Welcome, Guest

मिति २०७२ श्रावन ६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोतरहरु

2015-07-27 / 5.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. १२ औं दक्षिण एसियाली खेलकुद ‘साग’ कहिले र कहाँ हुने भएको छ ?
- सन् २०१६ फेब्रुअरी‚ भारत
 
२. नेपाली क्रिकेट टोलीका कप्पान पारस खड्का विश्व ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा कतिऔं स्थानमा परेका छन् ?
- ६४ औं
 
३. सरकारले आ. व. २०७२/७३ को नीति तथा कार्यक्रम कहिले सार्वजनिक गर्‍यो ?
- वि.सं. २०७२ असार १३
 
राष्ट्रपति डा. रामवरण यादवद्वरा संविधान सभा/व्यवस्थापिका संसदको असार २३ को वैठकमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रममा भूकम्प पछिको पुनः निर्माण र देशको आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रमका प्रमुख विशेषता निम्नानुसार छन् ।
- कर्मचारीका लागि योगदानमा आधारित पेन्सन प्राणाली लागू गरिने‚
- “सरकार-सहकारि साझेदारी”‚ “एक परिवार एक सरकारी सदस्य”‚ “हरेक गाउँ एक डाक्टर पुर्‍याउँ”   जस्ता आकर्षक नारा‚
- सन् २०३० सम्म मध्यम आय हुने राष्ट्रको स्तरमा लैजान “दूरदृष्टि २०३०” तर्जुमा गरी  कार्यान्वयनमा ल्याइने‚
- गुणस्तरीय शिक्षा प्रत्याभुत गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन‚
- तराईका १२ जिल्लालाई धानको पकेट क्षेत्रका रुपमा विकास गरिने‚
 -भूकम्प मापन केन्द्रलाई प्रविधि सम्पन्न बनाइने‚
- २५ जिल्लामा गरिव घरपरिवार परिचयपत्र वितरण र बाँकी जिल्लामा सर्वेक्षण‚
- पूर्वाधार विकास समस्या समाधान गर्न जग्गा प्राप्तिसम्बन्धी ऐन ल्याउने‚
- नवजात शिशुको जन्मदेखि २८ दिनसम्मको उपचार सेवालाई निःशुल्क बनाउनुका साथै प्रत्येक  नगरपालिकामा न्युनतम १५ शय्याको अस्पताल निर्माण गरिने‚
- चिकित्सा शिक्षासम्बन्धी नया नीति‚ प्रत्येक विकास क्षेत्रमा चिकित्साको उच्च शिक्षा‚
- दलित‚ कमजोर वर्गका विद्यार्थीलाई आवसीय विद्यालको स्थापना‚
- अनलाइन भिसा प्रणाली यसै बर्षबाट‚
- हिउँदमा आठ घण्टाभन्दा बढी लोडसेटिङ नगर्ने प्रतिबद्धता‚
- ज्येष्ठ नागरिकलाई भत्ता बृद्धि गरिने‚
- युवाहरलाई मुलुक निर्माणको अभिन्न अङ्गका रुपमा लिई व्यावसायिक‚ रोजगारमुलक र नेतृत्व  विकाससम्बन्धी तालिम दिने साथै “युथ भिजन २०२५” लागू गर्ने घोषणा‚
- एक बर्षभित्र स्थानीय चुनाव‚
- जोखिम संवेदनशील भूउपयोग योजना‚
- राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रम विस्तार गरिने ।
 
४. गुल्मी जिल्लालाई खुल्ला दिसामुक्त जिल्लाका साथै साक्षर जिल्लाका रुपमा कहिले घोषणा गरियो ?
- वि.सं. २०७२ असार २६
 
५. विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ ?
- जुलाई ११
 
६. विश्वका सबैभन्दा जेठा नागरिक जापानका साकारी मोमोयीको ११२ बर्षको उमेरमा कहिले निधन भयो ?
- सन् २०१५ जुलाई ५
 
७. नवनियुक्त प्रधानन्याधिस कल्याण श्रेष्ठले कहिले पदभार ग्रहण गर्नुभयो ?
- वि.सं. २०७२ असार २३
 
८. सन् २०१६ मा भारतमा आईसीसी वर्ल्ड टी- ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगीतका लागी छनौट खेलमा कति टोली सहभागी छन् ?
- १४
 
९. कुनै बस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ ?
- पिण्ड
 
१०. नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा कति धारा रहेका छन् ?
- २९७ धारा
 
११. पृथ्वीको सतहको एकाइ क्षेत्रफलमा पर्ने हावाको चापलाई के भनिन्छ ?
- वायुमण्डलीय चाप
 
१२. राष्ट्रिय मानव अधिकार आयोगलाई कहिलेदेखि संवैधानिक अङ्गका रुपमा व्यवस्था गरिएको हो ?
- वि.सं. २०६३ माघ १
 
१३. हाल विश्वकै सबैभन्दा अग्लो भवन कुन हो ?
- वुर्ज खलिफा. दुबई (८ सय २८ मिटर अर्थात २७ सय १६ फिट अग्लो)
 
१४. “पर्यटनका लागि सँगसँगै” Together For Tourism भन्ने नाराका साथ नेपाल पर्यटन बर्ष कहिले मनाइयो ?
- सन् २०११
 
१५. सेतो रगत भएको जीव साङ्लो हो भने टाउकोमा गर्भधारण गर्ने जीव कुन हो ?
- उडुस
 
१६. भारतलाई मात्र छुने नेपालका जिल्ला २४ वटा छन् भने चीनलाई मात्र छुने जिल्ला कति रहेका छन् ?
- १३
 
१७. नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
- ३ भाग
 
१८. टेलिभिजन कलाकर्मी मञ्च नेपालले “लाइफ टाइम एचिभमेन्ट अवार्ड” कसलाई सम्मान गरेको छ ?
- नीर शाह
 
१९. “करोडौ कस्तुरी” नामक औपन्यासिक कृतिका लेखक को हुन् ?
- अमर न्यौपाने
 
२०. “व्यक्तिको चरित्र एउटा रुख जस्तो हो भने प्रतिष्ठा त्यसको छाया ।“भन्ने विचारक को हुन् ?
- अब्राहम लिङ्कन‚ अमेरिको भूतपूर्व राष्ट्रपति
 
२१. संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१५ जुलाईमा सार्वजनिक प्रतिवेदनअनुसार हाल विश्वव्यापी चरम गरिवी कति कायम भएको अनुमान छ ?
- १२ प्रतिशत
 
२२. पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखापर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ ?
- उत्परिवर्तन
 
२३. नेपालमा पहिलोपल्ट टेस्टट्युव प्रविधिबाट शिशुको जन्म कहिले भयो ?
- वि.सं. २०६१ फागुन २० ( ओममणि तामाङ ओम हस्पिटलमा)
 
२४. यस बर्षको “नेपाल विद्यापति भाषा साहित्यकार पुरस्कार” कसलाई प्रदान गरियो ?
- रामान्नद युवा क्लब‚ जनकपुरधाम
 
२५. वि.सं. २०७१ असार २५ मा राजधानीमा सम्पन्न पाँचौ लिटिल प्रिन्स एन्ड प्रिन्सेसको उपाधि कस-कसले जिते ?
- क्रमशः अविरल जोशी र तनिसा आर. पोखरेल
 
२६. वि.सं. २०७२ मा प्रदान गरिने साहित्य संस्कृति तर्फको पुष्पलाल राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
- सत्यमोहन जोशी
 
२७. गत आर्थिक वर्षमा कतिवटा सार्वजनिक संस्थान नाफामा रहेका छन् ?
- १८ वटा (कुल ३७ सार्वजनिक संस्था)
 
२८. विश्वका उदयिमान अर्थतन्त्र भएका राष्ट्रहरुको सङ्गठन BRICS को सातौं शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?
- उफा‚ रुस (सन् २०१५ जुलाई)

You need to login to comment.

Facebook Comments