Welcome, Guest

खरिदार पाठ १० ( अन्तराष्ट्रिय सम्बन्ध तथा संघ संस्थाहरु.सम्बन्धी जानकारी )

2018-04-18 / 4.2K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

   अन्तराष्ट्रिय सम्बन्ध तथा संघ संस्थाहरु
 
- नेपालको शान्ती क्षेत्रको प्रस्तावलाइ समर्थन गर्ने पहिलो आशियनको राष्ट मलेसिया हो
- नेपाल र जापान बीचमा दौत्य सम्वन्ध सन १९५६ जुलाइ २८ मा भएको हो
- जनकपुर चुरोट कारखाना र पनौती जलविद्युल आयोजना रुस सरकारको सहयोगमा सम्पन्न भएका हुन
- संयूक्त राष्टसंघको ५१ औ संस्थापक राष्ट पोल्याण्ड हो
- संयूक्त राष्टसंघको वडापत्रमा १११ धारा,१९ अध्याय,१०००० शव्द रहेका छन
- अन्तराष्ट्रिय न्यायलयको प्रधान कार्यलय नेदरल्याण्डको हेगमा रहेको छ
- संयूक्त राष्टसंघको सदस्यता बाट हटाइएको राष्ट ताइवान हो
- एजेण्डा फर डेभलभमेन्ट नामक विकास सम्बन्धी एजेण्डा को अवधारण बुत्रोस बुत्रोस घालीले ल्याएको अवधारण हो
- संयूक्त राष्टसंघका लागि नेपालका हालका स्थायी प्रतिनिधी दुर्गा प्रसाद भट्टराई हुन
- संयूक्त राष्टसंघको पहिलो अधिवेशन बेलायतको लण्डनमा भएको थियो
- संयूक्त राष्टसंघको सदस्य नभएर पनि खर्च बेहोर्ने राष्ट होलेसी हो
- आइएलओ को स्थापना सन १९१९ अप्रिल ११ मा भएको हो यसको प्रधान कार्यलय जेनेभामा रहेको छ
- संयूक्त राष्टसंघले सन २०१७ लाइ दिगो पर्यटन वर्ष को रुपमा मनाउदै छ
- विश्व पर्यटन संघको प्रधान कार्यलय स्पेनको म्याडिडमा रहेको छ
- अफगानस्तानलाइ औपचारिक रुपमा सार्कको नया सदस्य राष्टको रुपमा चौधौ शिखर सम्मेलनले सदस्यता प्रदान गरेको हो
- सार्क स्थायी समितिमा परराष्ट सचिवहरु रहन्छन
- सार्क मूलुक मध्ये सबैभन्दा कम शिशु मृत्युदर भएको राष्ट श्रीलंका हो
- सार्कको प्रतिक चिन्ह नेपालका शैलेन्द्र महर्जनले बनाएका हुन
- क्यूनसेल भूटानको समाचार पत्र हो
- सार्कको पहिलो क्षेत्रिय संस्था सार्क कृषि सूचना केन्द्र हो
- सार्क विश्वविद्यालय भारतमा रहेको छ भने संयूक्त राष्टसंघि विश्वविद्यालय जापानमा रहेको छ
- सार्क अठारौ शिखर सम्मेलनको नारा शान्ति र सम्बृद्धिका लागि गहन एकता भन्ने हो
- सार्कले सन २०१० देखि २०२० सम्मको दशकलाइ अन्तरक्षेत्रिय सम्पर्क दशकको रुपमा घोषण गरिएको थियो
- विमस्टेकको स्थापना सन १९९७ जुन ६ मा भएको हो यसमा ७ सदस्य राष्ट रहेका छन
- विमस्टेकका सहयोगका क्षेत्रहरु १४ बटा रहेका छन भने यसको सचिवालय वंगलादेशमा रहेको छ
- आसियानको स्थापना सन १९६७ अगस्ट ८ मा भएको हो
- सबैभन्दा पछि आसियानको सदस्यता प्राप्त गर्ने राष्ट कम्बोडिया हो
- आसियानको प्लस तिन भनेर चीन, जापान र दक्षिण कोरियालाइ चिनिन्छ भने आसियानका त्रिमूर्ति भनेर इण्डोनेसिया,थाइल्याण्ड र मलेसियालाइ चिनिन्छ
- आसियानमा रहेको एकमात्र भूपरिवेष्ठीत राष्ट लाओस हो
- युरोपेली संघका राष्टहरु मध्ये सबैभन्दा कम जनसंख्या भएको राष्ट माल्टा हो भने सबैभन्दा बढी जनसंख्या भएको राष्ट जर्मनी हो
- यूरो मुद्राको प्रचलन सन २००२ बाट शुरु भएको हो
- यूरोपेली अदालतमा २८ न्यायधिश रहन्छन भने ८ जना महान्यायधिवक्ता रहन्छन
- युरोपोल यूरोपेलि प्रहरीहरुको संस्था हो यसको स्थापना सन १९९४ मा भएको
 
 

You need to login to comment.

Facebook Comments