मुलुकी ऎन-२०७५
१.२०७५ भदौ ०१ देखी लागु हुने छ।
२सर्वप्रथम नेपालमा बि.स १९१० देखि सुरु भएको थियो।
३.मुलुकी ऎन बि.स २०७५ सम्म पुग्दा १६५ बर्षको इतिहास बोकेको छ।
४.मुलुकी ऎनको सरुवात राजा श्री ५ सुरेन्द्र शाहको शासनकाला मा बि.स१९१० पौष बदी ०७ रोजका दिनदेखी चलिआएको हो।
५.श्री५ पृथ्वी वीर विक्रम शाहको पालामा पहिलो पटक संशोधन भएको थियोे ।
६.बि .स १९४३पौष ०१ देखी सो ऎन पुनः सकृय भइ बि .स १९४५ मा सार्वजनिक रूपमा प्रकाशन गरिएको थियो ।
७.संसोधन भइ प्रकाशित हुँदा जम्मा ५ भाग मात्र रहेको हुनाले यस ऎनलाई "पाँच भागे ऎन" पनि भन्ने गरिन्थ्यो ।
८.उप्त मुलुकी ऎन बि .स २०२० सम्म प्रचलित रहेको थियो।
९.उप्त मुलुकी ऎन बि .स १९४३ देखी पटक पटक गरि बि .स २०१२ साल सम्म १३औं पटक संशोधन भइ प्रकाशित भएको थियोे ।
१०.राजा महेन्द्र बाट नेपालको संविधान २०१९ को धारा ९३ अनुसर २०१९ बैशाख ३० मा लालमोहर लगाई नयाँ मुलुकी ऎन प्रकाशित भएता पनि सो ऎन २०२० भदौ ०१ बाट मुलुकमा कार्यान्वयनमा ल्याए।
११.नयाँ मुलुकी ऎन २०२०लागु भएको दिनलाई"समाज सुधार दिन"को रुपमा मानियो र प्रत्येक साल भदौ ०१ गते मुलुकी ऎन दिवस मनाउने प्रचलन अहिले सम्म रहेको छ।साथै ऎन,२०२० लाई पनि २०२१देखी २०६४सम्म आउदा १२औ पटक संशोधन भएको थियोे ।
१२.नयाँ संविधान जारि भएपछि २०७३ सम्म आईपुग्दा केहि नेपाल ऎन संशोधन गर्ने ऎन,२०७२ द्दारा संशोधन गरि लागु गरिएको छ।
१३.संघीय लोकतान्त्रिक संविधानको धारा २९३को उपधारा १ बमोजिम व्यवस्थापिका संसद् ले मुलुकी ऎन,२०७४ निर्माण गरेको छ।
१४.यो मुलुकी ऎन ,२०७४ रास्ट्रपतिबाट २०७४असोज ३० गते प्रमाणिकरण भइ २०७५भदौ ०१ गते बाट जनसाधारणका लागी कार्यान्वयन हुदैछ।
१५.मुलुकी अपराध (संहिता)ऎन,२०७४,मुलुकी फौजदारी कार्यबिधी (संहिता)ऎन,२०७४,र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन )ऎन,२०७४ यस ऎनको मुख्य मेरुदण्ड रहेको छ।
१६.यि ३ भागमा बिभाजन गरि भाग १ मा५परिच्छेद ,भाग २मा२७परिच्छेद र भाग ३मा २परिच्छेद गरि कुल ३४ परिच्छेद रहेका छन् र यो कानुन मा ३०८ दफाहरु समेटिएको छ।