Welcome, Guest

पृथ्वीका ७ वटा महादेशहरु

2018-06-12 / 17.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

पृथ्वीमा निम्न ७ वटा महादेशहरु रहेका छन्।
 
१. एसिया महादेश
२. अफ्रिका महादेश
३. उत्तर अमेरीका महादेश
४. दक्षिण अमेरीका महादेश
५. यूरोप महादेश
६. अष्ट्रेलिया महादेश
७. अन्ट्रार्कटिका महादेश
 
१. एसिया महादेश (Asia Continent)*
 
विश्वका विभिन्न महादेशहरु मध्येको सबैभन्दा ठुलो महादेश एसिया महादेश हो ।
यस महादेशको अधिकाशं भाग उत्तरी गोलाद्धमा पर्दछ ,१० डिग्री दक्षिणि अक्षांश देखि
७८ डिग्रि अक्षाशं र २५ डिग्री पुर्वी देशान्तर देखि १८० डिग्री देशान्तर पार गरि १७०
डिग्री पश्चिम सम्म यो महादेश फैलियको छ ।
यस महादेशको क्षेत्रफल ४३,९९,९०० वर्ग कि.मि.रहेको छ ।
 विश्वको करिब ५४ प्रतिशत मानिसहरुको बसोबस रहेको यस महादेशले विश्वको कुल भु
भागको करिब ३० प्रतिशत भु- भाग ओगटेको छ ।
यस महादेशमा विश्वकै सर्वाधिक अग्लो चुचुरो सगरमाथा विश्व कै गहिरो ताल वैकाल
विश्वकै ठुलो ताल क्यास्पियन सागर र विश्वकै सर्वोच्च स्थानमा रहेको ताल तिलिचो पर्दछ ।
यस महादेशलाई विसमताको महादेशको उपनामले समेत चिनिन्छ ।
२. अफ्रिका महादेश
 
यो महादेश एसिया पछिको सबैभन्दा ठुलो र विश्वको दोस्रो ठुलो महादेश हो ।
 यो महादेशलाई भूमध्ये रेखाले ठिक बिच बाट काटेकोले यो महादेश उत्तर र दक्षिण
गोलाद्धमा बराबर रुपमा फैलियको छ ।
यस महादेशको सरदर क्षेत्रफल २,९७,८५,००० बर्ग कि.मि. रहेको छ।
यो महादेशका एटलस र डैकन्सवर्ग प्रमुख पर्वत हुन भने किलिमान्जरो सर्वोच्च शिखर
एवम् ज्वालामुखि पर्वत हो ।
विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा (६८,००,००० बर्ग कि.मि.) यसै महादेशमा पर्दछ ।
यस महादेशमा प्राय विश्वका सवै प्राचिनतम् एवम् नबिनतम संस्कृति पाईन्छ ।
विश्वको सबैभन्दा लामो नदि नाइल ठुलो हिरा खानि किम्वर खान ,स्वर्ण उत्पादक
नगर जोहान्सवर्ग यसै महादेशमा पर्दछ ।
३. उत्तर अमेरीका महादेश
 
यो विश्वको तस्रो ठुलो महादेश हो ।
उत्तर तिर फुकेको र दक्षिणतिर साघुरीयको यो महादेश पुरै उत्तरी गोलाद्धमा पर्दछ ।
यो महादेशलाई क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा पत्ता लगाएका हुन्,त्यसैले यस
महादेशलाई नँया संसारको उपनामले समेत चिनिन्छ ।
विश्वको सबैभन्दा ताजा पानिको ताल सुपेरीयर ,सबैभन्दा ठुलो गुम्वज एस्टेडोम आदि पनि
यसै महादेशमा पर्दछ ।
यो महादेश १० डिग्री उतरी अक्षाश देखि ८० डिग्री उतरी अक्षाश सम्म र २० डिग्री
पश्चिमी देशान्तर देखि १६० डिग्री पश्चिमि देशान्तर सम्म फैलिएको छ ।
विश्वको सबैभन्दा ठुलो नेशनल पार्क बुड बफेली नेशनल पार्क (क्यानडा) यसै महादेशमा पर्दछ ।
यस महादेशमा पाईने शितोष्ण घासे मैदान प्रेयस यस महादेश को अनुपम उपहारको रुपमा
लिइन्छ ।
४. दक्षिण अमेरीका महादेश
 
यो महादेश विश्वको चौथो ठुलो महादेश हो ।
यो महादेश १२ डिग्री उत्तरी अक्षाशदेखि ५६ डिग्री दक्षिणी अक्षाश सम्म ,३६ डिग्री
पश्चिमि देशान्तर देखि ८० डिग्री पश्चिमि देशान्तर सम्म फैलिएको छ ।
 यस महादेशको क्षेत्रफल १,७७,९८,५०० वर्ग कि.मि. रहेको छ ।
विश्वको सबैभन्दा ठुलो पवर्तमाला एण्डिज पवर्तमाला यसै महादेशमा पर्दछ ।
 दक्षिण अमेरीकी महादेशमै रहेको अमेजन नदिलाई विश्वकै सबैभन्दा ठुलो नदिको रुपमा लिईन्छ ।
 विश्वको सबैभन्दा उचाइमा रहेको राजधानि लापान (बोलिभिया) यसै महादेशमा पर्दछ ।
दक्षिण अमेरीकाको अर्जेन्टिना सम्म फैलिएको घासे मैदान पेम्पाज यसै महादेशमा पर्दछ ।
५. यूरोप महादेश
 
यो महादेश विश्वको छैठौ ठुलो महादेश हो ।
 यो महादेश पूरै उतरी गोलाद्धमा पर्दछ ।
यो महादेश ३९ डिग्री उतरी गोलाद्ध देखी ७१डिग्री उतरी अक्षाशं सम्म र ८६ डिग्री
पूर्वी देशान्तर देखि २० डिग्री पश्चिमी देशान्तर सम्म फै्रलियको छ ।
यस महादेशको क्षेत्रफल १०४९८०० वर्ग कि.मि रहेको छ ।
यस महादेशलाइ भित्रि समुन्द्रले घेरीयको महादेश समेत भनिन्छ ।
समुन्दी किनार छिया छिया भएकोले यस महादेशलाइ लामे समुन्द्रि किनार भएको महादेश
तथा प्रायद्धिपको प्रायद्धिप भनेर पनि चिन्ने गरीन्छ ।
यस महादेहको सबैभन्दा सर्वोच्च शिखर एव्रल्ज(५६३३ मि.) रहेको छ ।
यो महादेशको प्रसिद्ध नदि डेन्वयूव नदि हो जुन ७ भन्दा बढि देश भएर बग्ने गरेको छ ।
यस महादेशको यूक्रेन देशलाई bread basket of the world पनि भनिन्छ ।
६. अष्ट्रेलिया महादेश
 
यो विश्वको सबैभन्दा सानो महादेश हो ।
यो महादेशको क्षेत्रफल ७६६८८० वर्ग कि.मि मात्र रहेको छ ।
यो महादेश नै एउटा देश रहेको छ ,यो महादेश विभिन्न टापू हरु मिलेर वनेको छ ।
यो महादेश को अधिकाशं भू भाग दक्षिणी गोलाद्धमा रहे
 यो महादेशको उत्तर पूर्व तर्फ समुन्द्री भागमा २०० कि.मि लामो मुगा को ढिस्का रहेको
छ। जुन समुन्द्री कीराहरुका हाड बाट बनेको पत्ता लागेको छ ।
यस महादेश लाई विचित्रताको महादेशको उपनामले समेत चिनिने गरिन्छ ।
७. अन्ट्रार्कटिका महादेश

You need to login to comment.

Facebook Comments