Welcome, Guest

केही महत्त्वपूर्ण सामान्यज्ञान प्रश्नोत्तरहरु :-

2019-01-18 / 7.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

केही महत्त्वपूर्ण सामान्यज्ञान प्रश्नोत्तरहरु :-
 
१. पहिचान पुरस्कार २०१९ कसलाई प्रदान गरियो ?
⇨ सरस्वती प्रतीक्षाको ‘नथिया’ र उन्मुक्त पुस्ताको ‘आफर’ नामक कृतिलाई 
(स्मरण रहोस् पहिचान पुरस्कारको पुरस्कार राशि दुई लाख दुई हजार रहेको छ ।)
 
२. भानु पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
⇨ धुर्मुस सुन्तली फाउन्डेसन
 
३. नेपालको संविधानले संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठन हुने अन्तरप्रदेश परिषद्को अध्यक्ष को हुने व्यवस्था गरेको छ ?
⇨ प्रधानमन्त्री
 
४. चाम्चे झरना कुन जिल्लामा पर्दछ ?
⇨ लमजुङ
 
५. विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल पहिलो दम्पती को हुन् ?
⇨अलेक्सी कारास्नोकुल्स र क्याथरिन गिब्सन
 
६. नेपालमा सिँचाइ दिवस कहिले मनाइन्छ ?
⇨चैत २५ गते
 
७. अटोेमेटिक राइफलका आविष्कारक को हुन् ?
⇨ जान एम ब्राउनिङ (अमेरिका, सन् १९१८)
 
८. बारुदी सुरुङमुक्त प्रथम एसियाली मुलुक कुन हो ?
⇨ नेपाल
 
९. आइएमई नेपाल लिटेरेटर फेस्टिभल २०१८ कहाँ सम्पन्न भयो ?
⇨ पोखरा
(नोट– २०७५ पुस ७–१० गतेसम्म सञ्चालनमा रहेको फेस्टिभलको मूल नारा ‘जहाँ शब्दहरू जीवन्त रहन्छन्’ भन्ने रहेको थियो ।
 
१०. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमको उद्घाटन कहिले भयो ?
⇨ २०७५ पुस १७ गते
(नोट – नेपाल स्काउटले आयोजना गरेको उक्त कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको थियो ।)
 
११. हालसम्म प्राप्त प्रमाणका आधारमा बेलायत जाने प्रथम नेपाली कसलाई मानिन्छ ?
⇨ मोतीलाल सिंह
 
१२. इन्टिग्रिटी आइडल नेपाल २०१८ हुन सफल व्यक्ति को हुन् ?
⇨ रामबहादुर कुरुवाङ
(कुरुवाङ बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन् । यो अवार्ड सन् २०१४ देखि वितरण सुरु गरिएको हो ।)
 
१३. नेपालको संविधानअनुसार प्रदेश प्रमुख हुन कति वर्ष पूरा भएको हुनुपर्छ ?
⇨ ३५ वर्ष
 
१४. राजवंशी जातिमा पूर्वजको आत्माको चिरशान्तिको कामना गर्र्दै मनाइने जात्रालाई के भनिन्छ ?
⇨ हुदुरधुरा जात्रा
 
१५. पहिलो राष्ट्रिय सुरक्षा दिवस कहिले मनाइयो ?
⇨ २०७५ मंसिर ११
(नोट – २०७५ मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पहिलोपटक मंसिर ११ गते मनाइएको हो भने पहिलो सुरक्षा दिवसको नारा ‘सामाजिक सुरक्षा योजनामा सहभागी बनौं, सुरक्षित भविष्य सुनिश्चित गरौँ’ भन्ने रहेको थियो ।)
 
१६. सार्कले सन् २०१० देखि २०२० लाई कुन दशकको रूपमा मनाएको छ ?
⇨ सार्क अन्तरक्षेत्रीय सम्पर्क दशक
 
१७. नेपाल र भारतबीच सम्पन्न महाकाली सन्धि संसद्बाट कहिले पारित भयो ?
⇨ २०५३ असोज ४
 
१८. मित्र राष्ट्र चीनको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन् ?
⇨ टंकप्रसाद आचार्य
 
१९. औद्योगिक व्यावसाय ऐन २०४९ अनुसार एकद्वार समितिको संयोजक को हुने व्यवस्था रहेको छ ?
⇨ उद्योग विभागका महानिर्देशक
 
२०. लिच्छवीकालमा मन्त्रीसरहको पदाधिकारीलाई कुन पदको नामबाट सम्बोधन गरिन्थ्यो ?
⇨ अमात्य
 
२१. कुन वर्ष राष्ट्रभक्त फ्रेन्च महिला सैनिक जोन अफ आर्कलाई जीवितै जलाइएको थियो ?
⇨ सन् १४३१
 
२२. जिल्लामा बडा हाकिमको सट्टा प्रमुख जिल्ला अधिकारीको नियुक्ति गर्ने व्यवस्था कहिले देखि सुरु भयो ?
⇨ विसं २०२२
 
२३. जोन प्लेयर, स्प्रिङउड नामका तयारी पोसाकका ब्रान्डहरू कुन कम्पनीका उत्पादन हुन् ?
⇨ सूर्य नेपाल
 
२४. एक मात्र पृथ्वीको स्याहार र उपयोग गरौँ भन्ने नारा कुन शिखर सम्मेलनको घोषणापत्रले पारित गरेको हो ?
⇨ पृथ्वी शिखर सम्मेलन, १९९२
 
२५. संयुक्त राष्ट्र संघीय विश्वविद्यालय (युएन युनिभर्सिटी) कुन देशमा रहेको छ ?
⇨ जापान

You need to login to comment.

Facebook Comments