Welcome, Guest

समसामयिक अपडेट हेरुम

2019-03-14 / 4.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

सङ्घीय शासन प्रणाली भनेकाे के हाे ? यसका विशेषता लेख्नुहाेस् । (6+4=10)

@एक राज्यमा दुई वा दुईभन्दा बढी तहका सरकार रहेको राजनीतिक 
प्रणाली वा शासन व्यवस्थालाई सङ्घीय शासन प्रणाली भनिन्छ।
@ एकात्मक प्रणालीमा पनि तहगत सरकार हुनसक्छन् तर फरक के छ भने एकात्मक प्रणालीमा ती तहगत सरकार केन्द्रीय निकायका वैधानिक संरचना हुन्छन् भने सङ्घीयतामा ती तहको संवैधानिक स्वायत्तता रहेकाे हुन्छ।
 
@सङ्घीयतामा केन्द्र र त्योभन्दा तलका इकाइ संविधानले व्यवस्था 
गरेका क्षेत्राधिकार र अधिकारमा स्वतन्त्र हुन्छन्। 
@सङ्घीय सरकार एकात्मक सरकारभन्दा बढी सहभागितामूलक र प्रतिनिधिमूलक हुन्छ । 
@ त्यहाँ शक्तिको बाँडफाँट हुने गर्छ।
@सङ्घीयतामा जनताको अपनत्व र स्वामित्व तुलनात्मक रूपमा बढी हुने विश्वास गरिन्छ।
@ यसले विविधतामा एकतालाई प्रोत्साहन गर्छ। भाषा, जाति, धर्म, संस्कृतिको विविधतालाई जीवन्तता दिँदै एकताको अभिवृद्धि गर्छ।
@ यसले साझा मान्यतालाई संस्थागत गर्नुपर्ने तथ्य अवलम्बन गरेको हुन्छ।
 
सङ्घीय शासन प्रणालीका विशेषता
 
@लिखित संविधान, संविधानका केही भागहरू, केन्द्रीय, प्रान्तीय सरकार 
दुबैको सहमतिविना संशोधन हुन नसक्नु,
@दुबै सरकार स्वायत्त हुनु,
@विधायिका र आर्थिक अधिकार र जिम्मेवारीबारे संविधानमा स्पष्ट 
व्यवस्था हुनु,
@ दुबै सरकारबीचको सम्बन्ध र सहजीकरणका लागि प्रक्रियाहरू र निकायहरू संविधानमै व्यवस्था गरिनु सङ्घीय शासन प्रणालीका विशेषता हुन्।

You need to login to comment.

Facebook Comments