Welcome, Guest

नयाँ पत्रिका लोकसेवा तयारी - २०७५ कार्तिक २५

2018-11-11 / 10K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. स्थानीय तहको सभाको बैठक कसले बोलाउँछ ?
(क) प्रमुख प्रशासकीय अधिकृतले
(ख) सम्बन्धित स्थानीय तहको  अध्यक्ष वा प्रमुखले
(ग) सम्बन्धित कार्यपालिकाले
(घ) सम्बन्धित स्थानीय तहको उपप्रमुखले
 
२. ‘माउन्टेन इज योङ’  कृतिका लेखक को हुन् ?
(क) हान सुयिन
(ख) हेमनारायण अग्रवाल
(ग) आर.एस. चौहान
(घ) टोमोया इयोजाया
 
३. शम्भुप्रसाद ढुंगेललाई आशुकविको  सम्मान कसले प्रदान गरेका थिए ?
(क) देवशमशेर
(ख) चन्द्रशमशेर
(ग) भीमशमशेर
(घ) राजा त्रिभुवन
 
४. चिकननेक करिडरले  कुन–कुन देशलाई जोड्दछ ?
(क) नेपाल – चीन
(ख) नेपाल – भारत
(ग) नेपाल – बंगलादेश 
(घ) नेपाल – भुटान
 
५. अन्तर्राष्ट्रिय एकल महिला  दिवस कहिले मनाइन्छ ?
(क) मार्च २३
(ख) अगस्ट २३
(ग) सेप्टेम्बर २३
(घ) जुन २३
 
६. युरो ३ केसँग सम्बन्धित छ ?
(क) युरोपियन केन्दीय बैंक
(ख) युरोपियन साझा बजार
(ग) सवारीसाधन प्रदूषण मापदण्ड 
(घ) नेपालमा आयात गरिने युरोपमा
तयार गरिएका सामग्री
 
७. डोइङ बिजनेस रिपोर्ट २०१९ अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?
(क) ९९औँ स्थानमा
(ख) १०१औँ स्थानमा
(ग) १०५आंँ स्थानमा
(घ) ११०औँ स्थानमा
 
८. चर्चित कृति ‘सखी’का लेखक को हुन् ?
(क) रामलाल जोशी
(ख) नवराज पराजुली
(ग) सुविन भट्टराई
(घ) नयनराज पाण्डे
 
९. पूर्वमन्त्री तथा मानवअधिकारवादी पद्मरत्न तुलाधरको निधन कहिले भयो ?
(क) २०७५ कात्तिक ५
(ख) २०७५ कात्तिक १०
(ग) २०७५ कात्तिक १५
(घ) २०७५ कात्तिक १८
 
१०. राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको बहुआयामिक गरिबी सूचकांक २०१७ अनुसार नेपालका १००० जनामा कति गरिब रहेका छन् ?
(क) २७५
(ख) २८१
(ग) २८६
(घ) २९०
 
११. निर्वाचन आयोग कुन प्रकारको निकाय हो ?
(क) संसद्मा निर्भर रहने निकाय
(ख) संवैधानिक निकाय
(ग) कार्यकारिणीमा निर्भर निकाय
(घ) राजनीतिक निकाय
 
१२. न्यु क्यालेडोनियामा जनमत संग्रह कहिले सम्पन्न भयो ?
(क) नोभेम्बर २, २०१८
(ख) नोभेम्बर ४, २०१८
(ग) नोभेम्बर ६, २०१८
(घ) नोभेम्बर ८, २०१८
 
१३. कामुक ग्यास भनेर  कुन ग्यासलाई चिनिन्छ ?
(क) नाइट्रो अक्साइड
(ख) हिलियम
(ग) कार्बन
(घ) सल्फर
 
१४. विश्वको सबैभन्दा अग्लो स्टाचु ‘स्टाचु अफ युनिटी’को अनावरण भारतको गुजरातमा कहिले भयो ?
(क) २०१८ अक्टोबर २५
(ख) २०१८ अक्टोबर ३१
(ग) २०१८ नोभेम्बर ५
(घ) २०१८ नोभेम्बर ८
 
१५. लहरे नाच कुन जिल्लामा प्रचलित छ ?
(क) काठमाडौं
(ख) बझाङ
(ग) डोल्पा
(घ) झापा
 
१६. नेपाल भ्रमण वर्ष २०२० का संयोजक को हुन् ?
(क) भवानी राणा
(ख) सुरज वैद्य
(ग) पारस खड्का
(घ) सन्दीप लामिछाने
 
१७. १३औँ रामसार सम्मेलन दुबईमा कहिले सम्पन्न भयो ?
(क) २०१८ अगस्टमा
(ख) २०१८ सेप्टेम्बरमा
(ग) २०१८ अक्टोबरमा
(घ) २०१८ नोभेम्बरमा
 
१८. गण्डकी प्रदेशको आधिकारिक लोगो कहिले सार्वजनिक भयो ?
(क) २०७५ असोज १५
(ख) २०७५ असोज २५
(ग) २०७५ कात्तिक ५
(घ) २०७५ कात्तिक १५
 
(नोट – उक्त लोगो प्रदेश सभा सचिवालयका कर्मचारी विनित राना मगरले तयार गरेका हुन् ।)
 
१९. संघीय संसद्को महासचिवको नियुक्ति कसले गर्दछ ?
(क) मन्त्रिपरिषद्ले
(ख) सभामुखले 
(ग) राष्ट्रपतिले
(घ) संसद्ले
 
२०. चैनपुर नगरपालिका कुन जिल्लामा पर्दछ ?
(क) तेह्रथुम
(ख) प्युठान
(ग) संखुवासभा
(घ) बझाङ
 
पहिलोपटक लोकसेवा तयारी गर्दा ध्यान दिनुपर्ने कुरा
 
-निजामतीभित्र कुन सेवामा प्रवेश गर्न खोजेको हो, त्यो ख्याल गर्नुपर्छ ।
-प्रवेश गर्न चाहेको सेवाले दिनुपर्ने सेवा के हो ? सरकारको अपेक्षा र नीति के छ भन्ने अध्ययन गर्नुपर्छ ।
-त्यो सेवाका लागि लोकसेवा आयोगले  कस्तो पाठ्यक्रम निर्धारण गरेको छ भन्ने थाहा पाउनुपर्छ ।
-पाठ्यक्रममा एउटै विषयमा पनि फरक/फरक पदलाई त्यहीअनुसारको ज्ञानको अपेक्षा गरिएको हुन्छ । जस्तै, अधिकृतका लागि र उपसचिवका लागि उस्तै पाठ्यक्रम र प्रश्न भए पनि अध्ययन र लेखनस्तर फरक हुनुपर्छ ।
-पाठ्यक्रम र परीक्षा दिन लागेको पदका लागि कुन गहिराइमा पढ्नुपर्ने हो, त्यही आधारमा रणनीति बनाएर पढ्नुपर्छ ।
-परीक्षा हलमा गएपछि जे कुरा सोधेको छ, ती कुरा मात्र लेख्नुपर्छ । धेरै जानेको छु भनेर धेरै कुरा लेख्नुहुँदैन ।
 
श्रोत : http://www.nayapatrikadaily.com

You need to login to comment.

Facebook Comments