Welcome, Guest

बिमस्टेक( BIMSTEC) विशेष

2019-02-08 / 5.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

1) स्थापना :- 1997 June 6
2) नेपाल सदस्यता :- सन् 2004 feb. 8
3) चौथो बिमस्टेक सम्मेलन
- काठमाडौम- काठमाडौमा सम्पन्न
- 2018 अगस्ट 30 र 31
- 18 बुदे काठमाडौ घोषणापत्र जारी
- आगामी पाचौं सम्मेलन श्रीलंका मा हुने
- प्रधानमन्त्री के पि वलिले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाइ बिमस्टेकको अध्यक्षता हस्तान्तरण
- बिम्स्टेक राष्ट्रहरुबीच ग्रिड अन्तरसञ्जाल सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको
- बिमस्टेकको पहिलो शिखर; सम्मेलन 2004 मा थाइल्यान्डमा, दोश्रो सम्मेलन 2008 मा भारत मा , तेश्रो सम्मेलन 2014 मा म्यानमार मा सम्पन्न भएको
घोषणापत्रका प्रमुख बुँदाहरु:
-बिमस्टेको सचिवयल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने -स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने ।
-मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।
-बिमस्टेक विकास कोषको स्थापना गर्ने ।
-कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।
-बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने ।
-एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।
-अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।
-यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।
यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।
-बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिनेबिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।
-अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।
-आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने ।
-जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।
-साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।
-कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।
-जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा पुर्याउन संयन्त्रहरु निर्माण गर्न सहमत ।
-बुद्ध सर्किट बनाउन सहमत ।
-सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।
-पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।
-भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।
4- BIMSTEC लाई bridge between SAARC & ASEAN भनिन्छ ।

You need to login to comment.

Facebook Comments