Welcome, Guest

सामान्य ज्ञान

2019-01-15 / 4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. हाल सर्वोच्च अदालतका प्रधानन्यायाधीश को हुन् ?
 
- चोलेन्द्रशमशेर जबरा
(नोट – जबरालाई २०७५ पुस १७ गते संसदीय सुनुवाइ समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो । उनको कार्यकाल २०७९ मंसिर २८ सम्म रहनेछ ।)
 
२. बिपी साहित्य सम्मान पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
 
- रोचक घिमिरे
(नोट – गत साल यो पुरस्कार साहित्यकार अभि सुवेदीलाई प्रदान गरिएको थियो ।)
 
३. ‘आम्ची’भनेको के हो ?
 
- नेपालको हिमाली जिल्लामा शताब्दीऔँ देखि चलिआएको जडीबुटीबाट उपचार गरिने पद्धति
 
४. ऐतिहासिक ‘कान्द्राङ गढी’ कुन जिल्लामा पर्दछ ?
 
- धादिङ
 
५. नयाँ वर्षको सुरुवातमा साँढे दौड खेल आयोजना गर्ने देश कुन हो ?
 
- कोस्टारिका
 
६. ‘विश्व दर्शनशास्त्र दिवस’ कहिले मनाइन्छ ?
 
- नोेभेम्बर महिनाको तेस्रो बिहीबार
 
७. नेपाल प्रहरी र उसका आश्रित परिवारलाई मात्र सेवा दिँदै आएको नेपाल प्रहरी अस्पताल कहिलेदेखि सर्वसाधारणको लागि खुला गरियो ?
 
- २०७४ कात्तिक २६
 
८. विश्वमा कारनुवा मैनबत्तीको उत्पादन गर्ने देश कुन हो ?
 
- ब्राजिल
 
९.‘मी टु अभियान’ केसँग सम्बन्धित रहेको छ ?
 
- महिलाहिंसाविरुद्धको अभियान
(स्मरण रहोस्, यो अभियान सन् २००६ मा अमेरिकाबाट सुरु भएको हो ।)
 
१०. ‘चामुनंगी’ चाड कुन जातिको चाड हो ?
 
- आठपहरिया राई 
(स्मरण रहोस्, भाद्र महिनामा खेतबारीमा पाकेको मकै घर भिœयाउनुपूर्व पितृलाई चढाउनुपर्छ भन्ने मान्यता रहेको यो चाड विशेष गरी धनकुटा जिल्लामा बसोवास गर्ने आठपहरिया राईले मनाउने गर्दछन् ।)
 
११. हातको औँलामा लामो समयसम्म बास्केटबल घुमाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल नेपाली को हुन् ?
 
- नारायण भट्टराई
 
१२. नेपालको संविधानको कुन धारामा जनमत संग्रहको व्यवस्था गरिएको छ ?
 
- धारा २७५
 
१३. गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच कहिले भगिनी सम्बन्ध कायम भयो ?
 
- २०७५ कात्तिक ३०
(स्मरण रहोस् सोही मितिमा पोखरा महानगरपालिका र हाइनान प्रान्तको हाइकाओ नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम भएको थियो ।)
 
१४. नेपाल प्याराग्लाइडिङ एकुरेसी वल्र्डकप २०१८ नेपालको कुन जिल्लामा सम्पन्न भयो ?
 
- स्याङ्जा
(नोट – उक्त प्रतियोगिता २०७५ कात्तिक १५ देखि १८ गतेसम्म स्याङ्जाको स्वरेक मैदानमा सम्पन्न भएको थियो ।)
 
१५. बहुचर्चित ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ प्रतिनिधिसभाले कहिले पारित ग-यो ?
 
- २०७५ पुस १७
 
१६. चर्चित कृति ‘बारुदमाथि उड्दा’का लेखक को हुन् ?
 
- क्याप्टेन रामेश्वर थापा
 
१७. नारायणहिटी दरबार संग्रहालयमा राजसंस्थाको प्रतीकको रूपमा राखिएको श्रीपेच पहिलोपटक सर्वसाधारणका लागि कहिले खुला गरियो ?
 
- २०७५ असोज २९ 
(स्मरण रहोस्, उक्त श्रीपेचमा सात सय ५० वटा टुक्रा हिराका हार र १६ वटा मणिमाणिक्य रहेका छन् ।)
 
१८. २२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५ को उपाधि कसले जित्यो ?
 
- सशस्त्र प्रहरी बल (एपिएफ)ले
 
१९. नेपालमा न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले सुरु गरिएको योजना कुन हो ?
 
- छैटौँ पञ्चवर्षीय योजना
 
२०. वातावरण संरक्षण ऐन २०५३ कहिले राजपत्रमा प्रकाशन भयो ?
 
- २०५३ माघ १७ (२०५४ असार १० बाट लागू)
 
२१. आव २०७४/०७५ मा सबैभन्दा धेरै बहुआयामिक गरिबी दर रहेको प्रदेश कुन हो ?
 
- कर्णाली प्रदेश
 
२२. केदारनाथको शिरको रूपमा चर्चित डोलेश्वर महादेवको मन्दिर कुन जिल्लामा अवस्थित छ ?
 
- भक्तपुर
 
२३. हावाको सापेक्षिक आद्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?
 
- आद्रता मापक यन्त्र
 
२४. कोरियालाई जापानी उपनिवेशबाट स्वतन्त्र गराउन नेतृत्व गर्ने नेता को हुन् ?
 
- किम सुङ
 
२५. इन्दुज भ्याली सिभिलाइजेसनलाई अर्को के नामले चिनिन्छ?
 
- हडप्पाको सभ्यता

You need to login to comment.

Facebook Comments