Welcome, Guest

खरिदार पाठ ३ ( नेपालको भूगोल सम्वन्धी जानकारी )

2018-04-08 / 4.5K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 नेपालको भूगोल
 
- दुन क्षेत्रले नेपालको कुल भूभागको ८.५ प्रतिशत ओगटेको छ
- महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा शैलुङ्ग हो,जुन दोलखा जिल्लामा पर्दछ
- चुरे क्षेत्रले ठिक दुइ भागमा विभाजन गरेको जिल्ला नवलपरासि हो
- नेपालको सिमानाबाट बंगलादेश २७ कि.मी टाढा छ भने भूटान ३२ कि.मी टाढा पर्दछ
- क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो अञ्चल महाकाली हो भने सबैभन्दा ठूलो अञ्चल कर्णाली हो
- नेपाल र चीन सीमानको सबैभन्दा नजिकको बस्ती शेरावस्ती हो
- हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला रसुवा हो
- धरातलिय विविधताको कारणले सबैभन्दा बढी सकारात्मक प्रभाव पारेको नेपालको व्यवसाय पर्यटन हो
- गण्डकीबाट धौलागिरीमा सरिएको जिल्ला पर्वत हो
- अञ्चल सिमाना नछुने तिन जिल्ला भक्तपुर,नुवाकोट र लमजुङ हुन
- ओलाङचुङगोलाबाट नेपाल प्रवेश गरेका्े एकमात्र नदी तमोर हो
- नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलासय इन्द्रसरोवर हो जुन मकवानपुरमा पर्दछ
- ह्वाङहो नदी पछि संसारकै सबैभन्दा बढी बालुवा बोक्ने नदी कोशी हो
- कोशी व्यारेजमा ५६ ढोका रहेका छन
- रोशी नदी काभ्रे जिल्लामा पर्दछ
- नेपालले सन १९८७ डिसेम्बर १७ मा सिमसार महासन्धीमा हस्तक्षर गरेको हो
- नेपालको जनकपुर शहरलाई पोखरीहरुको शहर भनेर चिनिन्छ
- इन्द्रावती र सुनकोशी नदी दोलालघाटमा एकैठाउमा मिसिन्छन
- शुलिगाड झरना डोल्पामा,टोड्के झरना इलाममा,टिपताल झरना ताप्लेजुङ,बैकुण्ठे झरना पाल्पामा पर्दछन
- कल्छमन ताल गोरखामा,सत्यवती ताल पाल्पामा,रानी ताल कञ्चनपुरमा,छायानाथ दह मुगुमा,शान्ती कुण्ड कास्कीमा,गजुली दह चितवन मा पर्दछन
- इन्द्रवतिको पौराणीक नाम सत्यवाहिनी,मादीको रत्नधारा,झिमरुकको धर्माबती,राप्तीको अचिरावती,धोविखोलको रुद्रमति,तादीको सूर्यवती हो
- करूवाको लागी पाल्पा,तरकारीको लागि भक्तपुर,अलैचिको लागि इलाम,अदुवाको लागि मालनेटा,सावर छालाको लागि दैलेख,ताप्केको लागि विरगंज,नासपातीको लागि फर्पिङ,सख्खरको लागि बैतडी प्रख्यात छन
- नेपालमा पर्वतारोहणको लागि खुल्ला गरिएका हिमालको संख्या ४१४ ओटा रहेका छन
- ५२ पोखरी ५३ तालको जिल्ला भनेर रुकुमलाइ चिनिन्छ भने १२ वण्डाल १८ खण्डालको जिल्ला भनेर सुर्खेतलाइ चिनिन्छ
- मुस्ताङमा पाइने जङ्गली भुस्याहा कुकुरलाइ त्यहाका मानिसहरुले लाक भन्दछन
- कञ्चनजंघा हिमालको पहिलो सफल आरोहण गर्ने व्यक्ती जर्ज वेन्ड बेलायतका हुन
 

You need to login to comment.

Facebook Comments