Welcome, Guest

तिब्र गतिको इन्टरनेट सुविधा भएका १० मुलुक

2015-11-03 / 6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. दक्षिण कोरिया - विश्वमै सबैभन्दा तिब्र गतिको इन्टरनेट सुविधा भएको मुलुकको सूचीमा दक्षिण कोरिया एक नम्बरमा छ । यो मुलुकमा औसत एमबीपिएस २२.२ छ । यो मुलुकले विगत एक वर्षमा इन्टरनेट स्पीड १.६ प्रतिशतले बढाएको छ ।
 
२. हङकङ - तिब्र गतिको इन्टरनेट सुविधा भएको मुलुकमध्ये हङकङ दोस्रो स्थानमा छ । यो मुलुकमा औसत एमबीपिएस १८.६ छ । विगत एक वर्षमा मात्रै हङकङमा इन्टरनेट स्पीड ३७ प्रतिशतले बढ्यो ।
 
३. जापान - तिब्र गतिको इन्टरनेट उपलब्ध भएको मुलुकको तेस्रो स्थानमा जापान छ । यो मुलुकमा औसत एमबीपिएस १५.२ छ । विगत एक वर्षमा यो मुलुकले पनि इन्टरनेट स्पिड १६ प्रतिशतले बढाएको थियो ।
 
४. स्वीडेन - स्वीडेन तिब्रगतिको इन्टरनेट सेवा दिने मुलुकको सुचीमा चौथो स्थानमा छ । यो मुलुकमा उपभोक्ताले औसतमा १४.६ एमपिएसको इन्टरनेट सुविधा पाउँछन् । विगत एक वर्षमा यो मुलुकमा इन्टरनेट स्पीड ३४ प्रतिशतले बढ्यो ।
 
५. स्वीट्जरल्याण्ड - स्वीट्जरल्याण्डमा औसत एमविपिएस १४.५ छ । यो मुलुकमा विगत एक वर्षमा इन्टरनेट स्पीड २१ प्रतिशतले बढ्यो ।
 
६. नेदरल्याण्ड - नेदरल्याण्डमा औसत एमविपिएस १४.‌‌२ छ । यो मुलुकमा विगत एक वर्षमा इन्टरनेट स्पीड १५ प्रतिशतले बढेको छ ।
 
७. ल्याट्भिया - विगत एक वर्षमा इन्टरनेट स्पीड करिब २५ प्रतिशतले बढेको यस मुलुकामा औसत एमविपिएस १३ रहेको छ ।
 
८. आयरल्याण्ड - औसत एमविपिएस १२.७ रहेको यस मुलुकमा गएको वर्षमा ‌‌ इन्टरनेट स्पीड २५ प्रतिशतले बढेको छ ।
 
९. चेक रिपब्लिक - विगत एक वर्षमा इन्टरनेट स्पीड करिब ८.४ प्रतिशतले बढेको यस मुलुकामा औसत एमविपिएस १२.३ रहेको छ ।
 
१०. फिनल्याण्ड - औसत एमविपिएस १२.१ रहेको यस मुलुकमा गएको वर्षमा ‌‌ इन्टरनेट स्पीड ३३ प्रतिशतले बढेको छ ।

You need to login to comment.

Facebook Comments