Welcome, Guest

प्रश्न र समाधान : ‘विविधतामा एकता नेपालको विशेषता’

2019-03-17 / 3.7K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. नेपालको प्रदेश नं. ७ (सुदूरपश्चिम)का प्रमुख विशेषता लेख्नुहोस् । 
नेपालको वर्तमान संविधानले नेपाललाई सातवटा प्रदेशमा विभाजन गरेको छ । जसमध्ये सबैभन्दा पश्चिममा रहेको सुदूरपश्चिम प्रदेश एक हो । नेपालको सबैभन्दा पश्चिममा उत्तर–दक्षिण फैलिएको यो प्रदेशले भारत र चीन दुवै देशलाई छोएको छ । 
 
सुदूरपश्चिम प्रदेशका प्रमुख विशेषता
नेपालको सबैभन्दा पश्चिममा उत्तर हिमालदेखि दक्षिण तराईसम्म फैलिएको छ ।
 
यस प्रदेशमा नेपालका कुल ७७ जिल्ला मध्ये ९ वटा जिल्ला रहेका छन् ।
 
क्षेत्रफलका आधारमा यस प्रदेशको सबैभन्दा ठूलो जिल्ला बझाङ हो भने सबैभन्दा सानो जिल्ला बैतडी हो । 
 
यस प्रदेशको राजधानी कैलालीको गोदावरीलाई तोकिएको छ ।
 
ब्राह्मण, क्षेत्री, व्यासी, चौधरीजस्ता जातजातिको यस प्रदेशमा प्रमुख बसोवास रहेको छ । 
 
अपि, सैपाल हिमाल, झिलिमिला ताल, घोडाघोडी ताल आदि यस क्षेत्रका प्रमुख पर्यटकीय स्थल हुन् ।
 
यस प्रदेशमा फरक–फरक सांस्कृतिक तथा रीतिरिवाज भएका मानिस बसोवास गर्दछन् ।
 
देउडा गीत यस क्षेत्रको मुख्य पहिचानको रूपमा रहेको छ ।
 
विसु तथा गौरा पर्व यस प्रदेशमा भव्यतापूर्वक मनाइन्छ । 
 
यहाँ हिन्दू धर्मावलम्बीहरूको बाक्लो बसोवास रहेको छ । 
 
खप्तड तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्दछन् ।
 
यस प्रदेशका तराईका जिल्लामा अत्यधिक गर्मी र हिमाली जिल्लामा अत्यधिक चिसो हुने गर्दछ । 
 
छाउपडी तथा छुईजस्ता कुप्रथा यस क्षेत्रमा रहेका छन् । 
 
रोजगारीको अभावमा यहाँका मानिस काला पहाड अर्थात् भारतमा मजदुरीका लागि जाने गर्दछन् । 
 
पूर्व–पश्चिम राजमार्गले यो प्रदेशलाई मुलुकका अन्य प्रदेशसँग जोडेको छ । 
 
अन्त्यमा,
 सानो भए तापनि विविधतायुक्त सुदूरपश्चिम प्रदेश विकासका दृष्टिले पछि परेको प्रदेश हो । सुन्दर सुदूरपश्चिम प्रदेशको सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनका माध्यमबाट यस क्षेत्रमा विकासको मूल फुटाउनु आजको आवश्यकता हो ।
 
२. टिप्पणी लेख्नुहोस् । ५ (क) दसैँ नाच     (ख) ट्रहोटे पर्व
(क) दसैँ नाच
नेपालमा १२३ प्रकारका भाषा बोलिन्छ भने १२५ प्रकारको जातजातिको बसोवास रहेको छ । 
 
पूर्वी नेपालमा बसोवास गर्ने सतार जातिले मनाउने नाच हो, दसैँ नाच । 
 
दसैँ नाच तराई क्षेत्रमा प्रचलित रहेको छ । 
 
झापा, मोरङ र सुनसरी जिल्लामा यो नाच प्रचलित छ । 
 
सतार जातिको पहिचानयुक्त यो नाच मौलिक चाडपर्वमा नाच्ने गरिन्छ ।
 
यो नाच समाजमा प्रचलित नियमित नाचभन्दा फरक र मौलिक प्रकृतिको रहेको छ ।
 
पश्चिमा संस्कृतिको प्रभावले युवापुस्तामा यस नाचप्रतिको आकर्षण कम हुँदै गएको पाइन्छ । 
 
परम्परागत भेषभुषामा सजिएर नाचिने यस नाचले आफ्नै किसिमको मौलिकता बोकेको छ ।
 
दसैँ नाचजस्ता मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नु आजको आवश्यकता हो । 
 
(ख) ट्रहोटे पर्व
एसियाको जातीय गोलमञ्च भनेर चिनिने नेपालमा करिब १२५ जातजातिको बसोवास रहेको छ । 
 
तिनै १२५ जातजातिमध्ये गण्डकी प्रदेशमा बस्ने गुरुङ समुदाय एक हो । 
 
नेपालको गण्डकी प्रदेशमा बसोवास गर्ने गुरुङ जातिले ट्रहोटे पर्व मनाउने गर्दछन् ।
 
ट्रहोटे पर्व यिनीहरू निकै रमाइलो गरी मनाउने गर्दछन् ।
 
यस पर्वमा गुरुङहरू मिठो खाने, राम्रो लगाउने तथा शुभकामना आदान–प्रदान गर्दछन् ।
 
यस पर्वले गुरुङको आफ्नै मौलिक सांस्कृतिक महत्व बोकेको छ ।
 
ट्रहोटे पर्वका अवसरमा नयाँ लुगा लगाउने, मिष्ठान्न भोजन गर्ने गरिन्छ । 
 
ट्रहोटे पर्वका अवसरमा आफन्तहरू भेला हुने र नाचगान तथा रमाइलो गर्ने गरेको पाइन्छ ।

You need to login to comment.

Facebook Comments