Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (पौष ०६ - पौष १२)

2017-12-27 / 2.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।

१) वि.स. २०७४ पुसमा घोषणा गरिएको बालमैत्री वडा कुन हो ? - राकम कर्णाली (दैलेखको आठविस  न.पा. ४) 
 
२) साहित्यकार प्रेमा शाहको निधन कहिले भएको हो ? -  वि.स. २०७४ पुस ६
 
३) मैथिली भाषाको राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पहिचान, विस्तार, संरक्षण एवम् सम्बद्धर्न गर्ने उद्धेश्यका साथ १५औँ  अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? - वि.स. २०७४ पुस ७-८, सप्तरीको राजविराज
 
४) वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्माको निधन कहिले भएको हो ? - वि.स. २०७४ पुस ६
 
५) सरकारले २०७४ पुष ५ मा सार्वजनिक बहुआयामिक गरिवी सूचकाङ्क (एमपीआई) अनुसार नेपालमा गरिवको सङ्ख्या कति रहेको उल्लेख छ ? - २८.६२ प्रतिशत
 
६) नातिकाजी राष्ट्रिय विशिष्ठ स्रष्टा सम्मान - २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - वरिष्ठ गायक एलपी जोशी
 
७) ट्रान्सपरेन्सी इन्टनेसनलले सन् २०१७ डिसेम्बरमा सार्वजनिक गरेको भ्रष्टचार सम्बन्धी सूचकाङ्कमा सबैभन्दा कम भ्रष्ट हुने देश कुन हो ? - डेनमार्क
 
८) पर्यटन प्रवर्द्धनका लागि नेपाल सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता सन् २०१७ डिसेम्बरमा कहाँ सम्पन्न भयो ? - चीनको छन्तुमा
 
९) सयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय आप्रवासन-२०१७ शीर्षकको प्रतिवेदन अनुसार धेरै नागरिक विदेशमा हुनेको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? - भारत
 
१०) चीनले विकास गरेको विश्वकै ठुलो ‘उभयचर विमान’ एजी - ६०० ले पहिलो उडान कहिले भरेको हो ? - सन् २०१७ डिसेम्बर २४
 
११) नेपालसँग दौत्य सम्बन्ध राख्ने १५५औँ राष्ट्र कुन हो ? - लिचेस्टिन (Liechtenstein) २२ डिसेम्बर २०१७
 
श्रोत : गोरखापत्र
 
 
 

You need to login to comment.

Facebook Comments