Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (आश्विन २६ - कार्तिक १)

2017-10-24 / 1.8K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।

१) हिमाली क्षेत्र जुम्लामा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रीय सम्मेलन कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २९-३० 
 
२) वि. स. २०७० मङ्सिर ४ गते निर्वाचन भई माघ ७ गते पहिलो बैठक गरेको ऐतिहासिक संविधान सभा ( दोश्रो ) को रूपान्तरित व्यवस्थापिका - संसद्को कार्यकाल कहिले सकिएको हो ? - वि. स. २०७४ असोज २८
 
३) म्यान्मारमा भड्किएको हिन्सामा चरम दमन भएपश्चात् रोहिङ्ग्या विद्रोहीद्वारा एकतर्फी युद्धविरामको घोषणा कहिले भएको हो ? - सन् २०१७ सेप्टेम्बर ९
 
४) गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) को आठौ महाधिवेशन कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २८ - ३१
 
५) गैरआवासीय नेपाली सङ्घको कतिऔँ सम्मेलनले ‘भिजन २०२० एन्ड विग्रेन्ड’ पारित गरेको हो ? - आठौँ
 
६)  गैरआवासीय नेपालीको लगानीमा ७५० शैययाको नेपाल मेडिसिटी अस्पतालको औपचारिक रुपमा उद्धघाटन कहिले भएको हो ? - वि. स. २०७४ असोज २५
 
७) स्थानीय सरकार सञ्चालक विधेयक, २०७४ राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ? - वि. स. २०७४ असोज २९
 
८) प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधान मन्त्रीसहित आठ मन्त्री तथा राज्यमन्त्री थप गरी छैटौँपल्ट मन्त्रिपरिषद्धको विस्तार कहिले गरेका हुन् ? -  वि. स. २०७४ असोज २७
 
९) सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा तालिम सम्मेलन, २०७४ कहिले सम्पन्न भयो ? -  वि. स. २०७४ असोज
 
१०) प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पहलवानी प्रतियोगिता कहिले र काँह सम्पन्न भयो ? - सन् २०१७ अक्टोबर १३ - १४ 
 
११) राजर्षि जनक विश्वविधालय सम्बन्धी विधेयक व्यवस्थापिका - संसद्बाट कहिले पारित भएको हो ? - वि. स. २०७४ असोज  २६
 
श्रोत : गोरखापत्र
 

You need to login to comment.

Facebook Comments