Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (पौष १३ - पौष १९)

2018-01-03 / 3.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।

१) वि.स. पुस १३ को मन्त्रिपरिषद् बैठकले मिगौँला फेल भएका, क्यान्सर, स्पाइनल इन्जुरी र अन्य गम्भीर प्रकृतिका बिरामीलाई जीवनवृतिका लागि मासिक कति रकम प्रदान गर्ने निर्णय गर्यो ? - पाँच हजार रुपियाँ
 
२) लेखनाथ साहित्य पुरस्कार - २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - संस्कृतिविद् तथा साहित्यकार डा. जगमान गुरुङ (पुरस्कार राशि : रु ५० हजार)
 
३) सन् २०१७ डिसेम्बरमा लाइबेरियामा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी बन्ने उम्मेदवार को हुन् ? - पुर्व स्ट्राइकर जर्ज वेह
 
४) २०७४ सालमा प्रदान गरिएको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित हुने स्रस्टा को हुन् ? - डा. तारानाथ शर्मा (प्रत्येक चार वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि रु. ४ लाख रहेको)
 
५) सन् २०१७ मा युरोपको उत्कृष्ट खेलाडी को घोषित भएका छन् ? - क्रिस्टियानो रोनाल्डो
 
६) २०७४ पुसमा चितवनको सौराहामा सम्पन्न महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि कसले जित्यो ? - पुजाकली
 
७) स्थानीया सरकार सञ्चालन ऐन, अनुसार भित्री मधेसमा पर्ने जिल्ला कति छन् ? - ७
 
८) नेपाल र अफ्रिकी मुलुक बुर्किनाफासोबीच औपचारिक रुपमा दिपक्षीय कूटनीतिक  सम्बन्ध कहिले कायम भएको हो ? - सन् २०१७ डिसेम्बर २९
 
९) वर्ल्ड इकोनोमिक फोरमद्वारा सार्वजनिक ग्लोबल जेन्डर ग्याप रिपोर्ट - २०१७ अनुसार लैङ्गिक समानता भएको देशमा नेपाल कतिऔँ स्थानमा रहको छ ? - १११ औँ
 
१०) संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) द्वारा सन् २०१७ मा सार्वजनिक मानव विकास सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? - १४४ औँ
 
११) युवा वर्ष मोती पुरस्कार - २०७४ बाट सम्मानित हुने स्रष्टा को हुन् ? - ज्ञानु अधिकारी र अनुपम रोशी
 
१२) विश्व वातावरण दिवस कहिले मनाइन्छ ? - जुन ५
 
१३) नेपाल सरकारले कुन दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेको छ ? - बैशाख २४
 
१४) CTEVT को पुरा रुप के हो ? - Council forTechnical Education and Vocational Training
 
श्रोत : गोरखापत्र
 

You need to login to comment.

Facebook Comments