Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (पौष २७ - माघ ०३)

2018-01-18 / 3.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।
 
१) युवा संसद् नेपालद्वारा आयोजित ‘ग्लोवल युय पिस कन्फ्रेन्स-२०१८’ कहिले र कहाँ सम्पन्न भयो ? - वि. स. २०७४ पुस २९-३० (सन् २०१८ जनवरी १३-१४), काठमाडौँ
 
२) चलचित्र तथा टेलीचलचित्रलाई एकसाथ दिइने हलिउडको प्रख्यात ‘गोल्डेन ग्लोब्स अवार्ड-२०१७’ मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ? - ‘श्री बिलबोर्डस् आउटसाइड एविड’ मिजौरी’
 
३)   नेपालमा चिनियाँ इन्टरनेट कहिलेदेखि सञ्चालनमा आएको हो ? - वि. स. २०७४ पुस २८
 
४) सरकारले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय कहिले स्थापना गरेको हो ? - वि. स. २०७४ पुस २९
 
५) नेपालमा योगदिवस कहिले मनाउने गरिन्छ ? - माघ १
 
६) माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन कहाँ रहेको छ ? - नेपालको सुदूर पश्चिम
 
७) सिन्दुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोसी जलविधुत् आयोजनाको विधुत् उत्पादन क्षमता कति रहेको छ ? - १०२ मे. वा.
 
८) सरकाले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न तथा आउँदो पुस्तालाई धुम्रपान मुक्त गर्ने उद्धेश्यका साथ सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति कहिले सार्वजनिक गरेको हो ? - वि. स. २०७४ पुस २८
 
९) सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङ्मा तत्कालीन राज्य पक्षद्वारा मारिएकालाई सहिद घोषणा कहिले गरेको हो ? - वि. स. २०७४ पुस २८
 
१०) नेपालको माउन्ट फुजी भनी चिनेको हिमाल कुन हो ? - मनासलु
 
११) त्रिमुर्ति निकेतनद्वारा वि. स. २०७४ मा प्रदान गरिने लेखनाथ काव्य पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - मुकुन्द शर्मा (पुरस्कार राशि ५० हजार रुपियाँ)
 
१२) चीनको नानिङ् महानगरसँग हालै भगिनी सम्बन्ध कायम भाएको नेपालको महानगर कुन हो ? - पोखरा-लेखनाथ, २०७४ पुस २७ (सन् २०१८ जनवरी ११)
 
१३) नेपालमा पहिलोपटक राष्ट्रिय आर्थिक गणना कहिलेबाट सुरु गरिनेभएको छ ? - वि. स. २०७५ वैशाख १
 
१४) विश्व बैङ्कद्वारा सन् २०१८ जनवरी ९ मा सार्वजनिक  विश्व आर्थिक परिदृश्य-२०१८ अनुसार आ.व. २०७४/२०७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण छ ? - ४.६ प्रतिशत
 
१५) निर्माण थालनी भएको झन्डै १० बर्षपछि चमेलिया जलविधयुत आयोजनाबाट व्यावसायिक उत्पादन कहिलेदेखि सुरु गरिएको हो ? - वि. स. २०७४ पुस २८ 
 
 
श्रोत : गोरखापत्र

 


You need to login to comment.

Facebook Comments