Welcome, Guest

सार्वजनिक सेवा प्रवाहको अर्थ

2019-02-07 / 3.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

सार्वजनिक सेवा प्रवाहको अर्थ उल्लेख गर्दै नेपालमा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या तथा तिनको समाधानका उपायहरू चर्चा गर्नुहोस्  (२+४+४=१०)
 
सार्वजनिक सेवा प्रवाहको अर्थ  
राज्यले आमनागरिकको हित, कल्याण एवं विकासका लागि विनाभेदभाव प्रदान गर्ने सेवालाई सार्वजनिक सेवा भनिन्छ । सार्वजनिक सेवा सरकार र जनताबीचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम हो । यस्ता सेवा आमनागरिकको घर–दैलोसम्म पुर्‍याउने कार्य, पक्रिया र पद्धति नै सार्वजनिक सेवा प्रवाह हो । सेवा प्रवाह आमजनताको आवश्यकता र चाहनामा आधारित हुनुपर्छ । नागरिकलाई प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने दायित्व सरकारको हो भने नागरिकको सेवा प्राप्ति गर्ने अधिकार हो । सेवा प्रवाहको केन्द्रबिन्दुमा जनता रहनुपर्छ । प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताका रूपमा रूपान्तरण गरी सेवा प्रवाहलाई छिटो, गुणस्तरीय, पहुँचयोग्य, जनसहभागितामूलक तथा निष्पक्ष बनाई जनसन्तुष्टि प्राप्त भएमा मात्र सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता भएको मानिन्छ । 
 
त्यसैले यसलाई सुशासन मापनको प्रमुख आधारका रूपमा लिइन्छ ।
 
समस्याहरू 
प्रक्रियामुखी कानुन, नीति, तथा पद्धति, परम्परागत सोच, उत्प्रेरित र उच्च मनोबलयुक्त जनशक्तिको कमी र सो प्राप्ति गर्न राज्यले पर्याप्त लगानीमा ध्यान नदिँदा सेवा प्रवाहमा गुणस्तर र चुस्तता आउन सकेन । यसैको सेरोफेरोमा रहेर नेपालको सार्वजनिक सेवा प्रवाहमा देखिएका प्रमुख समस्यालाई देहायबमोजिम प्रस्तुत गरिएको छ ।
 
- राज्यका core function र Noncore function  छुट्याई Noncore function लाई निजी क्षेत्रबाट गराउन नसक्नु
 - service mapping र सेवाको प्राथमिकता क्षेत्र नतोकिनु
-  Demand Based भन्दा Supply base service हुनु
 - अन्तरनिकाय समन्वय कमजोर रहनु
-  सेवाको प्रकृतिका आधारमा एकीकृत सेवा, घुम्ती सेवाको अभ्यास कम गरिनु
- Culturally Competent Bureaucracy तयार हुन नसक्दा सहज सेवा प्राप्त नहुनु
 - संघीयता कायान्वयन भइसक्दा पनि अझै केन्द्रीकृत कार्यशैली तथा कार्य संस्कारबाट बाहिर आउन नसक्नु
- सामाजिक उत्तरदायित्व साधनहरूलाई Information Tools -Citizen Charter, Right to Information) Accountability & Integrity Tools (Civic Education, Community Score Card, Citizen Report Card, Public Hearing) tyf Participatory Development Tools (Multi-stakeholder groups, Participatory planning, Participatory budgeting, Integrity pact) प्रभावकारी बनाउन नसक्नु
- सेवा प्रवाहमा सूचना प्रविधिको कम प्रयोग हुनुका साथै सेवाग्राहीमैत्री भौतिक संरचना बन्न नसक्नु
-सेवा प्रवाहलाई कर्मचारी वृत्तिविकाससँग तादम्य बनाउन नसक्नु, जसले गर्दा कर्मचारीभित्रका योग्य, क्षमतावान्, इमानदार र कर्तव्यनिष्ठ कर्मचारीको भूमिका गौण हुनु ।
 
समाधानका उपायहरू 
वर्तमान परिवर्तित शासकीय प्रणाली एवं जनताको बढ्दो आवश्यकता, माग, एवं चाहनाअनुरूप सार्वजनिक सेवा प्रवाहका विधि, तरिका एवं पद्धति निर्माण गर्नुका साथै सेवा प्रवाह गर्ने जनशक्ति तथा सेवा लिने सेवाग्राहीको सोच, चिन्तन र शैलीमा परिवर्तन गर्नुपर्छ । यसैको वरिपरि रहेर हाम्रो राज्यको सेवा प्रवाहमा देखिएका समस्या र तिनका समाधानका उपाय निम्नानुसार उल्लेख गरिएको छ ।
 - सेवा प्रवाहमा सरल पहुँच, सरल कार्यविधि र आवश्यक स्रोत साधनको व्यवस्था गर्नुपर्छ ।
-  अन्तरनिकाय समन्वय तथा सार्वजनिक–निजी साझेदारी अभ्यासलाई आत्मसात् गर्नुपर्छ ।
-  Public Choice Theory and Principal Agent Theory को मर्मअनुसार सेवा प्रवाह गर्नुपर्छ ।
-  राज्यले प्रवाह गर्ने सेवाको : arketing गरी आमनागरिकलाई सुसूचित गर्नुपर्छ । 
-  One window system tyf First come First serve को मान्यतालाई आत्मसात् गर्नुपर्छ ।
-  सेवा प्रवाहमा सिर्जनशीलता, नवीनतम प्रविधिको
-  प्रयोग बढाउनुका साथै कर्मचारीको कार्यसम्पादन मूल्यांकन कायविधिमा होइन, प्राप्त उपलब्धिका आधारमा हुनुपर्छ ।
-  सामाजिक उत्तरदायित्वका साधनलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्नुपर्छ ।
- प्रभावकारी सेवा प्रवाहमा राजनीतिक प्रतिबद्धता हुनुका साथै प्रशासनको कार्यशैली प्रक्रियागतभन्दा परिणाममुखी, जनमुखी, प्रतिबद्ध एवं नतिजामुखी हुनुपर्छ ।
 
- सार्वजनिक सेवा प्रवाहमा अन्तर्राष्ट्रिय अनुभवको आदान–प्रदान तथा असल अभ्यास (जस्तै, Contract Management - न्युजिल्यान्ड, performance Appraisal - कोरिया, People bonus system–जर्मनी, kaizen model  and  quality circle– जापान)लाई सेवा प्रवाहको अवस्था हेरी प्रयोगमा ल्याउनुपर्छ ।
 
अत : सार्वजनिक सेवा प्रभाहको प्रभावकारिताबाट राज्य तथा सरकारप्रति आमनागरिकको धारणा बन्ने हुँदा सेवाप्रदायकले आफ्नो योग्यता, क्षमता, सच्चरित्रता तथा काम गर्ने आत्मीयताको भावनालाई शिरोधार्य गरी एउटै झ्यालबाट सेवा प्रवाह गर्न सकेको खण्डमा गुणस्तरीय सेवा प्रवाह भई जनअपेक्षा पूरा हुने कुरामा कसैको दुईमत रहन सक्दैन ।

You need to login to comment.

Facebook Comments