Welcome, Guest

मिति २०७५/०९/१७ गते भएको नेपाल आयल निगम लेखा पाचौ बरिष्ठ सहायकमा सोधिएका प्रश्नको उत्तरह

2019-01-18 / 4.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

#भ्रष्टाचार बिरुद्वको अन्तरास्ट्रिय दिवश कहिले मनाइन्छ ? ↪डिसेम्बर ९
 
#नेपालको सबैभन्दा उत्तरी बिन्दु कुन जिल्लामा पर्दछ ?
↪हुम्लाको चाङला भञ्ज्याङ्
 
# सबैभन्दा कम क्षेत्रफल भएको महानगरपालिका कुन हो?↪ ललितपुर
 
# नेपालमा हालसम्म कतिवटा विश्वविद्यालयहरु स्थापना भैसकेका छन ?
↪११ वटा
 
# हाल नेपालको कुल उर्जा खपतको कति प्रतिशत पेट्रोलियम पदार्थको हिस्सा रहेको छ ? ↪माथिका कुनै पनि होईन
 
# प्रदेश नं १ बाट प्रत्यक्ष निर्वाचनद्वारा प्रतिनिधि सभामा कति जना सदस्य निर्वाचित भएका छन ? ↪२८ जना
 
# निजामती अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो ?↪चीन
 
#आर्थिक बर्ष २०७४/०७५ मा नेपाल आयल निगम लिमिटेडले एल.पि. ग्यास लगभग कति आयात गर्यो ? ↪ ४१२००० मेट्रीक टन
 
# हाल नेपाल सरकारको निशुल्क उपलब्ध गराउने औषधिको संख्या कति पुगेको छ ? ↪८०
 
# नेपाल आयल निगमको सबैभन्दा धेरै पेट्रोलियम भण्डार क्षमता कहाँ रहेको छ ?↪ अमलेखगञ्ज
 
#  तलका मध्य सबैभन्दा धेरै पटक संशोधन भएको संविधान कुन हो ?
↪ नेपालको अन्तरिम शासन बिधान २००७ (६ पटक)( दिएको मध्धेमा)
 
#  तल उल्लेखित घटनाक्रम लाई मितिको आधारमा क्रम मिलाई राख्नुहोस ?
क) नेपालमा चिडियाखानाको स्थापना १९९८
ख) नेपालमा छापाखानाको सुरुवात १९०८
ग) नेपाल बैंक लिमिटेडको स्थापना (१९९४)
घ) नेपालमा कम्युटर प्रयोगको सुरुवात (२०२८)
 
# न्यायो समशितोष्ण हावापानी भएको क्षेत्रमा पाइने वन तलका मध्य कुन हो ?
↪ पतझर वन
 
# राजकुमारी भृकुटी लाई तिब्बतमा के उपनाम दिइएको थियो ? ↪हरित तारा
 
# विं.स. २०५८ सालको जनगणना भन्दा २०६८ सालको जनगणनामा कति जनसंख्या थप भएको थियो ? ↪ ३३ लाख
 
# रास्टिय जनगणना २०६८ अनुसार नेपालको पुरुष साक्षरता र महिला साक्षरताको अन्तर कति प्रतिशत रहेको छ ? ↪ १७%
 
# नेपालको विभिन्न जिल्लामा बसोबास गर्ने फ्री जातिको सहनसहन र संस्कृति कुन जाती संग मिल्दछ ? ↪नेवार
 
# नेपाल आयल निगम लिमिटेडको हालको भण्डारण क्षमता कति रहेको छ ?
↪ ७१ हजार किलोलिटर
 
# तलका मध्य कुन पुस्तक मदन पुरस्कार प्राप्त कृति हो ? - खुसी
 
#  विभिन्न दुर्गम क्षेत्रमा हवाई सेवा बिस्तार गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको गुदेल बिमानस्थल कुन जिल्लामा पर्दछ ? ↪ सोलुखुम्बु
 
# नेपालमा बोलिने भाषाहरु मध्य आग्नेय परिवार भित्र पर्ने एकमात्र भाषा कुन हो ? ↪सतार
 
# Wi-Fi कसले आबिस्कार गरेका हुन ? - Vic Hayes
 
# तलकामध्य कुन हरितगृह ग्यास संग सम्बन्धित छैन ? ↪ माथिका सबै
 
#  नेपालमा पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली कहिले देखि लागू भएको हो? -↪२०७१/०६/१३
 
# गुडिरहेको बस एकासी रोकिदा बसका यात्रुहरु अगाडि तिर हुतिनु कुन चालसङ सम्बन्धित छ? ↪ पहिलो नियम

You need to login to comment.

Facebook Comments