Welcome, Guest

खरिदार पाठ ७ ( नेपालको आर्थिक अवस्था सम्वन्धी जानकारी )

2018-04-12 / 3.8K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

   नेपालको आर्थिक अवस्था
 
- नेपालमा सबैभन्दा धेरै कृर्षि उत्पादन पूर्वाञ्चल विकासक्षेत्रमा हुन्छ
- राष्टिय कृर्षि नीति २०६१ ले कृषि कार्यक्रमहरुको सञ्चालनमा महिला संलग्नता ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ
- धनकुटामा एभोकाडो फलको व्यवसायिक खेति गरिएको छ
- एक विगाहमा १३.३१ रोपनी हुन्छ
- नेपालमा यार्सागुम्बा सर्वप्रथम सन १९५२ बाट जुम्लामा टिपीएको थियो
- नेपालमा कृषि पर्यटन कार्यक्रम कास्कीको लेखनाथमा कार्यान्वयन गरिएको छ
- एक गाउ एक उत्पादन कार्यक्रम जापानबाट शुरु भएको हो भने थोपा सिंचाइ प्रणालीको शुरुवात इजरायल वाट भएको हो
- No work No pay निती औधोगिक नितीसंग सम्बन्धी छ
- एकद्घार समितीको संयोजक उधोग विभागको महानिर्देशक हुने व्यवस्था छ
- उदयपुर सिमेन्ट कारखानाको निर्माण जापान को सहयोगमा भएको हो
- पब्लिक कम्पनी स्थापनको लागि कम्तीमा ७ जना संस्थापक हुनुपर्ने व्यवस्था छ
- नेपालमा सर्वप्रथम निजी क्षेत्रलाइ विक्री गरिएको सस्थान चण्डेश्वरी टेक्साटयल हो
- नेपालमा हाल वाणिज्य नीती २०७२ लागू भएको छ
- नेपालको तयारी पोशाकको सबैभन्दा ठूलो अन्तराष्टीय बजार अमेरिका हो
- नेपालसंग विप्पा सम्झौता गरेको पहिलो राष्ट फ्रान्स हो
- नेपाल एकिकृत व्यापार रणनीतीले तुलनात्मक लाभका वस्तु भनि १९ वस्तु तोकेको छ
- नेपाल विश्व व्यापार संगठनको सदस्य सन २००४ अप्रिल २३ मा भएको हो
- नेपालमा हाइ अल्टिच्युड स्पोर्टस् ट्रेनिङ सेन्टरको स्थापना दोलखामा गरिएको छ
- सन १९९८ लाइ नेपाल भ्रमण वष,सन २००२ लाइ गन्तव्य नेपाल वष,सन २०११ लाइ नेपाल पर्यटन वर्ष, र सन २०१२ लाइ लुम्वीनी भ्रमण वर्षको रुपमा मनाइयो
- पर्यटन मन्त्रालयको स्थापन २०३३ सालमा भएको हो
- त्रिभूवन राजमार्गले २१ जिल्लालाइ छोएको छ
- पुर्व पश्चिम राजमार्गको सबैभन्दा अग्लो भाग बाकेको पुस्मा हो भने सबैभन्दा होचो भाग सुनसरीको इटहरी हो
- नेपालमा रेल विभागको स्थापना वि.स २०६७÷६८ मा भएको हो
- क्याट आइ भन्नाले राजमार्गमा राती टल्किने बत्तीलाइ बुझिन्छ
- नेपाल राजपत्रमा ६ भाग छन
- नेपालमा प्राथमिक शिक्षा निशुल्क गर्ने निर्यण २०३१ फागुन १२ मा भएको हो
- पुस्तक चिताई तहबिल गीवार्णयुद्धको पालामा भएको हो
- नेपालमा झाडापखला रोग नियन्त्रण २०४० देखि सञ्चालन भएको हो
- नेपाल सरकारले आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको पहिलो जलविधुत आयोजना सुन्दरीजल हो
- सान्जेन जलविधुत आयोजना रसुवा जिल्लमा पर्दछ
- राष्टिय योजना आयोगको माताहतमा रहेको एकमात्र विभाग केन्द्रिय तथ्याङ्रक विभाग हो
- वैदेशिक सहयोगमा सञ्चालनमा सञ्चालन पहिलो कार्यक्रम त्रिभूवन ग्रामिण विकास कार्यक्रम हो
- प्रथम योजनामा सबभन्दा बढी रकम यातायात तथा सञ्चार क्षेत्रमा विनियोजन गरिएको थियो.
- नवौ र दशौ योजनामा दोहोरिएको एकमात्र उद्धेश्य गरिबी निवारण हो
- नेपाल राष्ट बैङ्कको स्थापना हुनुभन्दा पहिले सदर मुलुकी खानाले नोट निष्काशनको काम गर्र्दथ्यो
- विश्वको सबैभन्दा सफा नोट अमेरिका को छ भने सबैभन्दा भद्दा नोट ताईवानको रहेको छ
- नेपालमा हाल सञ्चालित शासकिय कार्यक्रम एसीयाली विकाश वैङ्कको सहयोगमा सञ्चालित कार्यक्रम हो
- राष्टिय गौरवका आयोजनाहरु २१ रहेका छन
 

You need to login to comment.

Facebook Comments