Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (आश्विन १८ - आश्विन २५)

2017-10-12 / 5.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।
 
१) सन् २०१७ का लागि चिकित्सा शास्त्र तर्फको नोवेल पुरस्कार कसलाई प्रदान गरियो ? - तीन अमेरिकी वैज्ञानिक जेफरी सी. हाल, माइकल रोजव्यास र माइकल डब्लू यङ
 
२) सन् २०१७ मा भौतिक शास्त्र विधा तर्फको नोबेल पुरस्कारबाट सम्मानित हुने वैज्ञानिक को-को हुन् ? - तीन अमेरिकी वैज्ञानिक रेनर वेइस, बारी सी. बारिस र किप एस. थोर्न 
 
३) सन् २०१७ मा रसायन शास्त्र विधा तर्फको नोबेल पुरस्कार कसले प्राप्त गरे ? - जाकेस डुवोसेट ( स्विजरल्यान्ड ), जोएचिम फ्र्याङ्क ( जर्मनी ) र रिचार्ड हेन्डरसन ( बेलायात )
 
४) सन् २०१७ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ? - आइक्यान
 
५) सन् २०१७ को साहित्य तर्फको नोबेल पुरस्कार विजेता स्ष्टा को हुन् ? - बेलायती लेखक काजुओ इसिगुरो
 
६) सन् २०१७ को अर्थशास्त्र विधा तर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ? - अमेरिकी आर्थशास्त्री रिचार्ड थालर
 
७) इन्च्यान्टर मिस टिन नेपाल-२०१७ को उपाधि जित्ने युवती को हुन् ? - सञ्जु मोक्तान
 
८) नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह ( ईपीजी ) को पाँचौँ बैठक कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २१-२२, काठमाडौँ
 
९) सङ्घीय प्रसासनिक पुन: संरचनाको पहिलो खुड्किलोका रुपमा रहेको कर्मचारी समायोजन विधेयक, २०७४ संसद्बाटा कहिले पारित भएको हो ? - वि. स. २०७४ असोज २०
 
१०) वि. स. २०७४ मा प्रदान गरिएको पदमश्री साधना सम्मानबाट सम्मानित हुने व्यक्तित्व को-को हुन् ? - नगेन्द्रराज शर्मा र रोचक घिमिरे
 
११) प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ अनुसार  समानुपातिक उम्मेदबारको बन्द सुची पेस गर्दा कम्तीमा कति प्रतिशत दलितको प्रतिनिधित्वको व्यवस्था गरिएको ? - १३.८ प्रतिशत
१२) २०७४ असोज २३ को मन्त्रिपरिषद् बैठकले रास्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई निउक्त गर्यो ? - प्रा डा. चन्द्रमणि पौडेल
 
१३) नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या कहिले भएको हो ? - वि. स. २०७४ असोज २३
 
१४) अमेरिकाको लसभेगस सहरस्थित एक कन्सर्टमा दर्जनौंको ज्यान जानेगरी अन्धाधुन्ध गोली प्रहार कहिले भएको हो ? - सन् २०१७ अक्टोवर १
 
श्रोत : गोरखापत्र
 

You need to login to comment.

Facebook Comments