Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (कार्तिक २३ - कार्तिक २९)

2017-11-17 / 4.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।

१) महिला र बालबालिकाको कुपोषण हटाउन प्रभावकारी कदम चालेबापत नेपाल कुन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ? - सयुक्त राष्ट्रसङ्घको ‘युएन सन् ग्लोबल च्याम्पियन अवार्ड - २०१७
 
२) राष्ट्रपति विद्धादेबी भण्ड़ारी सयुक्त अरब इमिरेट्स को चारदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ कहिले प्रस्थान गर्नुभयो ? - वि. स. २०७४ कार्तिक २७
 
३) राष्ट्रिय चिकित्सा शिक्षा अध्यदेश कहिले जारी भएको हो ? - वि. स. २०७४ कार्तिक २४
 
४) नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टी नेपाल प्रजा परिषद् र नेकपा एमालेबीच पार्टी एकीकरणको घोषणा कहिले भएको हो ? - वि. स. २०७४ कार्तिक २३
 
५) कफी बनाउने दक्ष प्राविधिक उत्पादन गर्ने उद्धेश्यले लैनचौरस्थित सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टमा युनिभर्सिटी अफ कफीको शाखा कहिले खोलिएको हो ? - वि. स. २०७४ कार्तिक २०
 
६) सिँगापुरको पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित हुने नेत्री को हुन् ? - हाजिमा याकोव ( सन् २०१७ सेप्टेम्बर ) 
 
७) सरकारले विधालय क्षेत्र सुधार कार्यक्रम (२०१६-२०२३) का लागि कति रकम विनियोजन गरेको छ ? - रु ११ खर्ब १० अर्ब ९० करोड
 
८) पुर्व प्रधानमन्त्री कीर्तिनिधि, विष्टको निधन कहिले भएको हो ? - वि. स. २०७४ कार्तिक २५
 
९) नेपालसँग दौत्य सम्बन्ध कायम भएको १५३औँ राष्ट्र कुन हो ? - बहामास (७ नोभेम्बर २०१७)
 
१०) चौथो एसीसी यु-१९ कप क्रिकेट प्रतियोगिता २०१७ को आयोजक राष्ट्र कुन हो ? - मलेसिया
 
११) भारतको नयाँदिल्लीमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावितबनेपछि दिल्ली सरकारले जनस्वास्थ्य सङ्कटकालको घोषणा कहिले गरेको हो ? - सन् २०१७ नोभेम्बर ८
 
१२) २०७४ मा मनाइएको पाँचौं विज्ञान दिवसको नारा के हो ? - दिगो विकासको आधार : विज्ञान, प्रविधि र आविष्कार
 
श्रोत : गोरखापत्र
 
 
 

You need to login to comment.

Facebook Comments