Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (कार्तिक २ - कार्तिक ८)

2017-10-25 / 7K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।
 
१)  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आठौँ विश्व सम्मेलनले अध्यक्ष पदमा कसलाई निर्वाचित गर्यो ? - भवन भट्ट 
 
२) अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस कहिले मनाइन्छ ? - अक्टोवर १७
 
३) फिफाद्वारा सन् २०१७ अक्टोवर १६ मा सार्वजनिक नयाँ वरीयता अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ? - १७६ औँ 
 
४) व्यवस्थित पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने उधेश्यका साथ ठमेललाई कहिलेदेखि सवारीसाधन मुक्त क्षेत्र (भेहिकल फ्री जोन) बनाइएको हो ? - वि. स. २०७४ कार्तिक ५ 
 
५) २०७४ मङ्सिर १० मा तय गरिएको पहिलो चरणको निर्वाचनमा कति जिल्ला समावेश छन् ? - ३२
 
६) ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा सहित्य पुरस्कार-२०७४ कसलाई प्रदान गरियू ? - सहित्यकार अभि सुवेदी
 
७) नेपाली काँग्रेस र लोकतान्त्रिक फोरम नेपाल बीच पार्टी एकता कहिले बएको हो ? -  वि. स. २०७४ असोज ३०
 
८) नेपालको कुन जनजातिलाई ‘फस्ट सिटिजनसिप’ को दर्जा प्रदान गरेको हो ? - धिमाल
 
९) २०७४ कार्तिक ६ को मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा कसलाई नियुक्त गर्ने निर्णय गर्यो ? - लोकदर्शन रेग्मी
 
१०) वि. स. २०७४ कार्तिक ६ मा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कसलाई नियुक्त गर्ने निर्णय गर्यो ? - युवराज भुसाल
 
११) अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले सन् २०१७ को उत्कृष्ट पुरुस खेलाडी कसलाई घोषणा गर्यो ? - क्रिस्टियानो रोनाल्डो
 
१२) सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश कहिले पास गरेको हो ? - वि. स. २०७४ कार्तिक ६
 
१३) आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने उद्धेश्यसहित सरकारले नयाँ वाणिज्य नीति कहिले सर्वजनिक गर्यो ? - वि. स. २०७४ भदौ १६ 
 
श्रोत : गोरखापत्र
 

You need to login to comment.

Facebook Comments