Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (भाद्र २८ - आश्विन ०३)

2017-09-21 / 6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।

१. राष्ट्रिय बाल दिबस, २०७४ को मूल नारा क हो ?  - बालमैत्री शासन : बालअधिकारको सम्मान 

२. अन्तराष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर ८ 

३. नेपालमा संविधान दिवस कहिले मनाइन्छ ?  - असोज ३ 

४. तीन पटकसम्म तलाक भनेपछि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद हुने परिपाटी तालाक' असंवैधानिक भएको घोषणा भारतको सर्वोच्च अदालतले कहिले गरेको हो ?  - सन् २०१७ अगस्त २२

५. विधुत् नियमन आयोग ऐन, २०७४ राजपत्रमा कहिले प्रकाशित भएको हो ? - वि.स. २०७४ भदौ १९ 

६. सर्वोच्च अदालत नियमावली, २०७४ कहिले जारी भएको हो ?  - वि. स.२०७४ भदौ १२ 

७. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्यनका लागि पढाईएको अन्तरिक्ष यान कुन हो ?  - क्यासिनी 

८. छैटौ नेपाल - अफ्रिका फिल्म फेस्टिबल - २०१७ राजधानी काठमाडौँमा कहिले सम्पन्न भयो ?  - वि. स. २०७४ असोज २-४ 

९. नेपाल सरकारले इन्डोनेसियामा अवैइतनिक महाबाणिज्य दुतावासको स्थापना कहिले गर्यो ? - सन् २०१७ सेप्टेम्बर १३ 

१०. प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औं महासभामा भाग लिने सन्दर्भमा अमेरिका प्रस्थान कहिले गर्यो ? -  वि.स २०७४ असोज ३ 

११. विश्व बैङ्कले सन् २०१७ सेप्टेम्बर १७ मा सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट - २०१७ अनुसार आ. व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धी कति हुने आनुमान छ ? -  ४.५ प्रतिशत 

१२. सन् २०१७ सेप्टेम्बरमा मलेसियामा सम्पन्न एसीसी यु - १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल 

१३. २०७४ मा प्रदान गरिएको नवो कृति अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? -  नेपाल विज्ञापन सङ्घका पूर्व अध्यक्ष माधवराज तिमिल्सिना तथा विज्ञापन क्षेत्रका आग्रणी वक्तित्व नवीनलाल जोशी 

१४. पाटा ट्राभल मार्ट - २०१७ कहिले र कहाँ सम्पन्न भयो ? - सन् २०१७ सेप्टेम्बर १३-१५, मकाउ 

१५. नेपाल भाषाका महाकवि भनी कसलाई चिनिन्छ ? -  सिद्धीदास अमात्य 

१६. उत्तर कोरियाले जापानको आकाशमाथि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ?  - सन् २०१७ सेप्टेम्बर १५ 

श्रोत : गोरखापत्र 


You need to login to comment.

Facebook Comments