Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (मंसिर ०७ - मंसिर १३)

2017-12-01 / 2.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।

१) वि. स. २०७४ मङ्सिरमा सम्पन्न प्रधान सेनापति पाँचौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? - एपीएफ क्लब
 
२) सन् २०१७ नोभेम्बर अन्तर्राष्ट्रिय सहकारी महासंङ्घ (International Co-operative Alliance-ICA) को सम्मेलन कहाँ सम्पन्न भयो ? - क्वालालम्पुर (मलेसिया)
 
३) इन्टरनेट सेवा प्रदायक एवम् सुचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीएनओजी) को तीनदिने सम्मेलन कहाँ आयोजना गरिएको छ ? - चितवन (वि.सं. २०७४ मङ्सिर २३-२५)
 
४) नेपाल चलचित्र कलाकार संङ्घ रार्ष्ट्रिय पुरस्कार-२०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
 
 ५) २९औँ  अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कहाँ सम्पन्न भयो ? - जनकपुरधाम (वि.सं. २०७४ मङ्सिर)
 
६) सन् २०१७ नोभेम्बर २७ मा अमेरिकाको लसभेगासमा सम्पन्न ६६औँ मिस युनिभर्स प्रतियोगिताको उपाधि जित्ने सुन्दरी को हुन् ? -  दक्षिण अफ्रिकाकी सुन्दरी डेमी लेच नेल पिटर्स
 
७) वि.सं. २०७४ मङ्सिर ८ को मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविधुत् आयोजना निर्माण सम्बन्धमा के निर्णय गरेको छ ? - स्वदेशी पुँजी र प्रविधिको प्रयोग गरी निर्माण गर्ने
 
८) गायक तथा सङ्गीतकार खुसीराम पाख्रिनको निधन कहिले भएको हो ? - वि. सं. २०७४ मङ्सिर ५
 
९) यस बर्स (२०७४) को भैरव अर्याल स्मृति पुरस्कार कसलाई प्रदान गरियो ? - धुर्मुस-सुन्तली फाउन्डेसन
 
१०) वि. सं. २०७४ मा मनाइएको तेश्रो चुरे संरक्षण दिवसको नारा के रहेको छ ? - चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई
 
११) सन् २०१७ नोभेम्बरमा मलेसियामा मम्पन्न यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता राष्ट्र कुन हो ? - अफगानिस्तान (उपविजेता : पाकिस्तान)
 
१२) नेपाल दूरसञ्नचार प्राधिकरणका अनुसार वि. सं. २०७४ भदौ महिनासम्म नेपालमा इन्टरनेट प्रयोग गर्ने जनसङ्ख्या कति रहेको  छ ? - १ करोड ६३ लाख १६ हजार (६१.५८ प्रतिशत)
 
श्रोत : गोरखापत्र
 

You need to login to comment.

Facebook Comments