Welcome, Guest

सामान्य ज्ञान, प्रश्न र उत्तर- भाग १

2019-01-29 / 4.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. ‘नेपाललिक्स २०१९’ कहिले जारी भयो ?
 २०७५ माघ २ गते बुधबार
(स्मरण रहोस् खोज पत्रकारिता केन्द्रको टिमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट आइसिआइजेको सहकार्यमा एक वर्ष लगाएर तयार गरेको खोजको खुलासालाई नेपाललिक्स २०१९ नामाकरण गरिएको छ ।)
 
२। 'My head is too full of Triangles, chemical properties and electrical experiments of think much of marriage' भन्ने वैज्ञानिक को हुन् ?
 जोन डाल्टन
 
३. ‘सहिद गेट’लाई स्थापनाकालमा के नामले चिनिन्थ्यो ?
 नेपाल स्मारक
(स्मरण रहोस्, सहिह गेटका डिजाइनर शंकरनाथ रिमाल हुन् ।)
 
४. आफ्नो लोग्ने परलोक भएकी विधवा महिलाले नाता नपर्ने परपुरुषलाई लोग्नेजस्तै घरमा राख्न पाउने प्रथा कुन हो ?
 डंगुवा प्रथा
 
५. बंगलादेशी सरकारले त्यहाँको निजामती सेवामा दिँदै आएको आरक्षणको व्यवस्था कहिलेबाट खारेज गर्‍यो ?
 २०१९ जनवरी २३
 
६. नेपालको संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसद्को कुनै पनि सदनमा पेस भएमा सदनमा पेस भएको कति दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्दछ ?
 ३० दिनभित्र
 
७. ग्रिन वेल्ट मुभमेन्ट कहिले चलेको अभियान हो ?
 सन् १९७७
(स्मरण रहोस्, यो अभियान बांगारी माथाईले चलाएको अभियान हो, जसको नारा ‘प्रत्येक आमाले आफ्ना बच्चा र विरुवालाई बराबर ममता प्रदान गर्नुपर्दछ’ भन्ने रहेको छ ।)
 
८. संयुक्त राष्ट्र संघको सुधारसम्बन्धी त्तगष्भत च्भखयगितष्यल नामक प्रतिवेदन पेस गर्ने महासचिव कोफी अन्नान (सन् १९९७ जुलाई १७) हुन् भने Quiet Revolution नामक प्रतिवेदन पेस गर्ने संयुक्त राष्ट्र संघका महासचिव को हुन् ?
 डा. बुत्रोस बुत्रोस घाली
 
९.‘ग्लोब सकर अवार्ड २०१८’ कुन खेलाडीलाई प्रदान गरियो ?
क्रिस्टियानो रोनाल्डो
 
१०. ‘बहुआयामिक गरिबी सूचकांक २०७४’अनुसार हाल नेपालमा कति प्रतिशत गरिबी रहेको छ ?
 २८.६२ प्रतिशत
(स्मरण रहोस्, २०७४ पुस ५ मा सार्वजनिक भएको उक्त प्रतिवेदन बेलायतको अक्सफोर्ड विद्यालयको अक्सफोर्ड गरिबी तथा मानव विकास पहल ओपिएचआईसँगको सहकार्यमा राष्ट्रिय योजना आयोगले तयार पारेको हो ।)
११. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
 सेप्टेम्बर ८
 
१२. वैशाख संक्रान्ति वा नयाँ वर्षका दिन पुरानो आगो निभाई गिँदरीको काठ आपसमा घर्षण गरी त्यसबाट नयाँ आगो निकाली रमाइलो गर्ने चलन कुन जातिमा छ ?
 दराई
 
१३. नेपाल बर्डफ्लुमुक्त क्षेत्र कहिले घोषणा भयो ?
 २०७४ जेठ २८
 
१४. वीरशमशेरद्वारा स्थापित कर्मचारीको हाजिरी जाँच्ने र कर्मचारीको छड्के गर्ने काम गर्ने अंगलाई के नामाकरण गरिएको थियो ?
 हाजिरी गोश्वारा
 
१५. ११० किलोमिटर लामो ‘खोड्पे–बझाङ’ मार्गलाई के नामले चिनिन्छ ?
 जयपृथ्वीबहादुर सिंह मार्ग
 
१६. चर्चित कृति ‘सल्लीपिर’का लेखक को हुन् ?
 नयनराज पाण्डे
 
१७. नेपालमा ‘बाँदर विशेषज्ञ’ भनेर डा. मुकेशकुमार चालिसेलाई चिनिन्छ भने ‘बाघ विशेषज्ञ’ भनेर कसलाई चिनिन्छ ?
डा. झमकबहादुर कार्की
 
१८. विश्वको उत्कृष्ट १० वटा साहसिक जलयात्राको सूचीमा नेपालका कुन–कुन २ नदी समावेश भएका छन् ?
 कर्णाली र सुनकोशी
 
१९. भर्नाकलु प्रेस एक्ट पारित गरी समाचार पत्रमाथि सेन्सर प्रथा लागू गर्ने अंग्रेजी शासक को हुन् ?
 लर्ड लिट्टन
 
२०. विश्वमा सर्वप्रथम चिठीमा टिकट टाँस्ने प्रचलनको सुरुवात गर्ने देश कुन हो ?
 बेलायत
 
२१. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७५ अनुसार कम्पनी ऐनअनुसार गठन भएका सार्वजनिक संस्थानको संख्या कति रहेको छ ?
 २८ वटा
 
२२. ‘हामी अधिकार र न्याय कसैलाई बेच्नै छैनौँ, कसैलाई इन्कार गर्ने छैनौँ र कसैलाई न्याय दिन ढिलाइ गर्ने छैनौँ’ भन्ने अभिव्यक्ति कहाँ लेखिएको थियो ?
 म्याग्नाकार्टा
 
२३. नेपालमा लैंगिक समानताको नीति कुन योजनादेखि सुरु भयो ?
 नवौँ आवधिक योजना (२०५४-२०५९) 
 
२४. नेपालमा सबैभन्दा बढी वैदेशिक लगानी गर्ने देश कुन हो ?
 भारत (दोस्रो चीन)
 
२५. औद्योगिक व्यवसाय ऐन २०४९ कहिलेदेखि लागू भयो ?
 विसं २०४९ कात्तिक २७

You need to login to comment.

Facebook Comments