Welcome, Guest

सामान्यज्ञान , प्रश्नोत्तर भाग - ११

2019-03-10 / 4.2K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१.  मौरिससमा अन्तिमपटक देखा परेको अस्तित्वमा नरहेको उड्न नसक्ने चरा कुन हो ?
 डोडो
 
२.अखिल नेपाल फुटबल संघ एन्फाद्वारा नयाँ लोगो र जर्सी कहिले सार्वजनिक भयो ?
 वि.सं. २०७५ फागुन २० 
(नोट – लोगो तयारकर्ता सन्दीप तिवारी हुन् भने लोगोको माथि सगरमाथा र बीचमा नेपालको झन्डा राखिएको छ)
 
३. सन् १९६१ मा कंगोको समस्या समाधान गर्न संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको खर्च दिन रुसले अस्वीकार गर्दै महासचिवको भूमिकामा समेत आलोचना गर्दै संयुक्त राष्ट्रसंघमा १ जना महासचिवको सट्टामा साम्यवादी मुलुकबाट १, पुँजीवादी मुलुकबाट १, असंलग्न मुलुकबाट १ गरी जम्मा ३ जना महासचिव राख्नुपर्छ भनी राखेको प्रस्तावलाई के नामकरण गरिएको छ ?
 ट्रोइका प्रस्ताव
 
४. आफ्नो गाउँ आफैँ बनाऔँ, नौ सका अभियन्ता, वृद्धभत्ताको व्यवस्था गर्ने, पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको निधन कहिले भयो ?
 २०७५ फागुन १८ गते शनिबार
 
५. जगदीश घिमिरे स्मृति पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
 रोचक घिमिरे
(नोट ५० हजार पुरस्कार राशि र सम्मानपत्र दिइएको)
 
६. प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५ कहिले र कहाँ सम्पन्न भयो ?
 २०७५ माघ २७–२९, उदयपुरको गाईघाटमा
(नोट – आयोजक मूलधार महिला सेवा केन्द्र मासबेस)
 
७. राष्ट्रिय मानवअधिकार आयोगको पहिलो अध्यक्ष को हुन् ?
 नयनबहादुर खत्री (२०५३ पुस २४ स्थापना)
 
८. ब्लुमबर्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्सले सार्वजनिक गरेको सबैभन्दा स्वस्थ देशको सूची २०१९ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 ११०औँ स्थानमा
 
९.एनपिस अवार्ड २०१९ कसलाई प्रदान गरियो ?
 पत्रकार लोग्शरी कुँवर
 
१०. मिस युनिभर्स २०१८ हुन सफल सुन्दरी को हुन् ?
 क्याट्रिओना ग्रेल (फिलिपिन्स)
 
११. प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिर कहाँ रहेको छ ?
 अर्घाखाँची
 
१२. प्रधानसेनापति चौथौ खुला म्याराथुन २०७५ को उपाधि कसले जित्यो ?
 कृष्ण बस्नेत (नेपाल आर्मी)
 
१३. आहा रारा गोल्डकप २०७५ को उपाधि कुन टिमले जित्यो ?
 थ्री स्टार क्लब (उपविजेता नेपाल आर्मी क्लब, सडेन डेथमा ५–४ ले हराउँदै)
 
१४. संयुक्त राष्ट्रसंघले सन् २०१९ लाई कुन वर्षको रूपमा मनाउँदै छ ?
 अन्तर्राष्ट्रिय आदिवासी भाषाहरूको वर्ष, इन्टरनेसनल इअर अफ मोडरेसन, इन्टरनेसनल इअर अफ पेरियोडिक टेबल अफ केमिकल इलेमेन्ट
 
१५. श्रीलंकाको राष्ट्रिय फूल कुन हो ?
ब्लु वाटर लिली
 
१६. नेपालमा रहेको सार्कका कार्यालय कुन–कुन हुन् ?
सार्क सचिवालय, सार्क आर्थिक संघको कार्यालय, सार्क सभामुख तथा संसद् संघको कार्यालय, सार्क कोषको कार्यालय, सार्क निर्वाचन क्षेत्र कार्यालय, सार्क औलो रोग उन्मूलन केन्द्र, सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्र भक्तपुर
 
१७. चर्चित कृति असंगतिका लेखक को हुन् ? 
 सौरभ
 
१८. नेपालमा हुलाक बचत बैंकको सुरुवात कहिलेबाट भयो ?
 वि.सं. २०३३ सालदेखि
 
१९. मदन पुरस्कार २०७४ कसलाई प्रदान गरियो ?
 नीलम कार्की निहारिका (योगमाया कृतिका लागि)
 
२०. १७औँ युरोकप २०२४ कुन देशमा आयोजना हुँदै छ ?
 जर्मनी
 
२१.विश्व मधुमेह दिवस कहिले मनाइन्छ ?
 नोभेम्बर १४ (हरेक वर्ष)
 
२२. कुञ्चिकाल फल्स कुन देशमा रहेको छ ?
 भारत
 
२३. पूरै महादेशमा फैलिएको देश वा देशको नाममा नामकरण भएको महादेश कुन हो ?
 अस्ट्रेलिया
 
२४. नेपालमा मुसलमानको प्रवेश कुन मल्ल राजाको पालामा भएको होे ?
 रत्न मल्ल
 
२५. संसारको सबैभन्दा ठूलो भाषा परिवार कुन हो ?
 भारोपेली भाषा परिवार
 
२६. तेह्रौँ दक्षिण एसियाली खेलकुद कुन देशमा आयोजना हुँदै छ ?
 नेपाल (२०१९ डिसेम्बर १ देखि १० सम्म हँुदै)
 
२७. अरनिको चीन गएका वेला कुन जनावरको मूर्तिको चित्र बनाई विजयी भएका थिए ?
 हात्ती 
 
२८. नेपाल–भारत प्रबुद्ध समूहको पहिलो बैठक कहिले र कहाँ भयो ?
 २०७३ असार २० देखि २१, नेपालको काठमाडौंमा
 
२९. आर्थिक वर्ष ०७४/७५ को आर्थिक सर्वेक्षणअनुसार कुल गार्हस्थ उत्पादनमा द्वितीय क्षेत्रको योगदान कति रहेका छ ?
 १४.२ प्रतिशत
 
३०. नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात कहिले ग-यो ?
 २०७५ फागुन १ गते 

You need to login to comment.

Facebook Comments