Welcome, Guest

नेपालको ऐतिहासिक घटनाक्रम १९५८ सालदेखि २०७४ सम्म

2017-06-15 / 9.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१९५८ वैशाख २४ : तत्कालीन राणा प्रधानमन्त्री श्री ३ देवशमशेरको आदेशअनुसार गोरखापत्रको प्रकाशन सरु ।
 
१९६४ भदौ ४ :  नेपालका प्रथम वैज्ञानिक गहेन्द्रशमशेर को विष खुवाएर हत्या ।
 
१९६८ : श्री ५ पृथ्वी वीरविक्रम शाहको निधन, युवराज त्रिभुवनको राज्यारोहण ।
 
१९६८ : नेपालमा जनगणना गर्न सुरु, प्रथम जनगणना अनुसार नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार ७४९ थियो ।
 
१९७१ : प्रथम विश्वयुद्धमा राणा प्रधानमन्त्री चन्द्रशमशेर ले अङ्ग्रेजलाई सैन्य सहयोगका साथै १० लाख पाउण्ड बराबरको आर्थिक सहयोग प्रदान ।
 
१९७५ : राजधानीमा त्रिचन्द्र कलेजको स्थापना, राणा प्रधानमन्त्री चन्द्रशमशेरद्वारा कलेज उद्घाटन  ।
 
१९७७ साउन ११ : ‘मकैको खेती’ नामक पुस्तक लेखी राणा शासनको विरोध गरेवापत सुब्बा कृष्णलाल अधिकारीलाई पक्राउ गरी नौ वर्ष जेल सजाय  ।
 
१९८० : नेपाल र अङ्ग्रेजबीच सन्धि, अङ्ग्रेज सरकारद्वारा नेपालको सार्वभौमिकता र स्वतन्त्र अस्तित्वलाई मान्यता ।
 
१९८२  वैशाख १ : राणा प्रधानमन्त्री चन्द्रशमशेरद्वारा नेपालबाट दासप्रथा अन्त्य भएको घोषणा ।
 
१९८४ वैशाख १३ : गोरखापत्रमा पहिलो पटक तस्बिर छाप्न सुरु ।
 
१९८७ : महाकवि लक्ष्मीप्रसाद देवकोटा, तुलसीमेहर लगायत दर्जनौ युवाद्वारा काठमाडौँमा पुस्ताकालय खोल्न राणा प्रधानमन्त्री भीमशमशेरसमक्ष निवेदन, सरकारको विरोध गर्न पुस्तकालय खोल्न लागेको भन्दै पक्राउ गरी एक-एक सय रुपैयाँ जरिवाना ।
 
१९८८ : खड़़गमानसिंह बस्नेतलगायतका व्यक्तिले प्रचण्ड गोरखा नामको संस्था स्थापना गरी राणाहरूलाई एकै ठाउँमा भेला भएका बम प्रहार गरी समाप्त पर्ने योजना पर्दाफास, यसमा संलग्न सबैलाई पक्राउ गरी सर्वस्वसहित आजीवन जेल सजाय ।
 
१९९० : राणा प्रधानमन्त्री वीरशमशेर ५० लाख रुपियाँ खर्च गरी बनाएको सेतो दरबारलाई आगलागी ।
 
१९९० माघ २ : नेपालमा गएको ८ दशमलब ४ रेक्टरस्केलको महाभूकम्प, १६ हजार ८७५ जनाको मृत्यु, तीन हजारभन्दा बढी घाइते, साढे तीन लाख घर क्षतिग्रस्त ।
 
१९९० : नेपालमा सर्बप्रथम एसएलसी परीक्षा बोर्डको स्थापना गरी देशभित्रै बाट  एसएलसी 
परीक्षा लिने व्यवस्था ।
 
१९९३ जेठ २० : राणा शासनको अन्त्य गर्न टङ्कप्रसाद आचार्यको नेतृत्वमा प्रजा परिषद् नामको राजनीतिक दल गठन ।
 
१९९६ : राणा प्रधानमन्त्री जुद्धशमशेरद्वारा दोस्रो विश्वयुद्धमा बेलायत सरकारको अनुरोधमा नेपालका तर्फ़बाट सैनिक, आर्थिक र अन्य सहयोग उपलब्ध ।
 
१९९७ कार्तिक २ : राणा शासनविरूद्ध जनमत सिर्जना गरेको भन्दै राणा प्रधानमन्त्री जुद्धशमशेरद्वारा महावीर स्कुलका सञ्नचालक लगायत २८ जना शिक्षक पक्राउ गरी कारबाही ।
 
१९९७ साल माघ : राणा साशानको विरोध गरेको अभियोगमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड ।
 
२००२ अशोज १ : राणा प्रधानमन्त्री  जुद्धशमशेरद्वारा नेपालमा कागजी नोटको प्रचलन सुरू ।
 
२००३ माघ १२-१३ : भारतको कलकत्तामा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना, काठमाडौँको जेलमा रहनुभएका टंङ्कप्रसाद आचार्यलाई सभापति चयन ।
 
२००३ फाल्गुन २१ : बीपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलमा मजदुर हडताल सुरु ।
 
२००४ वैशाख १ : राणा शासनको विरूद्ध नेपाली  राष्ट्रिय काँग्रेसको आह्वानमा देशव्यापी सत्याग्रह प्रारम्भ ।
 
२००४ जेठ ३ : राणा शासनविरुद्ध असन्तोष  बढ़दै गएपछि राणा प्रधानमन्त्री पदमशमशेरद्वारा राजनीतिक सुधार गरिने घोषणा ।
 
२००४ जेठ २४ : पुरुषहरुको मात्र बालिग मताधिकारका आधारमा काठमाडौँ नगरपालिकाको पहिलो चुनाव सम्पन्न ।
 
२००४ असार १ : काठमाडौँको संस्कृत छात्रवासका विधार्थीहरुद्वारा जयुत संस्कृतम् आन्दोलन सुरू ।
 
२००४ माघ १३ : राणा प्रधानमन्त्री पदमशमशेरद्वारा नेपालमा पहिलो लिखित संविधान वैधानिक कानुन २००४ जारी ।
 
२००५ साउन १ : प्रधानमन्त्रीको रोलक्रमबाट हटाइएका सी वर्गमा राणाहरू सुवर्णशमशेर, महावीरशमशेर आदिको सक्रियतामा भारतको कलकत्तामा नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना ।
 
२००६ वैशाख : जेलमा नारकीय यातना दिएको विरोधमा बीपी कोइरालाद्वारा २९ दिनसम्म आमरण अनसन, २९ औँ दिनमा जेलमुक्त ।
 
२००६ भदौ ३० : पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना ।
 
२००६ असोज ७ : राणा प्रधानमन्त्री मोहनशमशेरद्वारा आन्दोलन रोक्न र आफू सुधारवादी भएको देखाउन संसद्को सयुक्त बैठक उद्घाटन ।
 
२००६ चैत २७ : नेपाली  राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच एकीकारण भई नेपाली काँग्रेसको स्थापना ।
२००७ साउन : विवादास्पद नेपाल र भारतबीच मैत्री सन्धि सम्पन्न, सन्धिमा नेपालका तर्फबाट राणा प्रधानमन्त्री मोहनशमशेरद्वारा हस्ताक्षर ।
 
२००७ कार्तिक २१ : श्री ५ त्रिभुवनद्वारा राजदरबार त्याग गरी भारतीय दूतावासमा सरण ।
 
२००७ कार्तिक २२ : राणा प्रधानमन्त्री मोहनशमशेरद्वारा भारदारी सभा बोलाई माइला अधिराजकुमार श्री ५ ज्ञानेन्द्रलाई राजगद्धीमा राख्ने निर्णय ।
 
२००७ कार्तिक २६ : श्री ५ त्रिभुवन सपरिवारसहित भारतको राजधानी नँयादिल्ली प्रस्थान   । सोही दिनदेखि नेपाली काँग्रेसद्वारा देशव्यापी रूपमा राणा शासनविरूद्ध सशस्त्र स्थापना ।
 
२००७ मङ्सिर २८ : तारिणीप्रसाद कोइरालाको अग्रसरतामा विराटनगरमा नेपाल प्रजातन्त्र रेडियो स्टेशन स्थापना ।
 
२००७  माघ २९ : भारत सरकारको मध्यस्थतामा नँयादिल्लीमा राणा पक्ष, नेपाली काँग्रेस पक्ष र श्री ५ त्रिभुवनबीच त्रिपक्षीय सम्झौता ।
 
२००७ फागुन ७ : त्रिपक्षी सम्झौता अनुसार श्री ५ त्रिभुवन शाही घोषणाबाट राणा शासनको अन्त्य भइ नेपालमा प्रजातन्त्र स्थापना, अन्तरिम शासन विधानको घोषणा ।
 
२००७ चैत २० : सिंहदरबारमा रेडियो नेपालको स्थापना, समाचार प्रसारण सुरू ।
 
२००८ मङ्सिर १ : नेपाली काँङ्ग्रेसका सभापति मातृकाप्रसाद कोइरालाको नेतृत्वमा काँङ्ग्रेसको एकमना सरकार गठन ।
 
२००८ माघ ८-१० : डा. केआई सिंहको नेतृत्वमा असन्तुष्ट रक्षा दलका जवानहरूद्वारा सिंहदरबार मुक्त गरेपछि सिंह भागेर तिब्बततर्फ़ ।
 
२००८ माघ १० : डा. केआई सिंहको विद्रोहलाई समर्थन गरेको भन्दै सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध ।
 
२००८ माघ २१ : नेपालमा पहिलो पटक बजेट प्रणालीको प्रतिबन्ध ।
 
२०१० जेठ १६ : नेपालका तेञ्जिङ् नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीद्वारा सर्वप्रथम विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण ।
 
२०१२ वैशाख १२ : नेपाल र भारतबीच कोशी सम्झौतामा हस्ताक्षर ।
 
२०१२  मङ्सिर २९ : नेपाललाई संयुक्त राष्ट्रसङ्घद्वारा सदस्यता प्रदान ।
 
२०१३ : नेपालमा योजनाबद्ध आर्थिक विकासको थालनी ।
 
२०१५ फागुन ७ : नेपालमा पहिलो संसदीय आमनिर्वाचन सुरू भई २०१६ वैशाख २१ गते सम्पन्न, नेपाली काँङ्ग्रेसलाई दुइतिहाई बहुमत ।
 
२०१६ जेठ १३ : बीपी कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित नेपाली काँङ्ग्रेसको एकमना सरकार गठन ।
 
२०१६ असार १६ : नेपाल अधिराज्यको संविधान २०१५ लागू ।
 
 २०१६ असार ३० : नेपालमा पहिलो विश्वविधालयका रुपमा त्रिभुवन विश्वविधालय स्थापना ।
 
२०१६ मङ्सिर १८ : नेपाल र भारतबीच गण्डक सम्झौतामा हस्ताक्षर ।
 
२०१६ पुस १९ : सरकारद्वारा देशभरका सबै किसिमका विर्ता उन्मूलन गरिएको घोसणा ।
 
२०१७ पुस १ : राजा महेन्द्रद्वारा जननिर्वाचित सरकार र संसद् विघटन, प्रधानमन्त्री बीपी कोइरालालगायतका नेता पक्राउ ।
 
२०१७ पुस २२ : राजा महेन्द्रद्वारा दलहरुमाथि प्रतिबन्ध लगाई दलविहिन पञ्चायती व्यवस्था लागू ।
 
२०१७ माघ ८ : जनकपुरमा राजा महेन्द्र सवार मोटरमा हातेबम प्रहार, दुर्गानन्द झालगायत नौजना पक्राउ ।
 
२०१८ वैशाख १ : राजा  महेन्द्रद्वारा पूर्व-पश्चिम महेन्द्र राजमार्गको शिलान्यास, नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन ।
 
२०१९ पुस १ : राजा  महेन्द्रद्वारा नेपालको संविधान २०१९ को घोषणा ।
 
२०२० भदौ १ : नयाँ मुलुकी ऐन २०२० लागू ।
 
२०२१ वैशाख २ : सरकारी कामकाजमा नेपाली भाषाको प्रयोग गर्ने सरकारको निर्णय ।
 
२०२१ पुस १ : नेपालमा भूमिसुधार ऐन लागू भएको घोषणा ।
 
२०२२ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियनको जन्म ।
 
२०२४ : गाउँफर्क राष्ट्रिय अभियानको सुरूवात् ।
 
२०२५ कार्तिक १४ : शाही कदमसँगै सुन्दरीजलमा कैद गरिनुभएका बीपी कोइराला जेलमुक्त ।
 
२०२७ : नेपाल विधार्थी सङ्घको जन्म ।
 
२०२८ : नेपालमा नयाँ शिक्षा योजना लागू ।
 
२०२८ माघ १७ : राजा महेन्द्रको निधन, श्री ५ वीरेन्द्रको राज्यारोहण ।
 
२०२८ जेठ २ : वर्ग शत्रु खतम आन्दोलनका नाममा नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला कमिटीको निर्णय आनुसार झापामा सशस्त्र विद्रोह सुरु ।
 
२०३० जेठ २८ : नेपाली काँग्रेस कार्यकर्ता दुर्गा सुबेदी वसन्त भट्टराई  लगायतले विराटनगर-काठमाडौँ उडानमा रहेको शानेवानिको विमान अपहरण ।
 
२०३० असार २५ : प्रधानमन्त्री किर्तिनिधि विष्टको पालामा सिंहदरबारमा भीषण आगलागीबाट व्यापक क्ष्ती ।
 
२०३१ पुस १ : सोलुखुम्बुको टिमुरबोटे जङ्गलमा यज्ञबहादुर थापा नेतृत्वको मुक्तिसेना र सैनिकबीच भीडन्त, दुई दर्जनभन्दा बढी मुक्तिसेना जवानको मृत्यु । 
 
२०३१ फागुन ११-१२ : राजा वीरेन्द्रको राज्याभिषेक, नेपाललाई शान्तिक्षेत्र घोषणा गर्न प्रस्ताब ।
 
२०३३ पुस १६ : भारत निर्वासनमा रहनुभएका नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका काँग्रेस नेताहरु  राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्कदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ ।
 
२०३४  वैशाख १ : नेपाल विफरमुक्त भएको घोषणा ।
 
२०३५ साउन ७ : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको निधन ।
 
२०३६ वैशाख १ : पञ्चायती व्यवस्थाको विरोधमा विभिन्न विधार्थी सङ्गठनद्वारा देशव्यापी आन्दोलन सुरू ।
 
२०३६ जेठ १० : राजा वीरेन्द्रद्वारा पञ्चायती व्यवस्था वा बहुदलीय व्यवस्था कुन लागू गर्ने भनी जनमत सङ्ग्रह गराउने घोषणा ।
 
२०३७ वैशाख २० : नेपालभरि जनमत संग्रहका लागि मतदान, पञ्चायती व्यवस्था कायम गर्ने पक्षमा जनमतको परिणाम ।
 
२०३९ साउन ६ : नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको निधन ।
 
२०४२ जेठ १० : पञ्चायती व्यवस्थाको विरोधमा नेपाली काँग्रेसद्वारा देशव्पीरुपमा सत्याग्रह सुरू ।
 
२०४२ असार ६ : जनवादी मोर्चाको नेता रामराजाप्रसाद सिंहको आदेशमा नारायणहिटी राजदरबार आसपासलगायत राजधानीका विभिन्न ठाउँमा बम विस्फोट ।
 
२०४३ : दाङ्को बेलझुण्डीमा महेन्द्र संस्कृत विश्वविधालय स्थापना ।
 
२०४४ फागुन २९ : दशरथ रङ्गशालामा फुटबल खेल भइरहेका बेला आचानक आंधीबेरी, भागदौडमा ७० भन्दा बढीको मृत्यु ।
 
२०४५ : नेपाल र भारतबीचको व्यापार तथा पारवहन सन्धिको विवादलाई लिएर भारतद्वारा १५ महिना नाकाबन्दी ।
 
२०४५ भदौ ५ : उदयपुर केन्द्रविन्दु भएको ६.६ रेक्टर स्केलको भुकम्प, ७२१ जनाको मृत्यु, ६५ हजार घर क्षतिग्रस्त ।
 
२०४६ फागुन ७ : पञ्चायती व्यवस्थाको विरोधमा नेपाली काँग्रेस र संयुक्त बाममोर्चाको आहवानमा देशव्यापी जनआन्दोलन सुरू ।
 
२०४६ चैत्र २६ : जनआन्दोलन सफल, पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था स्थापना ।
 
२०४७ वैशाख ६ : नेपाली काँग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन ।
 
२०४७ कार्तिक २३ : नेपाल अधिराज्यको संविधान २०४७ जारी ।
 
२०४७ पुस २२ : नेकपा माले नेकपा माक्सर्वादीबीच एकीकअण भई नेकपा ऐमाले गठन ।
 
२०४८ वैशाख २९ : नेपालमा संसदीय आमनिर्वाचन सम्पन्न, नेपाली काँग्रेसलाई बहुमत ।
 
२०४८ जेठ १२ : नेपाली काँग्रेस संसदीय दलका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त ।
 
२०५० वैशाख १० : नेपाली महिला पासाङ् ल्हामु शेर्पाद्वारा पहिलो पटक सगरमाथाको सफल आरोहण, फर्कने क्रममा हिउँले पुरिएर निधन ।
 
२०५० जेठ ३ : नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा निधन 
२०५१ असार २६ : नेपाली काँग्रेसका ३६ जना संसद अनुपस्थित भई सरकारको नीति तथा कार्यक्रम पारित नभएपछि काँग्रेसको एकमान सरकार विघटन, मध्यावधि चुनावको घोषणा ।
 
२०५१ कार्तिक २९ : मध्यावधि चुनाव सम्पन्न, दलहरू बहुमत जुटाउन विफल, ठुलो दलको हैसियतले २०५१ मङ्सिर १३ गते नेकपा ऐमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन ।
 
२०५२ भदौ २५ : नेकपा ऐमालेको अल्पमतको सरकारविरुद्ध नेपाली काँग्रेसले ल्याएको अविश्वासको प्रस्ताब पारित भएपछि एमाले सरकार विघटन ।
 
२०५२ भदौ २७ : नेपाली काँग्रेस संसदिय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त ।
 
२०५२ फागुन १ : नेकपा माओवादीद्वारा जनयुद्धका नाममा सशस्त्र विद्रोह सुरू ।
 
२०५३ असोज ४ : नेपाल र भारतबीच भऐको बहुचर्चित महाकाली सन्धि संसदद्वारा अनुमोदन ।
 
२०५३ फागुन २९ : राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री नियुक्त ।
 
२०५४ असोज २ : २०४६ सालको जनआन्दोलनका कमाण्डर नेपाली काँग्रेसका नेता गणेशमान सिंहको निधन ।
 
 २०५४ असोज २१ : राप्रपाका नेता सूर्यबहादुर थापा प्रधानमन्त्री नियुक्त ।
 
२०५४ चैत ३० : नेकपा एमालेको संसदिया दल विभाजित, वामदेव गौतमद्वारा नेकपा माले गठन ।
 
२०५५ वैशाख २ : नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त ।
 
२०५५ वैशाख १३ : नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको निधन ।
 
२०५६  वैशाख २० र जेठ ३ : दुई चरणमा गरी सम्पन्न संसद्को निर्वाचनमा नेपाली ।काँग्रेसलाई बहुमत, जेठ १३ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त । 
 
२०५६ पुस ९ : काठमाडौँबाट नयाँदिल्लीका लागि उडेको इन्डियन एअरलाइन्सको विमान अपहरण गरी अफगानिस्तान पुर्याइयो ।
 
२०५६ चैत ७ : कृष्णप्रसाद भट्टराईलाई हटाई नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त ।
 
२०५८ जेठ १९ : राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश विनाश ।
 
२०५८ जेठ २२ : राजा वीरेन्द्रको वंश विनाश भएपछि अधिराजकुमार ज्ञानेंद्र नयाँ राजा घोषणा ।
 
२०५८ साउन ११ : नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त ।
 
२०५९ असोज ६ : नेपाली काँग्रेस विभाजित, शेरबहादुर देउवाद्वारा नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन ।
 
२०५९ असोज २५ : राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द्र प्रधानमन्त्री नियुक्त ।
 
२०६० जेठ २२ : राष्ट्रिय जनशक्ति पार्टीका नेता सूर्यबहादुर थापा प्रधानमन्त्री नियुक्त ।
 
२०६० भदौ १५ : इराकमा १२ जना नेपालीको हत्या ।
 
२०६१ जेठ २१ : नेपाली काँग्रेस प्रजातान्त्रिकका नेता शेरबहादुर देउवा नियुक्त ।
 
२०६१ माघ १९ : राजा ज्ञानेन्द्रद्वारा दलहरु मुलुक चलाउन असफल भएको भन्दै देउवा नेतृत्वको प्रजातान्त्रिक सरकार अपदस्त गरी शासनभार हातमा लिएको घोषणा ।
 
२०६२ चैत्र २४ : सात राजनीतिक दल र विद्रोही माओवादी मिलेर राजा ज्ञानेन्द्रको कदमविरुध दोश्रो जनाअन्दोलन सुरू ।
 
२०६२ वैशाख ११ : दलहरुको रोडम्याप आनुसार चल्ने भन्दै राजा ज्ञानेन्द्रबाट राष्ट्रका नाममा सम्बोधन गरेपछि १९ दिने आन्दोलन सफल ।
 
२०६३  वैशाख १२ : सात दलको सहमतिमा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त ।
 
२०६३  वैशाख १५ : विघटित प्रतिनिधिसभा पुन:स्थापित, संविधानसभाबाट नयाँ  संविधान बनाउने संकल्प प्रस्ताव पारित ।
 
२०६३ जेठ ४ : राजसंस्थाका आधिकारहरु कटौती गरिएको प्रतिनिधिसभा बाट ऐतिहासिक घोषणा ।
 
२०६३ असार २ : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा सार्वजनिक, सात दल र मावोवादीबीच आठबुँदे सहमति ।
 
२०६३ कार्तिक २२ : मुलुकमा जारी एक दशक लामो माओवादीको सशस्त्र विद्रोहमा १७ हजारभन्दा बढी नेपालीको मृत्यु ।
 
२०६३ मङ्सिर ५ : सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता सम्पन्न ।
 
२०६३ माघ १ : नेपालको अन्तरिम संविधान २०६३ जारी ।
 
२०६४ चैत २८ : संविधानसभाको पहिलो निर्वाचन सफलतापूर्वक सम्पन्न ।
 
२०६५ वैशाख २६ : संविधानसभा निर्वाचनको आन्तिम नतिजा सर्वजनिक, माओवादी ठुलो पार्टी बन्न सफल ।
 
२०६५ जेठ १५ : संविधानसभाको पहिलो बैठकबाट २४० वर्षको राजतन्त्र अन्त्य गणतन्त्र स्थापना भएको घोषणा ।
 
२०६५ साउन १६ : सङ्घीय गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वचित ।
 
२०६५ साउन ३१ : माआवोदी अध्यक्षय पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त ।
 
२०६६ वैशाख २१ : प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरणलाई लिएर  प्रधानमन्त्री प्रचण्डद्वारा राजीनामा ।
 
२०६६ जेठ ११ : २२ दलको समर्थनमा नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री नियुक्त ।
 
२०६६ माघ २८ : माओवादीका आयोग्य लडाकुहरु शिविरबाट बाहिरिए ।
 
२०६६ चैत ७ : नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन ।
 
२०६७ जेठ १४ : संविधानसभाको म्याद एक वर्षका लागि थप ।
 
२०६७  मङ्सिर ३ : माओवादी सभासदहरुद्वारा अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि हातपात गर्दै बजेटको ब्रिफकेश च्यातचुत ।
 
२०६७ माघ ८ : माओवादी लडाकू सरकारद्वारा गठित विशेष समितिको मातहतमा ।
 
२०६७ माघ २० : नेकपा ऐमालेका नेता झलनाथ खनाल प्रधानमन्त्री नियुक्त ।
 
२०६७ फागुन २० : नेपाली काँग्रेसका नेता तथा पुर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन ।
 
२०६८ सुन ११ : माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई व्यवस्थापिका संसदबाट प्रधानमन्त्री निर्वाचित ।
 
२०६९ जेठ १४ : संविधान बनाउन नसकी संविधानसभा विघटन, प्रधानमन्त्री डा. भट्टराईद्वारा  मङ्सिर ७ गते संविधानसभाको नयाँ चुनाव घोषणा, विपक्षी काँग्रेस एमाले लगायत दलहरुको विरोध ।
 
२०६९ चैत १ : राष्ट्रपति डा. रामवरण यादवद्वारा प्रधानन्यायाधीस खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष नियुक्त ।
 
२०६९ असार : एकीकृत नेकपा माओवादी विभाजित, मोहन वैधद्वारा नेकपा क्रान्तिकारी मावोवादी तेस्रो स्थानमा ।
 
२०७० मङ्सिर ४ : दोश्रो संबिधानसभाको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न, मत परिणाम अनुसार काँग्रेस पहिलो, एमाले दोश्रो र एमाओवादी तेस्रो स्थानमा ।
 
२०७० माघ ८ : दोश्रो संबिधानसभाका पहिलो बैठक सुरू, तिनवोट़ा कार्यसूचीमा छलफल गरी बैठक सम्पन्न ।
 
२०७० माघ २६ : व्यवस्थापिका संसद्बाट नेपाली काँग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री निर्वाचित ।
 
२०७२ वैशाख २ : राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर  थापाको ८८ वर्षको उमेरमा निधन ।
 
२०७२ वैशाख १२ : गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दसमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्प, करिव नौ हजार मानिसको मृत्यु, २३ हजार घाइते, आठ लाख घर क्षतिग्रस्त ।
 
२०७२ असोज ३ : दोस्रो संविधानसभाबाट नयाँ संविधान जारी, राष्ट्रपति रामबरण यादवबाट नयाँ संविधान प्रारम्भ भएको घोषणा, संविधानसभाबाट जनताको संविधान बनाउने सात दशकदेखिको सपना पूरा ।
 
२०७२ असोज २४ : नयाँ संविधान अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ३८ औं प्रधानमन्त्री निर्वाचित ।
 
२०७२ असोज २९ : व्यवस्थापिका-संसद्को सभामुखमा पहिलो महिला एमाओवादी नेत्री ओनसरी घर्तीमगर निर्विरोध निर्वाचित ।
 
२०७२ कार्तिक ११ : नेपालमा पहिलो महिला राष्ट्रपति नेकपा एमालेका उपाध्यक्ष विधयादेवी भण्डारी निर्वाचित ।
 
२०७२ असोज-माघ : नयाँ संविधानप्रति असहमत भारतद्वारा नेपालमाथि पाँच महिनासम्म अघोषित नाकाबन्दी, जनजीवन नराम्ररी प्रभावित ।
 
२०७२ माघ २६ : नेपाली कंग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन ।
 
२०७२ फागुन १७ : मन्त्रिपरिषद्को बैठकद्वारा गोरखापत्र प्रकासनको प्रारम्भ वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय ।
 
२०७३ वैशाख १ : सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश बन्न सफल ।
 
 
२०७३ वैशाख १२ : महाविनासकारी भूकम्प गएको एक वर्ष पूरा, क्षतिग्रस्त भौतिक संरचनाहरुको पुन:निर्माण सुरू ।
 
 
२०७३ साउन १९ : नेकपा मावोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यवस्थापिका संसदमा ३६३ मत ल्याई ३९ औँ प्रधानमन्त्री निर्वाचित ।
 
२०७३ कार्तिक ३ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिहँ कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता ।
 
२०७३ पुस २४ : सर्वोच्च अदालतद्वारा अख्तियार प्रमुख लोकमानसिहँ  कार्कीको योग्यता नपुगेको ठहर गर्दै नियुक्ति बदर गरेपछि स्वत: पदमुक्त ।
 
२०७३ चैत २९ : भवानी राणा नेपाल उध्योग वाणिज्य महासङ्घमा पहिलो महिला अध्यक्ष बन्न सफल ।
 
२०७४ वैशाख १ : ध्वनि प्रदूषण नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा सवारी साधनले हर्न बजाउन प्रतिबन्ध ।
 
२०७४ वैशाख ४-८ : राष्ट्रपति विध्यादेवी भण्डारीबाट पहिलो विदेश भ्रमणका रुपमा भारतको राजकीय भ्रमण ।
 
२०७४ वैशाख १७ : प्रधानन्यायाधीश सुशील कार्कीविरुद्ध महाभियोग दर्ता, स्वत: निलम्बित ।
 
श्रोत : गोरखापत्र स्मारिका 

 


You need to login to comment.

Facebook Comments