पेरुका पूर्वराष्ट्रपति गार्सिया ३६ वर्षको उमेरमा निर्वाचित कान्छो राष्ट्रपतिका रूपमा चिनिन्छन् भने उनलाई ‘ल्याटिन अमेरिकाका केनेडी’ पनि भनेर चिनिन्छ) 
 
४. विश्व सम्पदा दिवस कहिले मनाइन्छ ?
-अप्रिल १८ (यो वर्षको नारा रुरल ल्यान्डस्केप्स रहेको छ)
 
५. पछिल्लो समयमा सुडानमा सेनाद्वारा राष्ट्रपति ओमार अल बसिरलाई अपदस्थ गरी कहिले गिरफ्तार गरियो ?
-२०१९ अप्रिल ११
 
६. नेपाली नागरिकतामा अंग्रेजी भाषाको प्रयोग कहिलेबाट सुरु भयो ?
-२०६६ मंसिर १
 
७. लगानी बोर्डको अध्यक्ष को रहने व्यवस्था छ ?
-प्रधानमन्त्री (नोट – हाल लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री युवराज खतिवडा र प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी रहेका छन्)
 
८. हालै वैज्ञानिकले फेला पारेको मानिसको अर्को प्रजाति कुन हो ?
-होमो लुजोनेसिस (नोट – उक्त प्रजाति फिलिपिन्सका वैज्ञानिकले फेला पारेका हुन्)
 
९.भोयजर र अर्बिटरजस्ता यान कुन ग्रहको खोज गर्न प्रक्षेपण गरिएका थिए ?
-बृहस्पति
 
१०. ‘राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५’ कसलाई प्रदान गरियो ?
-प्रा.डा. संगीता राजभण्डारी
 
११. स्लोभाकियाको पहिलो महिला राष्ट्रपति को हुन् ?
-जुजाना क्यापुटोभा
 
१२. आइइसीका अनुसार विश्वमा सबैभन्दा बढी जलविद्युत् उत्पादन गर्ने देश कुन हो ?
-चीन 
१३. सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७५ अनुसार उच्चतम नाफा आर्जन गर्ने पाँच संस्थानको क्रम कुन सही छ ?
-नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल बंैक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड
 
१४. लभ वेभ्स (Love Waves) केसँग सम्बन्धित रहेको छ ?
-भूकम्प
 
१५. विश्व खुसी प्रतिवेदन २०१९ अनुसार विश्वमा सबैभन्दा खुसी राष्ट्र कुन हो ?
-फिलिपिन्स (नोट – २०१९ मार्च २० मा सार्वजनिक प्रतिवेदनमा नेपाल १००औँ स्थानमा पर्न सफल भयो)
 
१६. प्रदेश नम्बर ३ को लगानी सम्मेलन कहिले र कहाँ भयो ?
-२०७६ वैशाख ६ र ७ गते चितवनमा 
 
१७. नेपालमा पहिलोपटक टर्की चराको खेती कुन ठाउँबाट सुरु गरियो ?
-कास्कीको बाटुलेचौर
 
 १८. हालै लाङटाङ पदमार्गको नाम परिवर्तन गरी के नामकरण गरिएको छ ?
-डा. प्रह्लाद योञ्जन रेडपान्डा पदमार्ग
 
१९. चर्चित साहित्यिक कृति ‘आफर’ कृतिका लेखक को हुन् ?
-उन्मुक्त पुस्ता (नोट – आफर र नथियाले संयुक्त रूपमा पहिचान पुरस्कार २०७५ प्राप्त गरेका थिए)
 
२०.नेपाल सरकारले कहिलेबाट राष्ट्रिय भर्ना अभियान सुरु गर्‍यो ?
-२०७६ वैशाख २ गते 
(नोट – “हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ” भन्ने नाराका साथ सरकारले राष्ट्रिय भर्ना अभियान सुरु गरेको हो)
 
२१. लिच्छवीकालमा विवाह पारपाचुकेसम्बन्धी विवाद हेर्ने अड्डा कुन हो ?
-माप्चोक
 
२२. विश्वको इतिहासमै प्रथमपटक ब्ल्याकहोलको तस्बिर कहिले सार्वजनिक भयो ?
-२०७५ चैत २७ (अप्रिल ११, २०१९)
 
२३. रुसी सरकारले देशको सर्वोच्च नागरिक पद्वी “अर्डर अफ सेन्ट एन्ड्रयु द एपोस्टल” बाट कसलाई सम्मानित गरियो ?
-नरेन्द्र मोदी 
 
२४. नेपालको इतिहासमा प्रथमपटक राष्ट्रिय परिचयपत्र वाहक भगवतीदेवी भण्डारीको निधन कहिले भयो ?
-२०७५ चैत २९ गते (नोट – २०७५ मंसिर ३ गते भण्डारीलाई पहिलो राष्ट्रिय परिचयपत्र गृहमन्त्री रामबहादुर थापाले वितरण गरेका थिए)

You need to login to comment.

1 Comments

Binod Basnet

on 04 Nov, 2019

please include topic of Nepal Army cadet

Facebook Comments