Welcome, Guest

सामान्य ज्ञान, प्रश्न र उत्तर- भाग ४

2019-02-11 / 3.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. पर्सादेखि सप्तरीसम्मका ८ जिल्लामा ५० हजार बिरुवा एकै दिन रोपेर प्रदेश नम्बर २ मा ‘हरित प्रदेश अभियान’ कहिलेदेखि सञ्चालन गरियो ?
२०७५ असोज १२
(स्मरण रहोस्, वनजंगल क्षेत्रको वृद्धि तथा चुरेक्षेत्र संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको हरित प्रदेश अभियानले यस वर्ष प्रदेशभरिमा एक करोड बिरुवा रोप्ने कार्यक्रम रहेको छ)
 
२.नेपाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिअन्तर्गतको प्राविधिक कार्यसमितिमा एसिया प्रशान्त क्षेत्रबाट पहिलोपटक चयन हुन सफल कहिले भयो ?
२०१८ डिसेम्बर १२
(स्मरण रहोस्, नेपाल २ वर्षका लागि चयन भएको उक्त समितिमा विकसित राष्ट्रबाट पाँच, एसियाली राष्ट्रबाट दुई, अफ्रिकी राष्ट्रबाट दुई तथा साना टापु देश समूहबाट एक प्रतिनिधि सदस्य रहने व्यवस्था छ)
 
३. भारत सरकारले प्रदान गर्ने डा. अम्बेडकर इन्टरनेसनल अवार्ड–२०१८ प्राप्त गर्ने नेपाली को हुन् ?
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार
 
४. मिस वल्र्ड २०१८ को ताज पहिरिन सफल सुन्दरी को हुन् ?
भर्नेसा पोन्स डी लियोन (मेक्सिको)
(स्मरण रहोस्, संसारको सबैभन्दा पुरानो सुन्दरी प्रतियोगिताको रूपमा रहेको मिस वल्र्ड प्रतियोगिता सुरुमा ँभकतष्खभ या द्यचष्तबष्ल नामक महोत्सवको रूपमा आयोजना भएको थियो)
 
५. २९ वर्षको उमेरमा सुनसान रातको मौका पारी सिद्धार्थ गौतमले राजकाज छाडेर हिँड्नुलाई के भनिन्छ ?
महाभिनिष्क्रमण
-------- सुमन खड्का ---------
६. किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ ?
मनास्लु
(स्मरण रहोस्, विश्वको आठौँ अग्लो हिमालको रूपमा रहेको मनास्लु हिमालको आरोहण गर्ने क्रममा धेरै आरोहीको ज्यान गएकाले मनास्लुलाई किलर माउन्टेन भनिएको हो)
 
७. ‘मैले आफ्नो करिअरमा ९ हजार अवसर गुमाएँ, झन्डै ३ सय खेल हारेँ, २६ पटक खेल जित्छु भन्ने भरोसा हुँदाहुँदै पनि गुमाएँ । पटक–पटक, धेरै पटक असफल भएँ । त्यसैले त आज सफल हुन सकँे,’ यो भनाइ कसको हो ?
माइकल जोर्डन
 
८. कम्पनी दर्ताका क्रममा लाग्ने खर्च अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था भएको कम्पनी रजिस्ट्रार कार्यालयले कहिलेबाट अनलाइन भुक्तानी सेवा सुरु ग¥यो ?
२०७५ मंसिर २५
 
९.‘जनआन्दोलन स्वर्णपदक २०७५’ कसलाई प्रदान गरियो ?
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (गत साल डा. रामवरण यादव)
 
१०. नेपालमा पहिलोपटक राष्ट्रिय परिचयपत्र वितरणको सुरुवात कहिले भयो ?
२०७५ मंसिर ३
(स्मरण रहोस्, पाँचथर जिल्लाबाट वितरण सुरु गरिएको राष्ट्रिय परिचयपत्रको कार्ड छाप्ने जिम्मेवारी फ्रान्सको सफरान आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनीले प्राप्त गरेको थियो)
-------- सुमन खड्का ---------
११. आठौँ राष्ट्रिय खेलकुदको लोगो डिजाइनर को हुन् ?
सन्तोष विष्ट
(स्मरण रहोस्, सातौँ राष्ट्रिय खेलकुदको लोगो खेमराज श्रेष्ठले निर्माण गरेका थिए)
 
१२. यूइएफए वर्ष खेलाडी पुरुष २०१८ को उपाधि कुन खेलाडीले प्राप्त गरे ?
लुका मोड्रिक, क्रोएसिया (गत साल क्रिस्टियानो रोनाल्डो)
(स्मरण रहोस्, जसको महिला वर्ष खेलाडीमा पर्निलो हार्डर (डेनमार्क), उत्कृष्ट गोलकिपर केलोर नाभास (स्पेन), उत्कृष्ट मिडफिल्डर लुका मोड्रिक र उत्कृष्ट डिफेन्डर सर्जियो रामोस (स्पेन)ले प्राप्त गरे)
 
१३. वातावरण क्षेत्रको नोबेल पुरस्कार मानिने गोल्डम्यान पुरस्कार वितरण गर्ने संस्था द गोल्डम्यान इन्भाइरोमेन्टल फाउन्डेसनको प्रधान कार्यालय कुन देशमा रहेको छ ?
क्यालिफोर्निया
 
१४. सूर्यलाई केन्द्र बनाई पृथ्वीलगायत अन्य ग्रह र उपग्रहले सूर्यको परिक्रमा गर्दछन् भन्ने व्यक्ति को हुन् ?
निकोलस कोपर्निकस
(स्मरण रहोस्, पोल्यान्डका वैज्ञानिक कोपर्निकसले सन् १५४३ मा यो सिद्धान्तको प्रतिपादन गरेका थिए)
 
१५. प्रदेश नम्बर १ को सरकारले कहिलेबाट प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था सुरु ग¥यो ?
वि.सं. २०७५ माघ २३
-------- सुमन खड्का ---------
१६. प्रथमपटक झन्डा दिवस नेपालमा कहिले मनाइयो ?
पुस १, २०७५
(स्मरण रहोस्, २०७५ पुस १ गते मनाइएको झन्डा दिवसको नारा ‘मेरो सान मेरो स्वाभिमान, राष्ट्रिय झन्डा मेरो स्वाभिमान’ रहेको थियो)
 
१७. झुमरा नाच कुन समुदायमा प्रचलित नाच हो ?
थारु
 
१८. ज्गmबल ऋबउष्तब िक्ष्लमभह द्दण्ज्ञड अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ? 
१०२औँ स्थानमा
(नोट : वल्र्ड बैंकले यो प्रतिवेदन प्रथमपटक सार्वजनिक गरेको हो)
 
१९. नेपालको इतिहासमा बहुला महाराज भनी कसलाई भनिन्छ ?
श्री ५ सुरेन्द्र
 
२०. नेपालको कुन संविधानमा पहिलोपटक निर्देशक सिद्धान्तहरूको व्यवस्था गरिएको थियो ?
नेपालको अन्तरिम शासन विधान २००७
-------- सुमन खड्का ---------
२१.‘बाघमुखे चुलेसीको जिल्ला’ भनी कुन जिल्लालाई चिनिन्छ ?
प्युठान
 
२२. सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७५ अनुसार उच्चतम नोक्सान भएका पाँचवटा संस्थान कुन–कुन हुन् ?
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, दुग्ध विकास संस्थान, नेपाल खानेपानी संस्थान, नेपाल औषधि लिमिटेड, नेपाल ओरिण्ट म्याग्नेसाइट प्रा. लिमिटेड
 
२३. नेपालको संवैधानिक इतिहासमा अन्तर प्रदेश परिषद्को पहिलो बैठक कहिले सम्पन्न भयो ?
२०७५ मंसिर २३ र २४
(स्मरण रहोस्, नेपालको संविधानको धारा २३४ अनुसार प्रधानमन्त्रीको अध्यक्षता रहने गरी १० सदस्यीय अन्तर प्रदेश परिषद् रहने व्यवस्था छ, जसमा गृहमन्त्री, अर्थमन्त्री र सात प्रदेशका मुख्यमन्त्री सदस्य रहने व्यवस्था 
रहेको छ)
 
२४. नेपालमा सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला कुन हो ?
धादिङ (११ वटा)
 
२५. जर्मन चान्सलर एन्जेला मर्केलले सन् २०२१ देखि राजनीतिबाट (पार्टी नेतृत्व) सन्यास लिने घोषणा कहिले गरिन् ?
२०१८ डिसेम्बर ७

You need to login to comment.

Facebook Comments