Welcome, Guest

नेपालमा भएका ऐतिहासिक १० हत्याकाण्ड र पर्वहरु

2018-08-02 / 8.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 
 
हाम्रो देश को इतिहास कुटिलता र जालझेल ले भरिएको छ । हाम्रो इतिहास मा विभिन्न राजनैतिक एबम व्यक्तिगत स्वार्थ का निम्ति धेरै नरसंहार रचाइएका थिए जसले गर्दा धेरै संख्या मा शक्ति र प्रभाव भएका व्यक्ति हरु को मृत्यु भयो र घटनाक्रम हरुले नसोचेको मोड लिए। ति मध्ये इतिहास मोडेका दस हत्याकाण्ड हरु तल बर्णन गरिएका छन् ।
 
१. नारायणहिटी हत्याकाण्ड
 
नारायणहिटी हत्याकाण्ड नेपाल को इतिहासकै सबै भन्दा विभत्स हत्याकाण्ड हो। यो काण्ड २०५८ साल जेठ १९ गते शाही दरवार मा रचाइएको थियो। रिपोर्ट का अनुसार युवराज दिपेन्द्रले धेरै मात्र मा रक्सि र चरेस को सेवन गरि शाही पाहुनासंग कुव्यवहार गरेको कारण ले राजा बिरेन्द्रले उनलाई भोज छाड्न आग्रह गरे तर एक घण्टा पछी दिपेन्द्र पुनः भोज मा उपस्थित भए यसपटक भने उनीसंग  H&K MP5,Franchi SPAS-12 र M16 बन्दुक थिए। उनले एक राउण्ड बन्दुक सिलिंग तिर फायर गरेपछि आफ्ना पितालाइ बन्दुक तेर्साए तेस्पस्चात आफ्ना काका (जो उनलाई रोक्न उनको नजिक आइपुगेका थिए) उनलाई बन्दुक प्रहार गरे। गोलिबारी भै रहदा युवराज पारस लाइ स साना चोट लागे पनि उनले कम्ति मा तिन जना शाही सदस्य को ज्यान जोगाए(दुइ बच्चा बच्ची सहित) रानी ऐश्वर्या जो बन्दुक को आवाज सुनेर कोठा मा प्रवेस गरिन, उनको पनि कोठा मा प्रवेस गर्ने बित्तिकै हत्या गरियो। मात्रिहत्या पश्चात दिपेन्द्र ले एउटा पूल माथि गएर आफैलाई गोलि प्रहार गरि घाइते बनाए तेस्को केहि दिन पश्चात उनको मृत्यु भयो। यो हत्याकाण्ड पश्चात राजा बिरेन्द्र का भाइ ज्ञानेन्द्र नेपाल को राजा बने र पारस युवराज। यो घटना मा राजा बिरेन्द्र, रानी ऐश्वर्य , राजकुमार निराजन, राजकुमारी श्रुति, राजा बिरेन्द्र क दिदीबहिनी द्वय शान्ति र शारदा लगायत दरवार निकट १० जना को मृत्यु भयो।
 
( तथ्य लुकाइएको र तठस्थ छानबिन नभएको हुनाले यो घटनाको रिपोर्ट निकै नै बिबादास्पद छ र अहिले सम्म पनि जनता हरु यो रिपोर्ट को तथ्य स्वीकार्न तयार छैनन्।)
 
२. कोत पर्व
 
महारानी राज्यलक्ष्मी लाइ आफ्ना प्रिय पात्र गगनसिंह को हत्याले ठुलो चोट पुग्यो। उनले गगनसिंह को हत्यारा पत्ता लगाउन का निम्ति सम्पूर्ण भारदारहरुलाई बि. १९०३ आश्वीन २ गते का दिन मध्यारात मा कोत को प्रांगण मा उपस्थीत हुने आदेश जारि गरिन। आपसी भनाभन र हातपात हुदा वीरशंकर पाण्डे, अभिमानसिंह बस्न्यात, फत्तेजंग चौतारिया आदि ४०० जना जति भारदार को हत्या गरि कोत को आगन मा रगतको होलि खेलियो। कोत पर्व हुदा फत्तेजंग चौतारिया नेपाल का प्रधानमन्त्रि थिए। यो सुनियोजीत नरसंहार मा प्रथम मारिने व्यक्ति अभिमानसिंह बस्न्यात थिए। कोट पर्व ले गर्दा जंगबहादुर प्रधान मन्त्रि र प्रधान शेनापति बन्न सफल भए। आफ्नो राजनीतिक कौशल प्रयोग गरि आफ्ना सारा दुश्मनहरु पाखा लगाई आफ्ना भाइहरु र समर्थक लाइ बचाउन जंग बाहादुर सफल भए ।
 
३. भण्डारखाल पर्व
 
भलै जंगबहादुर राणा प्रधानमन्त्रि बन्नु पूर्व रानी राज्यलक्ष्मी का बिश्वोस्निय पत्र थिए तर प्रधानमन्त्री बने पश्चात उनीहरुको सम्बन्ध चिस्सिन थाल्यो। त्येस्का साथै कोत पर्व मा अनेकौ भारदारहरुको हत्या गराएका ले जंग बाहादुर ले श्री ५ राजेन्द्र पनि जंग बहादुर का शत्रु भएका थिए।
 
दर्बार मा १९०३ कार्तिक तिर भण्डारखाल को भोज मा जंग बहादुर को हत्या गर्ने सड्यन्त्र बुनिन थाल्यो तर यसबारे जंग बहादुर ले पण्डित विजयराज बाट पत्तो लगाए र आफ्ना विश्वासपात्र ४ पल्टन हरु लाइ भण्डारखाल घेर्न लगाई २३ जना को हत्या गराए र समर्पण गर्ने लै कैद गराए। कोत पर्व मा बचेका दुश्मन हरुलाइ उनले भण्डारखाल मा सखाप पारे। यश पर्वपश्चात् रानी राज्यलक्ष्मी ले निर्वासित जीवन बिताउनु पर्यो भने वीरध्वोज बस्नेत, मानसिंह बस्नेत, बीर्केषर बस्नेत, पुरंदर थापा लागेत २३ जना ले ज्यान गुमाउनु पर्यो । यस पर्व मा धेरै बस्नेत हरु को मृत्यु भएका ले एस्लाई बस्नेत पर्व पनि भनिन्छ।
 
४. बादरमुडे पर्व
 
२०६२ साल जेष्ठ २३ गते माडीको कल्याणपुरस्थित बांदरमुढे खोलामा तत्कालिन नेकपा माओवादीले एम्बुस विष्फोट गराउदा ३८ नागरिकको ज्यान गएको थियो । बिष्फोटमा ७५ जना घाइते भएका थिए । माडीको अयोध्यापुरी ९ बगईबाट खचाखच यात्रु लिएर सदरमुकाम भरतपुरतर्फ आउदै गरेको ना २ ख ३२४५ नम्बरको बस माओवादीले बिद्युतीय धरापमा पारेको थियो । पछाडी आउदै गरेको प्रहरी को गाडी लाइ निसाना बनाइएको बक्तब्य तत्कालिन नेकपा माओबादी ले दिएको थियो तर पत्रपत्रिका र टेलिविजन हरुले यस पर्व लाइ बादरमुडे हत्याकाण्ड को रुप मा व्यापक प्रचार गरेका थिए। घटना पछि माओबादीले पटक पटक सरकारको नेतृत्व गरेपनि आफुहरुको पिडामा मलम लगाउन नसकेको पिडीतहरु गुनोसो गर्दछन। पिडीत परिवारको सक्रियतामा घटनास्थल बादरमुढे खोलामा स्मारक निर्माण गरिएको छ।
 
५.गेहेन्द्र शमशेर पर्व 
 
नेपालका प्रभावशाली बैज्ञानिक गेहेन्द्र शम्सेर ले तिर्थ प्रसाद, मुशे थापा आदिको सहयोग मा नया किसिमका बन्दुक, तोप, हवाइजहाज आदि निर्माण गरि प्रदर्शन गरेका थिए।
 
गेहेन्द्र शमसेरलाई नेपाल मा प्रजातन्त्र ल्याउन खोजेको, साथै उद्योगमा नया प्रयोग गर्न खोजेको आरोप मा बन्धी बनाइ देव शम्सेर संगै धनकुटा लखेट्ने योजना बनाएपनि दुइ जना ले जनता को सहानुभूति प्राप्त गरेर कुनै पनि समय शासन लाइ चुनौती दिन सक्ने डर ले बिष प्रयोग गरि दुइ जना को हत्या गरियो। गेहेन्द्र का सहकर्मी तिर्थराज थापा लाइ ७ वर्ष जेल र मुसे थापा लाइ देशनिकाला गरियो।
 
६. १९३८ सालको पर्व
 
बि १९३८ साल को पौष महिना मा तत्कालिन प्रधान मन्त्रि रणद्वीप् सिंह तराइ मा शिकार खेल्न गएको बेला नरेन्द्र बिक्रम शाह ले रणद्विप सिंह, धीर शम्सेर र उनका सबै साखा सन्तान निर्मुल गर्ने सड्यन्त्र रचेका थिए। तर काम
 
पुरा नभई रहस्य खुल्दिनाले नरेन्द्र बिक्रम शाह, जगतजंग, वमवीर सिंहलाइ नजरबन्द गरिएको थियो। यश काण्ड मा ४१ जना को हत्या गरियो र केहि व्यक्ति हरुको सर्वस्व हरण गरियो ।
 
७. विस्ट पर्व
 
बि. १९३८ मा भएको यो काण्ड मा पाटन का संग्रामसिंह बिस्ट लगायत ५ जना बिस्ट हरु र अन्य तिन जना समेत गरि कुल आठ जना लाइ खुकुरी ले काटेर मारिएको थियो ।
 
८. १९४२  साल को पर्व
 
 
बि. १९४२ मा पाकिस्तान को रावलपिन्डीको सैनिक प्रदर्शनीमा भाग लिन नेपालबाट वीर शम्सेर को नेतृत्व मा एउटा पल्टन जान तयार भएको थियो। यसरि आफुमा रहेको सैन्य शक्तिको फाइदा उठाउदै वीर शम्सेर र उनका भाइ हरुले काका रणद्विप सिंह को हत्या गरे। त्यस पश्चात जंग बहादुर का छोरा जगतजंग को पनि हत्या गरियो। जंग बहादुर का भाइका छोरा हरु श्री ३ हुने क्रम पनि भत्कियो। कोत पर्व फेरी दोहोरियो तर त्यो समय राणाहरु मात्र मरे, भारदार हरु को हत्या भएन।
 
९. युवराज त्रैलोक्य हत्याकाण्ड
 
१९०३ को कोत पर्व बाट प्रधानमन्त्री भएपछी जंग बहादुर ले राज परिवार मा हैकम जमाउन थालेपछि उनीसंग रुष्ट बाहेक तत्कालिन युवराज त्रैलोक्य र भाइ नरेन्द्र बिक्रम शाह ले राणाशासन् अन्त्य गर्न केहि भारदार संग मिलि सहकार्य गरेका थिए। जंगबहादुर पश्चात कसैलाई श्री३ को उपाध नदिने यी दुइ भाइ को दृढ अठोट यिनैका दुइ रानीहरु(जंगबहादुर का छोरीहरु) मार्फत धीर सम्सेर ले पत्ता लगाएपछि धीर समशेर ले युवराज्ञी को हातबाट विष शेवन गराई युवराज त्रैलोक्यको हत्या गराएका थिए।
 
१०. रणबहादुर शाह हत्याकाण्ड
 
बि. १८५८ ताका रणबहादुर शाह र सौतेनी भाइ शेर बहादुर शाह बीचको सम्बन्ध निकै चिसिन पुगेको थियो यस्तो स्थिती मा शेर बहादुर शाह ले केहि व्यक्ति संग मिलि उनको हत्या गर्ने योजना बनाएको रण बहादुर शाह ले भीमसेन थापा मार्फत थाहा पाएपछी अंग्रेजहरुलाई कीर्तिपुर को कोठी खोल्न दियी व्यापार गर्न दिएको र राज्कोश को अठार हजार रुपिया दुरुपयोग गरेको आरोप मा दण्डित हुन लागेका त्रिभुवन खवास ले उक्त काम मा शेर बहादुर को पनि हात भएको बताएपछि रणबहादुर शाह ले उनको राष्ट्रघात क्ष्यमा नहुने कुरा बताए पछी आफु पनि दण्डित हुने सोची खेत बारी मा स्याल कराइरहेको आवाज सुन्न अरु ब्यस्त भएको बेला बि. १८६३ बैसाख १६ गते ३१ वर्षीय रणबहादुर शाह माथि तिन पटक तरवार प्रहार गरि उनको हत्या गरे। यश पश्चात भिम्शेन थापा शक्रिय भएर शेरबहादुर शाह लगायत् ५० जना (शेर बहादुर शाह को मतियार भएको आरोप मा) हत्या गरेर ३१ वर्ष लामो शासन चलाउन सफल भए।

You need to login to comment.

Facebook Comments