Welcome, Guest

खरिदार पाठ ६ (नेपालको सामाजिक सास्कृतिक सम्वन्धी जानकारी )

2018-04-11 / 3.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

  नेपालको सामाजिक सास्कृतिक अवस्था..!!
 
- दास प्रथाको अन्त्यपछि करियाबाट अमलेख पाएकालाइ भुजेल थर दिइएको थियो
- पशुपतिमा शिवलाइ बुद्धको मुकुट पहि¥याउने चलन छ
- भूमि सम्बन्धी ऐन २०२१ जग्गालाइ ४ भागमा बाडेको छ
- मोहियानी हकको अन्त्य २०५३ पौष २४ गते भएको हो
- जन्मकैद २० वर्षको हुन्छ
- अनुलोम र प्रतिलोम बिवाहसंग सम्बन्धीत छन
- पाल्की बोक्ने जाती भनेर झागडलाइ चिनिन्छ
- चौध वर्षसम्म भरतले राज्य गरेको ठाउ नन्दी ग्राम हो
- गाइजात्रालाइ नेपाल भाषामा सापारु भनिन्छ
- रामचन्द्रका मित सुग्रिव थिए
- योगशास्त्रका प्रवर्तक पतन्जली हुन
- गणगौर पुजाको अर्को नाम सौभाग्य सुन्दरी व्रत हो
- धवला चाड व्यासी जातीसंग सम्बन्धीत छ
- मुस्लीमहरुको सबैभन्दा ठूलो तीर्थस्थल मक्का र मदिना साउदी अरवमा छन
- गौरा पर्वमा विरुडा खाने चलन छ
- हिन्दु धर्ममा ४ आश्रमहरु रहेका छन
- सबैभन्दा धेरै श्लोक भएको पूराण स्कन्धपुराण हो
- गायत्री मन्त्रमा सुर्य देवताको प्रशंसा गरिएको छ
- पञ्चकन्या अन्तर्गत
- अहिल्या,द्रौपदी,कुन्ती,तारा,मन्दोदरी पर्दछन
- मुस्ताङी राजा जिग्मे परवल विष्ट ल्होपा जातिका थिए
- हुक्का हुक्की पर्व राजवंशी ले मनाउदछन
- थारु जातीका गाउका प्रमुखलाइ भलमन्सा भनिन्छ
- सपथ खादा दुबो र ढुङ्गो लिएर सपथ खाने चलन लिम्बु जातीमा छ
- झर्रोवादी आन्दोलन २०१३ सालमा भएको थियो
- मैथली भाषको लिपी तिरहुता लिपी हो
- नेपाली भाषकोृ भाषा साहित्यमा अध्ययन गर्ने पहिलो विदेसी जोन विम्स हुन
- झागड भाषा द्रविड भाषा परिवारमा पर्दछ
- नेपालका माइकल एन्जेलो भनी बेखाराज शाक्य लाइ चिनिन्छ
- पुरातात्विक संग्रहलय कपिलवस्तुमा रहेको छ
- गुरुङहरुको घरको भित्तामा कोर्ने विभिन्न प्रकारका चित्रहरुलाइ पुराती चित्र भनिन्छ
- ग्रन्थ चित्रको उत्कृष्ट नमुना प्रज्ञा पारमिता हो
- नेपालमा काष्ठकलाको उच्चतम विकास मल्लकालमा भएको हो
- नेपालमा प्यागोडा शैलिको शुरुवात १३ औ शताव्दी मा भएको हो
- महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको एकमात्र उपन्यास चम्पा हो
- पुरातत्व विभागको स्थापना २००८ सालमा भएको हो
 

You need to login to comment.

Facebook Comments