Welcome, Guest

शासन प्रणालीका विभिन्न रूपबारे संक्षिप्त चर्चा गर्नुहोस् (लोकसेवा टिप्स)

2019-02-06 / 2.9K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

परिचय
शासनलाई कस्तो आकार, रूप र प्रक्रियाबाट सञ्चालन गर्न स्थापित भएको मान्यता नै शासन प्रणाली (Governance System)हो । शासन प्रणाली संविधान, कानुन, प्रचलन, प्रयोग र संस्कारद्वारा निर्माण भएको हुन्छ । जुनसुकै शासन प्रणाली पनि यसको सञ्चालनको कुशलता  (Efficiency of Operation) मा निर्भर रहन्छ ।
 
शासन प्रणालीका रूप
 
आधुनिक राज्य प्रणालीमा शासन प्रणालीका विभिन्न रूप देखिन्छन्, जुन निम्नअनुसार छन् :
(क) लोकतान्त्रिक शासन प्रणाली (Democratic Governance System)
 
Abraham Linkon  का अनुसार लोकतन्त्र भनेको Rule of People for The People to The People हो । नागरिकका अपेक्षालाई सम्बोधन गर्ने, नागरिकलाई केन्द्र बिन्दुमा राख्ने शासन प्रणाली हो यो । यसमा संविधान र कानुनबमोजिम शासन (Rule of Law) लाई महŒव दिइन्छ । निर्वाचनको माध्यमबाट नागरिक प्रतिनिधित्व हुन्छ । जनताले चुनेका प्रतिनिधिले मात्र शासन गर्न पाउँछन् । यस्तो निर्वाचन आवधिक हुन्छ । लोकतान्त्रिक शासन प्रणालीमा खुला उदारवादी एवं समाजवादी अर्थतन्त्र, खुला समाज र बहुलवादलाई महŒव दिइन्छ ।
 
लोकतान्त्रिक शासन प्रणालीका पनि दुई रूप रहेका छन् :
 
(अ) Liberal Democracy –
 
सबैलाई समान रूपले प्रतिस्पर्धाको अवसर हुन्छ ।Equality Base Political, Economic &Social System  हो यो । निर्वाचनमा प्रत्यक्ष प्रणाली ९ँएत्ए० लाई महŒव दिइन्छ । अमेरिका, भारत, बेलायत, क्यानडा, अस्ट्रेलिया, बंगलादेश आदि यो पद्धति अवलम्बन गर्ने देश हुन् । नेपालमा २०४७ देखि २०६३ सम्म यस पद्धति अवलम्बन गरियो ।
 
(आ)  Inclusive Democracy
 
पिछडिएका क्षेत्र, वर्ग, समुदायलाई शासन व्यवस्थामा सहभागी गराउने उद्देश्य यसमा राखिन्छ । यो Equity Base Approach हो । राजनीतिक, आर्थिक, प्रशासनिक तथा सामाजिक क्षेत्रमा आरक्षण ९च्भकभचखबतष्यल० लाई महŒव दिइन्छ । निर्वाचन प्रणालीमा पनि Proportional Voting System (PVS)अवलम्बन गरिन्छ । नेपालमा २०६३ पछि यस्तो प्रणाली अवलम्बन गरिएको छ । दक्षिण अफ्रिका, नाइजेरिया, युगान्डाले पनि यसलाई अवलम्बन गरेका छन् ।
(ख) निरंकुश शासन प्रणाली (Totalitarian Dictator)
 
शासन प्रणालीमा संविधान, कानुन, संस्कारभन्दा पनि राजनीतिक नेतृत्व शक्तिशाली हुने पद्धति हो
यो । यसमा शासनमाथि शासकको नियन्त्रण हुन्छ । एभयउभि को ध्ष्िि लाई भन्दा च्गभिच को ध्ष्िि लाई लागू गर्ने प्रयत्न गरिन्छ ।
 
निरंकुश शासन पद्धतिमा पनि दुई रूप छन् :
 
(अ) सर्वसत्तावादी निरंकुशता (Totalitarian Dictator)
 
यसले जनतामाथि दमन गरेर भए पनि आफ्नो शासनलाई लम्ब्याउन चाहन्छ । नागरिक हितलाई महŒव दिँदैन ।
(आ) सिर्जनशील निरंकुशता (Creative Dictator)
 
यसले शासन प्रणालीमा शासकको नियन्त्रण राख्दछ । निर्वाचन गराउँदैन वा गराए पनि नाम मात्रको गराउँछ । एयष्तिष्अब िभ्हभचअष्कभ लाई रुचाउँदैन, तर आर्थिक र सामाजिक विकासलाई महŒव दिन्छ । नागरिकलाई सेवा र सुविधा दिन्छ तर स्वतन्त्रता ९ँचभभमयm० भने दिँदैन । देशको विकास एवं अग्रगमनप्रति समर्पित हुन्छ ।
 
निष्कर्ष
उल्लिखित कतिपय देशले लोकतान्त्रिक र केही देशले निरंकुश शासन प्रणालीलाई अवलम्बन गरेका छन् । यद्यपि, यतिखेर शासनमा लोकतान्त्रिकीकरणले महŒव पाएको र संसारभर नै लोकतान्त्रिकीकरण ९म्झयअचबतष्शबतष्यल० को लहर चलेको छ ।

You need to login to comment.

Facebook Comments