Welcome, Guest

सामान्य ज्ञान, प्रश्न र उत्तर- भाग २

2019-02-03 / 5.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. नेपालको इतिहासमा ‘ह्याकरहरूको अन्तर्राष्ट्रिय सम्मेलन’ कहिले सम्पन्न भयो ?
 २०७५ मंसिर ६ र ७ गते 
(स्मरण रहोस्, सम्मेलनमा विश्वप्रसिद्ध ह्याकर म्याट मुसी प्रमुख वक्ताका रूपमा रहेका थिए)
 
२.लुम्बिनी सांस्कृतिक नगरपालिकाले कुन पक्षीलाई नगर पक्षीका रूपमा घोषणा गरेको छ ?
 सारस
(स्मरण रहोस्, नगरपालिकाले ०७५ मंसिर १० गते कपिलवस्तुको जगदीशपुर ताल क्षेत्रमा पाइने दुर्लभ पक्षी सारसलाई नगर पक्षी घोषणा गरेको हो)
 
३. संयुक्त राष्ट्रसंघअन्तर्गतको थिंक ट्यांकको सचिवालय कुन देशमा रहेको छ ?
 मंगोलिया
 
४. अमेरिकी जलसेनाका दुई विमान जापानको दक्षिण–पश्चिम प्रशान्त महासागरीय तटीय क्षेत्रमा कहिले एक–आपसमा ठोक्किएका थिए ?
 २०१८ डिसेम्बर ६
 
५. ऐेतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महŒवको रोयल क्यासल दरबार कुन देशमा रहेको छ ?
 पोल्यान्ड 
(स्मरण रहोस् उक्त दरबारको अवलोकन कोप २४ को सम्मेलनमा सहभागी हुने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले डिसेम्बर ३, २०१८ मा गर्नुभएको थियो)
 
६. प्रसिद्ध स्थल डहरे देउराली कुन जिल्लामा पर्दछ ?
 पर्वत
(नोट पर्वत जिल्लाको फलेबास नगरपालिकामा रहेको डहरे देउरालीलाई खुला चिडियाखानाको रूपमा विकास गर्न लागिएको छ)
 
७. ट्रान्सपरेन्सी इन्टरनेसनल २०१८ को भ्रष्टाचार सूचकांक प्रतिवेदनअनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?
 १२४औँ स्थानमा
(स्मरण रहोस् यो सूचकांकअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्ट मुलुकमा सोमालिया रहेका छन्)
 
८. अस्ट्रेलियन ओपन टेनिस २०१९ को उपाधि कसले हात पा¥यो ?
 नोभाक जोकोभिज
(स्मरण रहोस् नोभाक जोकोभिजले फाइनल खेलमा राफेल नाडाललाई पराजित गरी करिअरको १७औँ ग्रान्डस्लाम उपाधि हात पारेका छन्)
 
९. नेपालको इतिहासमा ‘युगले मागेको नेता’ भनी कुन नेतालाई भनिन्छ ?
 जंगबहादुर राणा
 
१०. प्रदेश नम्बर १ को सरकारले स्वास्थ्य सद्भावना दूतका रूपमा कसलाई नियुक्त गर्‍यो ?
 सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)
 
११. जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप २४ कहाँ सम्पन्न भयो ?
 पोल्यान्डको काटोविस
(स्मरण रहोस्, युएनएफसिसिसीले आयोजना गरेको कोप २४ सम्मेलन २०१८ डिसेम्बर २ देखि १४ सम्ममा सम्पन्न भयो)
१२. म्यान बुकर इन्टरनेसनल पुरस्कार २०१८ कुन कृतिका लागि प्रदान गरियो ?
 फ्लाइट्स (पोलिस) कृति
(स्मरण रहोस्, ५० हजार पाउन्ड राशिको उक्त पुरस्कार फ्लाइट्स (पोलिस) कृतिका लागि पोल्यान्डका ओल्गा टोकारजुकलाई प्रदान गरियो)
 
१३. अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा अर्धशतक बनाउने विश्वको सबैभन्दा कान्छो खेलाडी को हुन् ?
 रोहित पोडेल (नेपाल)
(स्मरण रहोस्, रोहित पोडेल ओडिआई खेल्ने विश्वको चौथो कान्छो खेलाडी हुन्)
 
१४. धिमाल भाषाको पहिलो पत्रिका कुन पत्रिकालाई मानिन्छ ?
 सोलोई
 
१५. पोखरामा परम्परागत रूपमा मनाइने सडक नाचलाई के भनिन्छ ?
 तायनाच
 
१६. चर्चित कृति ‘मोक्षान्त काठमाण्डु फिभर’ का लेखक को हुन् ?
 कुमार नगरकोटी
 
१७. नेपालको परम्परागत कृषि प्रणाली र पारिवारिक रूपमा गरिने पशुपालन व्यवसायलाई टिकाउन र प्रोत्साहन गर्ने उद्देश्यले सुत्केरी भैँसीलाई तीन हजार भत्ता प्रदान गर्ने नेपालको स्थानीय तह कुन हो ?
 बागचौर नगरपालिका, सल्यान
 
१८. ग्लोबल जेन्डर ग्याप इन्डेक्स २०१८ अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?
 १०५औँ स्थानमा
(नोट : विश्व आर्थिक मञ्चले सन् २०१८ डिसेम्बर १७ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल ०.६७१ अंकका साथ १०५औँ स्थानमा पर्न सफल भयो)
 
१९. राष्ट्रिय सदाचार सम्मान २०७५ कसलाई प्रदान गरियो ?
 डा. गौरीशंकरलाल दास (सिरहा)
 
२०. नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ भारतमा बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन कहिले प्रतिबन्ध लगायो ? 
 २०७५ माघ ६
 
२१.‘एक विद्यार्थी एक घर, एक बोट ओखर’ अभियान सञ्चालन गर्ने नेपालको पहिलो स्थानीय तह कुन हो ?
 म्याग्दीको धवलागिरि गाउँपालिका
 
२२. विश्वमा कुनै पनि युद्धमा भाग नलिएको देश भनेर कुन देशलाई चिनिन्छ ?
 स्विट्जरल्यान्ड
 
२३. अलैँची खेतीको उत्पादन सुरु गरिएको कर्णालीको पहिलो जिल्ला कुन हो ?
 कालिकोट
 
२४. अम्ब्रेला मुभमेन्ट केसँग सम्वन्धित रहेको छ ?
 हङकङको प्रशासनिक मामलामा चीनको हस्तक्षेपविरुद्धको अभियान
 
२५. नेपालसँग हवाई सम्झौता गर्ने ४०औँ राष्ट्र कुन हो ?
 जापान (२०७५ पुस २५)

You need to login to comment.

Facebook Comments