Welcome, Guest

अन्तिम लेखापरीक्षण के हो ?

2018-07-03 / 9K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 
 
कुनै संगठनले एक आर्थिक वर्षमा वा निश्चित अवधिमा सम्पन्न गरेको आर्थिक कारोबारको कुनै स्वतन्त्र निकायद्धारा परीक्षण गराउने प्रकियालाई नै अन्तिम लेखापरीक्षण भनिन्छ । अन्तिम लेखापरीक्षण भइसके पश्चात सामान्यतया अर्को लेखापरीक्षण गरिँदैन । त्यसैले पनि यसलाई अन्तिम लेखापरीक्षण भनिएको हो । नेपाल सरकारको कारोबारको अन्तिम लेखापरीक्षक स्वतन्त्र सवैधानिक निकाय “ महालेखा परीक्षक” द्धारा गरिन्छ । 
 
संवैधानिक व्यवस्था :
 
अन्तरिम संविधान २०६३ को भाग १२  धारा १२२ मा व्यवस्था गरिएको छ । अदालत, प्रहरी, सेनालगायत सरकारी अड्डाहरुको महा-लेखापरीक्षक कार्यालयद्धारा अन्तिम लेखा परीक्षण गर्ने व्यवस्था छ । 
 
लेखापरीक्षण ऐन, २०४८ मा भएको व्यवस्था 
 
•    के को परीक्षण ?
 
– नियमितता
 
–  मितव्ययिता
 
– प्रभावकारिता
 
– कार्यदक्षता 
 
– औचित्य
 
INTOSAI द्धारा थप गरिएका
 
•    समता
 
•    वातावरणीय 
 
प्रकृया :
 
•    एक – एक गरी 
 
•    बीच – बीचमा छड्के गरी
 
•    केही प्रतिशत मात्र गर्ने गरी 
 
प्रकार :
 
•    वित्तीय 
 
– नियमित
 
– औचित्य
 
•    कार्यमूलक 
 
– मितव्ययिता
 
–  प्रभावकारिता
 
– कार्यदक्षता 
 
– समन्याय
 
– वातावरणीय
 
अन्तिम लेखापरीक्षणका पूर्व आवश्यकताहरू :
 
–    Autonomy from Executive and Lagislatives
 
–    Clearly defined objective and scope.
 
–    Autonomus in organization, personnel and finance.
 
–    Reporting to supreme agency.
 
–    Full responsibility in fiscal accountability.
 
सार्वजनिक प्रशासनमा अन्तिम लेखापरीक्षणको महत्व :
 
सरकारी आर्थिक कारोबारलाई मितव्ययीता कुरालाई र प्रभावकारी तुल्याई सार्वजनिक जवाफदेयिता र पारदर्शीता प्रवर्द्धन गर्दै अन्तत आर्थिक शुसासन कायम गर्न मद्दत पु- याउँछ । 
 
नेपालको सन्दर्भमा अन्तिम लेखापरीक्षणका समस्याहरु  :
 
•    स्रोत साधनको अभाव छ ।
 
•    दक्ष जनशक्तिको अभाव छ ।
 
•    प्रतिवेदनले औल्याएका विषयहरु निरन्तर आइरहदा पनि सुधार हुन नसकेको अवस्था छ ।
 
•    कर्मचारीमा उत्प्रेरणाको कमी छ ।
 
•    वैदेशिक स्रोत तर्फको कारोबारमा लेखापरीक्षण उपर विश्वास कमजोर छ ।
 
•    बेरुजु बढिरहेको तर सुधारका लागि सुझावको कार्यान्वयन कमजोर रहेको अवस्था छ ।
 
•    अन्तराष्ट्रिय मानदण्डलाई व्यवहारमा लागू गर्न सकिएको छैन ।
 
अन्तिम लेखापरीक्षणका समस्याहरु समाधानका उपायहरु :
 
•    आन्तरिक लेखापरीक्षणमा सुधार गर्ने
 
•    प्रतिवेदनलाई सम्बन्धित कर्मचारीको वृत्ति विकाससँग आवद्ध गर्ने 
 
•    पेश्की बाँकीको अद्यावधिक केन्द्रीय विवरण बनाउने
 
•    सरकारी बाँकी असुल गर्न जिल्लामा कार्यालय स्थापना गरी सबै पेश्की र बेरुजुको रकम पठाउने ।
 
•    एक वर्षसम्म पनि असूल हुन नसकेको बेरुजु रकम केन्द्रीय तहसिलमा पठाउने केन्द्रीय तहसिलले जिल्ला स्थित सरकारी बाँकी असुल कार्यालयमा पठाउने ।
 
•    संस्थागत सक्षमता बृद्धि गर्ने ।
 
•    जनशक्ति तालिम र क्षमता विकास ।
 
•    ICT Based Audit लाई स्थापित गर्ने ।
 
•    सुझावहरुको परिपालना ।
 
नेपालमा अन्तिम लेखापरीक्षणका सवल पक्षहरु :
 
•    संवैधानिक ग्यारेन्टी
 
•    Clear and Broad Scope.
 
•    Separate Service
 
•    Rich Experiance.
 
•    भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर् याएको
 
•    सरकारी लेखामा एकरुपता कायम राख्न सहज
 
•    Field Audit मा Focus (२०५१ देखि)

You need to login to comment.

Facebook Comments