Welcome, Guest

नायब सुब्बा २०७५ को परिक्षामा सोदिएको सामान्य ज्ञान र IQ प्रश्न र उत्तरहरु

2019-03-10 / 7.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१) कल्पपुत्र कसको कृति हो??
उत्तर:- भद्रबाहु
२) सुनौलो ग्रह उपनामले चिनीने ग्रह कुन हो ??
उत्तर:- शनि
३) विश्व बन्यजन्तु कोष(WWF) को स्थापना कहिले भएको हो ??
उत्तर:- सन १९६१
४) बिद्धुतका पिता भनेर कसलाई चिनिन्छ ??
उत्तर:- माइकल फाराडे
 
५) खड्ग निशान अड्डा कसले स्थापना गरेका हुन?? 
उत्तर:- चन्द्र सम्शेर
६) काठमाडौमा सम्पन्न चौथो बिमिस्टेक सम्मेलनको घोषणापत्रले कतिवटा सहयोगका क्षेत्रलाई पहिचान गरेको छ ??
उत्तर:- १६ वटा
७) अमेरिकी स्वतन्त्रताको घोषणा को मस्यौदा/लेखक को हुन ??
उत्तर:- थोमस जेफर्सन
८) जोडा मिलाउनुहोस ??
उत्तर:-
a)टिङ्कर भञ्ज्याङ् = दार्चुला
b)नाम्जा भञ्ज्याङ् = मुगु
c) किमाथांका नाका = संखुवासभा
d) चाबुक भञ्ज्याङ् = ताप्लेजुङ
 
( नोट : कुन कुन जिल्लामा कुन कुन भञ्ज्याङ् पर्दछ याद राख्ने सुत्र चाडैनै भिडियो आउनेछ पोस्टको अन्तिमा च्यानल लिंक दिएको छ SUBSCRIBED गर्नुहोस भिडियो र सुत्र प्राप्त गर्न )
 
९) आ ब 2074/75 अनुसार आ .ब 2073/74 को GDP मा कृषि क्षेत्रको योगदान कति?
उत्तर:- 29.6%
१०) दिईएका मध्ये कुन सहि छ?? 
1) संविधान सभाको पहिलो बैठक 2065 जेठ 15 मा बसेको थियो
2) अन्तरीम संविधान 2063 माघ 1 गते जारी भएको थियो।
उत्तर:- दुबै ठिक
११) कुन समुन्द्रको सिमानाले तिनवटा महादेशलाई छुन्छ ?? 
उत्तर:- भुमध्य सागर
१२) सतारहरु कुन भाषिक परिवारभित्र पर्दछन ??
उत्तर:- आग्नेशिवाली(आग्नेय)
१३) आसियानको संस्थापक सदस्य तलको मध्य कुन होइन ??
उत्तर:- भियतनाम
 
१४) चौधौ योजनाको अन्त्य सम्ममा विद्युत जडित क्षमता कति पुर्याउने लक्ष्य राखिएको छ ??
उत्तर:- 2301 मेगावाट
१५) CNTBT मा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ती को हुन् ?
उत्तर:- डा.प्रकाशचन्द्र लोहनी 
१६) चालु आव 2075/76 को बजेटको सम्वन्धमा निम्न तथ्य ठिक वेठिक पत्ता लगाउनुहोस
रु ८४५ अर्ब रकम चालु खर्चमा बिनियोजन 
रु ८३१ अर्ब रकम राजस्व संकलन गर्ने लक्ष्य 
उतर दुवै सहि 
१७) कुन जोड सहि छ?? 
1. नेपालको वैदेशिक निति- धारा 51 
2.प्रतिनिधि सभाको गठन- धारा 133
3. सर्वोच्च अदालत को अधिकार क्षेत्र- धारा 84
4.महालेखा परिक्षकको काम, कर्तव्य र अधिकार - धारा 241
- 1 र 4 मात्र ठिक
१८)सन 2018 मा विभिन्न सुचकाङ्कमा नेपालको स्थान कुन गलत छ?? 
1. विश्व शान्ती सुचकाङ्क- 84 औ 
2. विश्व खुसी सुचकाङ्क- 101 औ 
3.विश्व आर्थिक स्वतन्त्रता सुचकाङ्क- 102 औ
4. डोईङ विजनेस रिपोर्ट- 111 औ
- 4 गलत
१९) सहि जोडा मिलाउनुहोस 
उतर
1. सुकरात- ग्रिसको एथेन्स
2. मदर टेरेसा- अल्वानिया
3. सिग्मण्ड फ्रायड- अष्ट्रिया
4. कार्ल माक्स- जर्मनी 
२०) सहि जोडा मिलाउनुहोस 
उतर
1.समशितोष्ण सदवहार कोणधारी जंगल- 4500 मि 
2.शित मरुभुमिको वनस्पती- 1500 मि 
3.समशितोष्ण पतझर जंगल-2500 मि 
4.लेकाली वनस्पती- 5500 मि
 
२१) WWF को स्थापना कहिले भएको हो?? 
उतर :- सन 1961
 
२२) उत्तर अमेरिका को रकी पर्वत श्रृखला वाट उत्पत्ती भएका प्रमुख नदी कुन कुन हुन? 
- मिसिसिपी, मिसौरी, कोलोराडो, रियो ग्राण्ड, कोलम्विया 
उतर :- माथिका सवै
२३) जोडा मिलाउनुहोस 
उतर:-
1. लोपउन्मुख- राजी
2. अतिसिमान्तीकृत- चोपाङ्ग
3. सिमान्तकृत- धिमाल
4. सुविधा वन्चित- जिरेल
२४) गलत भनाई कुन हो ?
1.रातो रक्त कणिका सवैभन्दा लामो समयसम्म बाच्न सक्छ
2.भिटामिन E को कमिले प्रजनन क्षमता कम हुन्छ
3.दाह्री काट्दा Convex एेनाको प्रयोग गरिन्छ
4.केशर फूलको पुष्पकेशर स्टिग्मा हो 
- 3 गलत हो
२५) तलका भवाई मनन गर्नुहोस..!! 
1.नेपालको भावर प्रदेश चुरे पर्वतको उत्तर तिर पर्दछ
2.नेपालको तराई क्षेत्रले कुल भुभागको 15% भुभाग ओगटेको छ
3.शिवपूरी तथा फुलचोकी डाँडाहरु महाभारत पर्वत श्रृखलामा पर्दछन
- 3 मात्र ठिक
२६)बंगलादेशको खाडीको के नामक सामुन्द्रिक चक्रापातका कारण नेपालमा ठण्डी वढेको हो?? 
- फेथाई
२७)सही जोडा मिलाउनुहोस 
उतर
1.फलाम- गँहु
2.चिल्लो पदार्थ- भटमास
3.क्याल्सियम- वन्दागोभी
4.आयोडिन- नुन
२८) देहायका जोडा विचार गर्नुहोस 
1.प्रिन्टिङ्ग प्रेस- गुटेनवर्ग
2.राडार- सर रवर्ट वाड्सन
3. टेलिभिजन- अलेक्जेन्डर ग्रामवेल 
- 1 र 2 मात्र सहि
२९)ओजनतहको क्षयरीकरण नाप्ने एकाई कुन हो??
- डव्सन
३०)मुन्डक, मुन्डक्य र प्रश्न उपनिषद कुन वेदसंग सम्वन्धित छन?? 
- अथर्व वेद

You need to login to comment.

Facebook Comments