Welcome, Guest

लाेकसेवा टिप्स : लिखित परिक्षामा सफलताका सुत्र

2019-03-11 / 4.5K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

मुलुकका अधिकांश संस्था वा निकायहरूमा पारदर्शिता र निष्पक्षताको खडेरी परिरहेको छ । यतिबेला लोकसेवा आयोगले आफ्ना
कामकारबाहीमा पारदर्शिता र निष्पक्षता कायम गर्दै निजामती सेवामा जनशक्ति छनोट गर्ने कार्य गरिरहेको छ । लोकसेवा आयोगको निष्पक्ष कार्यसम्पादनका कारणले दूरदराजका हजारौं जेहेनदार व्यक्तिहरूले निजामती सेवाको माथिल्लो पदसम्म नियुक्त भई देशको सेवा गर्ने अवसर पाएका छन् । योग्यता, निष्पक्षता र तटस्थताको मूल मन्त्रलाई आत्मसात् गरी लोकसेवा आयोगले योग्यता परीक्षण गरी आयोगको परीक्षा लिन्छ । परीक्षामा प्रश्नले मागेको कुरालाई तोकिएको समयमा कलात्मक रूपमा अभिव्यक्त गर्न सकेमा सफलता हात लाग्छ । सफलता प्राप्तिका लागि अवलम्बन गरिने आधारभूत कुराहरू यहाँ प्रस्तुत गरिएको छ ।
 
एकल उद्देश्य
एकाग्रता लोकसेवा परीक्षा पास गर्न पहिलो आवश्यक कुरा हो । लोकसेवा परीक्षा पास गर्न कुनै ‘हार्ड एन्ड फास्ट’ नियम छैन । कोही वर्षौं पढेर पनि सफलता प्राप्त गर्न सक्दैनन् त कोही दुईचार महिनाको मिहिनेतले पनि सफलता प्राप्त गरेका हुन्छन् । यो पढेको कुरालाई सटिक तरिकाले प्रस्तुत गर्न सक्ने क्षमता, सीप र लेखन शैलीमा भर पर्छ ।
 
 
 
आधिकारिक अध्ययन सामाग्री
 
तोकिएको पद, निश्चित पाठ्यक्रम तदनुरूप निश्चत पाठ्यसामग्री छनोट गर्नुपर्छ । पाठ्यसामग्री संकलन गर्दा आधिकारिक पाठ्यसामग्री हो, होइन, ध्यान पु¥याउनुपर्छ । नेपालको संविधान, सम्बन्धित विषयको ऐन, नियम, विनियम, कार्यविधि, सरकारका क्षेत्रगत नीतिहरू, आवधिक योजनाहरू, नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम, सरकारको बजेट वक्तव्य, संवैधानिक निकाय, मन्त्रालय, सचिवालय, विभिन्न जाँचबुझ आयोग तथा अन्य निकायका वार्षिक तथा आवधिक प्रतिवेदन र प्रगति विवरणहरू, संयुक्त राष्ट्र संघ र सोअन्तर्गतका एजेन्सीका प्रतिवेदन, ट्रान्सपरेन्सी इन्टरनेसनल जस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्थाका प्रतिवेदन आधिकारिक स्रोतबाट नै संकलन गरी पढ्नुपर्दछ । अनाधिकृत र अपूर्ण पाठ्यसामग्रीको अध्ययनले असफल बनाउँछ ।
 
विषयवस्तुमा स्पष्टता
 
लोकसेवा परीक्षा दिने भनेर वर्षौं अध्ययन गरेर पनि परीक्षामा सफल हुन नसकेका हजारौं उदाहरण छन् । यसको प्रमुख कारण विषय वस्तुमा स्पष्ट नभई अध्ययन गर्नु र सहभागी हुनु नै हो । विषयवस्तु स्पष्ट नभएपछि प्रश्नले एउटा माग गर्ने र जवाफ अर्कै लेख्ने गरिन्छ । यसबाट असफलता हात लाग्छ । लोकसेवा परीक्षाको पाठ्यक्रमका कतिपय विषयवस्तु भिन्नता छुट्याउन नसकिने खालका हुन्छन् । निजामती सेवा र कर्मचारीतन्त्रबीचमा भिन्नता छुट्याउन गाह्रो हुन्छ । तर, विषयवस्तु भने भिन्नै हुन् ।
 
विषयवस्तुका विभिन्न आयाम
 
परिचय र परिभाषा, विशेषता, प्रकार, विकास र विस्तार, महत्व, अन्य विषयवस्तुसँग अन्तरसम्बन्ध, सबल पक्ष, दुर्बल पक्ष, विद्यमान व्यवस्था, वर्तमान अवस्था, अवसरहरू र चुनौतीहरू, सुधारका उपायहरू आदि विषयमा स्पष्ट ज्ञान हुनु जरुरी छ ।
 
लेखन सीप
 
लोकसेवा परीक्षामा सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै लेखन कला हो । सीमित समयमा प्रश्नले मागेको कुरा सटिक रूपमा दिनुपर्छ । लेखेको कुरा जाँचकीलाई सटिक लाग्नुपर्छ । प्रतिस्पर्धामा अरूलाई जित्नुपर्ने भएकाले उत्कृष्ट हुनुपर्छ । सफा र स्पष्ट अक्षर लेख्ने, उत्तरको प्रारम्भमा प्रश्नको मूल विषयको परिचय र परिभाषा समेट्ने खालको कुरा छोटकरीमा लेख्ने, उत्तरको बीच खण्डमा प्रश्नले माग गरेका विषयवस्तुका विभिन्न आयामको तर्क र सम्भव भएसम्म उदाहरणसहित लेख्नुपर्छ ।
 
विषयवस्तुको आयामको अन्तरसम्बन्ध हुने गरी जवाफ लेख्ने र अन्त्यमा निष्कर्ष भनेर प्रश्नको मूल विषयको छोटो परिचय, त्यसको महŒव, विद्यमान अवस्था र सुधारका कुरा आउने गरी सारांश लेखेर अन्त्य गर्नुपर्छ ।

You need to login to comment.

Facebook Comments