Welcome, Guest

लोकसेवा टिप्स : शासनको अवधारणा स्पष्ट गर्दै यसका आधारभूत पक्ष तथा विशेषताहरू उल्लेख गर्नुहोस् । (५+५.१०)

2019-01-28 / 1.2K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

परिचय
 
नागरिक र राज्यको सम्बन्धलाई परिभाषित गर्ने माध्यम नै शासन हो । परम्परागत रूपमा नागरिकलाई नियन्त्रण गर्नु, कर उठाउनु र सुरक्षा गर्नुलाई शासन भनिन्थ्यो । यतिखेर शासनले जनतालाई सेवा दिनु, विकासका लाभहरू प्रदान गर्नु र लोकतान्त्रिक अधिकारहरू स्थापित गर्नु (Establishing Democratic Rights) लाई शासन भन्न सकिन्छ ।
 
शासनको अवधारणा
 
राज्यको उत्पत्तिसंगै शासन पनि हुन थाल्यो । शक्तिशाली शासकले उसको इच्छाअनुसार (WIll of The Ruler) जनतालाई आफ्ना धारणा लागू गराउने क्रम इतिहासमा धेरै वर्ष रह्यो ।
 
आधुनिक शासन प्रणालीको जग भने १२१५ मा MAGNA KARTA बाट सुरु भएको देखिन्छ । यसले जनताका प्रतिनिधिले शासन गर्नुपर्छ भन्ने मान्यता स्थापित ग-यो । बेलायतमा सन् १६२८ मा भएको (Establishing Democratic Rights) र १६८८ को Declaration of Rights ले शासकको इच्छाअनुसार नभई नागरिकको आवश्यकताअनुसार लोकतान्त्रिक ढंगले शासन गर्नुपर्छ भन्ने मान्यता स्थापित ग-यो ।
 
फ्रान्सका मन्टेस्क्युले १७४८ मा ल्याएको शक्ति पृथकीकरणको अवधारणा र John Adams  को शक्तिको सन्तुलनले शासनमा निरंकुशताको अन्त्यलाई सघाउ पु-यायो । १७८७ मा अमेरिकी संविधानको तर्जुमासंगै संसारभर शासन प्रणालीलाई निर्देशित गर्ने Umbrella को रुपमा संविधान जारी हुन थाले । संविधान वा कानुनबमोजिम शासन सञ्चालन गर्ने विधि र पद्धतिको स्थापना हुँदै गयो ।
 
वर्तमान सन्दर्भमा जनताको इच्छा, रुचि र आवाजलाई प्रतिनिधित्व गर्ने शासन प्रतिको आकर्षण बढेको छ । अर्थात् लोकतान्त्रिक शासन पद्धति (Democratic Governance System) अहिलेको विश्व व्यवस्थामा स्थापित भएको देखिन्छ ।
 
शासनका आधारभूत पक्ष
 
शासन संविधान नियम, कानुन, संस्कार एवं प्रणालीअनुसार सञ्चालित हुनुपर्छ ।
 
शासन जनसेवामा केन्द्रित र जनइच्छालाई सम्बोधन गर्ने हुनुपर्दछ ।
 
शासनको नेतृत्व गर्ने राजनीतिक प्रणाली लोकतान्त्रिक हुनु जरुरी ।
 
शासन गर्ने क्षमता (Capacity to Rule) हुुनु पर्दछ ।
 
शासनको वैधानिकता (Legitimacy) स्थापना भएको हुनु पर्छ ।
 
राज्यका सबै अंग क्रियाशील(Well Functioned) हुनु आवश्यक छ ।
 
शासनको लाभ (Benefit of Governance) जनता वा नागरिकले प्राप्त गर्ने गरी प्रणालीको विकास गरिनु पर्दछ ।
 
शासनका विशेषताहरू
 
संसारमा लोकतान्त्रिक वा गैरलोकतान्त्रिक (निरंकुश) शासन प्रणाली पनि छन् । यिनका आफ्नै चरित्र र विशेषता हुन सक्छन् । यद्यपि, केही विशेषताहरू सबै प्रणालीमा हुन सक्छन्, जुन निम्नअनुसार छन् :
 
शासन सञ्चालनका लागि संविधानले निर्देशित गर्छ ।
 
शासनको कानूनी शक्ति (Legal Power) हुन्छ ।
 
शासनसँग साधन र श्रोतको शक्ति (Resource Power) हुन्छ ।
 
शासनको राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध रहेको हुन्छ ।
 
शासनको निश्चित उद्देश्य र दृष्टिकोण रहेको हुन्छ ।
 
शासनको नेतृत्व राजनीतिले गर्दछ ।
 
उल्लिखित विशेषताका अतिरिक्त अहिलेको सन्दर्भ लोकतान्त्रिक शासन पद्धति भएकाले लोकतान्त्रिक शासन पद्धतिमा देहायका 
विशेषता रहन्छन्
 
जनताका प्रतिनिधिबाट शासन हुने ।
 
लोकतान्त्रिक संविधानले शासनको दिशानिर्देश गर्ने ।
 
शासनमा बहुपात्र (Multi-Actor) को भूमिका रहने ।
 
शक्ति पृथकीकरण र शक्ति सन्तुलनका नियम अवलम्बन हुने ।
 
विधिको शासन, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रताको प्रत्याभूति हुने ।
 
नागरिकका मौलिक हक र मानव अधिकारको उच्च सम्मान रहने ।
 
अन्त्यमा, शासन नागरिकको हित प्रवद्र्धनका लागि हुन्छ । लोकतान्त्रिक विधि एवं पद्धतिले नै शासनलाई जनमुखी बनाई वास्तविक शासनको प्रत्याभूति दिन सक्ने देखिन्छ ।

You need to login to comment.

Facebook Comments