Welcome, Guest

बैंकिङ महत्त्वपूर्ण सामान्यज्ञानहरु :

2019-02-19 / 7.8K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१) जनजिवनमा बित्तिय पहुच बढाउन एक घर एक खाता योजना ल्याउने बैंक कुन हो ?
- NMB बैक
 
२) एसियन इन्फ्रास्ट्रक्चर बैंकको प्रधान कार्यालय चिनको बेइजिङमा रहेको छ संस्थापक सदस्य २३ र हाल सदस्य ५७ छन भने स्थापना कहिले भएको हो ?
- २०१४ अक्टोबर २४ (२०१५ जुलाई २९ बाट संचालन)
 
३) युरो मुद्रा प्रयोग गर्ने अन्तिम(१९ औ) रास्ट लिथुवानिया(२०१५ जनावरी १) हो, ९ देशले प्रयोग गर्दैनन भने दैनिक उपयोग कहिले देखि भयो ?
- सन २००२ बाट (सन १९९७ जनावरी १ बाट एकाउन्टिङ करेन्सिका रुपमा रहेको)
 
४) राष्ट्रिय मुद्रा संग्राहलय कुन ठाउमा रहेको छ ?
- छाउनी काठमाडौ
 
५) रु १० को पोलिमर नोट कहिले प्रकाशन भएको थियो ?
- २०५९ आश्विन १४
 
६) रु ५० को नोटमा भेडाको सट्टा हिउँ चितुवा कहिले देखि राख्न थालियो ?
- २०७३ असोज ११ बाट
 
७) द इन्स्टीटूट अफ चार्टर एकाउण्टेण्ट अफ नेपाल बाट प्रदान गरिने " द बेस्ट प्रिजेण्टेट अनुएल रिपोर्ट अवार्ड - २०१७ " बाट सम्मानित हुने बैंक कुन हो ?
- सिटिजन्स बैंक
 
८) यूरो मिनी एक्सिलेन्स बेस्ट बैंक नेपाल-२०१८ बाट सम्मानित बैंक कुन हो ?
- नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड
 
 
विभिन्न बैंक विशेष जानकारी:
➡विश्वमा सर्वप्रथम स्थापना भएको बैंक - बैंक अफ इङ्ग्ल्याण्ड
➡विश्वमा सर्वप्रथम नोट छाप्ने अधिकार पाउने बैंक - बैंक अफ इङ्ग्ल्याण्ड लाई
➡ नेपालको पहिलो बाणिज्य बैंक - नेपाल बैंक लिमिटेड 
➡नेपालको पहिलो आधुनिक बैंक - नेपाल बैंक लिमिटेड 
➡नेपालको पहिलो विकास बैंक - नेपाल अौधोगिक विकास निगम
➡नेपालको पहिलो ग्रामीण विकास बैंक - पूर्वाञ्चल ग्रामीण बिकास बैंक 
➡नेपालको केन्द्रीय बैंक - नेपाल राष्ट्र बैंक 
➡नेपालको सबैभन्दा ठुलो बाणिज्य बैंक - राष्ट्रिय बाणिज्य बैंक 
➡नेपाली नीजि लगानीकर्ताहरुको पूर्ण लगानीमा खोलिएको नेपालको पहिलो बाणिज्य बैंक - लुम्बिनी बैंक लिमिटेड 
➡स्वदेशी र बिदेशी संयुक्त लगानीमा स्थापित नेपालको पहिलो बाणिज्य बैंक - नेपाल अरब बैंक( नबिल)
➡नेपालमा सर्वप्रथम इन्टरनेट बैंकिङ सेवाको सुरुवात गर्ने बैंक - कुमारी बैंक 
➡नेपालको पहिलो क्षेत्रिय बाणिज्य बैंक - लुम्बिनी बैंक लिमिटेड 
➡नेपालमा सर्वप्रथम रोबर्ट प्रयोग गर्ने बैंक - एस.बि.आई. बैंक 
➡नेपालमा सर्वप्रथम ATM कार्ड प्रचलनमा ल्याउने बैंक - एभरेस्ट बैंक 
➡नेपालमा सर्वप्रथम क्रेडिट कार्ड प्रचलनमा ल्याउने बैंक - हिमालयन बैंक 
➡नेपालमा सर्वप्रथम Multicurrency card प्रयोग गर्ने बैंक - सेन्चुरी कमर्सियल बैंक
 
बैंकिङ क्षेत्रसंग सम्बन्धित केही शब्द:-
-सरकारले लिएको ऋण - सार्वजनिक ऋण
-Tied loan - सशर्त ऋण
-Hot money - बढि ब्याज कमाउने पैसा
-Hot currency - सबैले सजिलै स्विकार नगर्ने मुद्रा 
-Bull and bear - शेयर बजार
-Zero-net Aid - अर्थब्यबस्था सबल भई बिदेशी सहयोग नचाहिने अबस्था
-Soft loan - कम ब्याजदरमा प्राप्त ऋण
-inflation - लगातार मूल्य वृद्धि हुँदै गएको अबस्था( मुद्रास्फीति )
-Deflation- अर्थब्यबस्थाका आर्थिक क्रियाकलाप कम हुँदै जानू ( मुद्राविस्फीर्ती)
 
विभिन्न मुद्राको निश्कासन गर्ने राजाहरु:-
 
- मानाङ्क:- मानदेव
- पर र पुराण:- नरेन्द्र देव
- चादिको मुद्रा:- महेन्द्र मल्ल
- गुणाङ्क:- गुणकामदेव
- छालाको मुद्रा:- सिद्विनरसिंह मल्ल
- सानो मुद्रा(जाबा):- जय प्रकाश मल्ल
- सुनको असर्फी:- रण बहादुर शाह
- चारकुने मुद्रा:- प्रताप मल्ल
- कागजी नोट:- जुद्व शमशेर र राजा त्रीभुवन
 
 
 

You need to login to comment.

Facebook Comments