Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (कार्तिक ३० - मंसिर ०६ )

2017-11-26 / 1.9K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।

१) ७ सय ५० मेगावाटको पश्चिम सेती जलविधुत् आयोजना निर्माणका लागि नेपाल विधुत् प्राधिकरण र चाइना थ्री गर्जेज कर्पोरेसनबीच सयुक्त लगानी गर्ने संम्झौता कहिले भएको हो ? - वि. स. २०७४ कार्तिक ३०
 
२) मिस टुरिजम-२०१७ को उपाधि जित्ने युवती को हुन् ? - पोखराकी आरती थापा
 
३) नेपाल राष्ट्र बैंङ्कले ब्याजदर करिडोर कहिलेदेखि लागू हुनेगरी कार्यान्वयनमा ल्याएको हो ? - वि. स. २०७४ कार्तिक २९
 
४) सन् २०१७ नोभेम्बरमा कुन देशको सेनाले त्यहाँका राष्ट्रपतिलाई नजरबन्द बनाएको हो ? - जिम्बाब्वे
 
५) इरान र इराकको सीमावर्ती क्षेत्रमा ४ सय ५० भन्दा बढी मानिसको ज्यान जानेगरी विनाशकारी भूकम्प कहिले गयो ? - सन् २०१७ नोभेम्बर १२ 
 
६) नेपाल प्रहरी र उसका आश्रित परिवारलाई मात्र उपचार सेवा दिंदै आएको नेपाल प्रहरी अस्पतालले कहिलेदेखि सर्वसाधारणलाई पनि सेवा दिन सुरु गरेको हो ? - वि. स. २०७४ कार्तिक २६
 
७) दक्षिण एसियाली राष्ट्रको दिगो विकासको लक्ष्य प्राप्त गर्न एकीकृत आर्थिक रणनीति बनाउने उद्धेश्यका साथ १०औं शिखर सम्मेलन कहिले र कँहा  सम्पन्न भयो ? - वि. स. २०७४ कार्तिक २८-३० (सन् २०१७ नोभेम्बर १४-१६), काठमाडौँ 
 
८) सन् २०१७ नोभेम्बर १० मा युनेस्को प्रमुखमा चयन हुने महिला को हुन् ? - आउड्रे एजोलाय (पूर्व संस्कृति मन्त्री, फ्रान्स) 
 
९) मिस वल्ड-२०१७ को उपाधि चुम्ने युवती को हुन् ? - भारतीय सुन्दरी मानुषी छिल्लर
 
१०) नेपालको पहिलो बैङ्क ‘नेपाल बैङ्क लिमिटेड’ को स्थापना कहिले भएको हो ? - वि. स. १९९४ कार्तिक ३० (२०७४ कार्तिक ३० मा बैङ्क ८० वर्ष पूरा गरी ८१ वर्षमा प्रवेश गरेको)
 
११) आ. व. २०७३/२०७४ मा नेपालमा कफी खेती लगाइएको जमिन कति रहेको छ ? - २६४६ हेक्टर 
 
श्रोत : गोरखापत्र
 
 

You need to login to comment.

Facebook Comments