Welcome, Guest

असल शिक्षक कसरी बन्ने ? असल शिक्षकको गुणहरु के के हुन

2018-08-07 / 4.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

असल शिक्षक कसरी बन्ने ? असल शिक्षकको गुणहरु के के हुन

१. कक्षाकोठा व्यवस्थापन
 
कक्षाकोठामा छिर्नेबित्तिकै सोच्नुहोस् कि तपाईं विद्यार्थीको आँखामा सुपर हिरोको भूमिकामा हुनुहुन्छ । कक्षामा विद्यार्थीसँग असल र नम्र भएर वार्तालाप गर्नुहोस् । तपाईंको व्यवहार र हाउभाउको आधारमा विद्यार्थीले तपाईंलाई कस्तो व्यवहार गर्ने भन्ने निर्धारण गरेका हुन्छन् । विद्यार्थीको उमेर समूहअनुसार फरकफरक व्यवहार गर्नुहोस् ।
 
२. उद्देश्य निर्धारण गर्नुहोस् 
 
तपाईं कक्षामा के उद्देश्य लिएर छिर्नुभएको छ, पहिले नै निर्धारण गर्नुहोस् । विद्यार्थीले के सिकून् भन्ने अपेक्षा तपाईंले राख्नुभएको छ, सोही अनुसार पढाइलाई अगाडि बढाउनुपर्दछ । पाठ योजना बनाउँंदा नै यस विषयलाई प्राथमिकता दिनुहोस् ।
 
३. कक्षाकोठालाई शान्त बनाउनुहोस्
 
जहिले पनि शान्तपूर्ण वातावरणमा पढाउनुहोस् । एकआपसमा कुराकानी गर्ने तथा शिक्षक र विद्यार्थीबीच अन्तरसंवाद हुन सकेन भने सिकाइ क्रियाकलाप प्रभावकारी नहुन सक्छ । तर कक्षालाई शान्त बनाउने नाममा शिक्षक विद्यार्थीको अन्तरसंवादलाई शून्य बनाउनु हुँदैन ।
 
४. विषयवस्तुको गहिराइमा पुग्नुअघि विद्यार्थीलाई मौखिक प्रश्न सोध्नुहोस्
 
पुस्तकमा भएको विषयवस्तुअनुसार सीधै पढाउँदा सम्बन्धित विषय विद्यार्थीलाई अनौठो लान सक्छ । यस्तो अवस्थामा उनीहरूलाई पृष्ठभूमि बताउनेगरी मौखिक रूपमा नयाँनयाँ विषयवस्तुबारे सोध्नुहोस्, जसले विद्यार्थीलाई किताब पढेपछि अझ धेरै ज्ञान दिन सकोस् ।
 
५.सकारात्मक सोचका साथ प्रतिस्पर्धा गराउनुहोस्
 
विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन एकआपसमा स्वच्छ प्रतिस्पर्धाको भावनाको विकास गराउनुहोस् । कुन विषयमा कुन विद्यार्थीले धेरै लेख्न सक्छ वा व्याख्या गर्न सक्दछ भन्ने बानीको विकास गराउनुपर्दछ । जसले विद्यार्थीलाई रचनात्मक र मेहनती बनाउनसमेत मद्दत पुर्‍याउँदछ ।
 
६. पाठयोजना बनाउन नबिर्सनुहोस्
 
हरेक कार्य सम्पन्न गराउनका लागि योजनाको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले शिक्षकले पनि पाठयोजना बनाएरमात्र कक्षाकोठामा प्रवेश गर्नुपर्दछ । शिक्षकले वर्षभरिमा कुन एकाइलाई कति दिन पढाउनेदेखि लिएर कुन दिन कक्षामा छिरेको समयमा के के पढाउने भन्ने विषयमा समेत स्पष्ट योजना बनाउनुपर्दछ ।

You need to login to comment.

Facebook Comments