Welcome, Guest

राष्ट्रिय समाचार समिती बारे प्रष्ट पार्नुहोस् ।

2018-07-08 / 3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति (News Agency) हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
 
नेपालमा वि.सं. २०१६ भन्दा पूर्व कुनै संवाद समितिहरू थिएनन्। २०१६ साल पुस १ गते ‘निष्पक्ष तवरमा समाचारको संकलन र वितरण गर्ने’ उद्देश्यले ‘नेपाल संवाद समिति’को स्थापना भएको थियो। यो संवाद समिति २०१७ साल फागुन ६ सम्म चालू रह्यो। निष्पक्ष तवरमा समाचारको संकलन र वितरण गर्ने उद्देश्यले पुनः २०१७ साल वैशाख ३० गते ‘सगरमाथा संवाद समिति’को स्थापना भएको थियो। यो संवाद समिति पनि २०१७ साल फागुन ६ सम्म चालू रह्यो।
 
२०१८ साल फागुन ७ गते राष्ट्रिय संवाद समितिका नामले हालको राष्ट्रिय समाचार समिति (रासस)को स्थापना भएको हो। तर राष्ट्रिय समाचार समिति ऐन, २०१९ भने २०१९ साल मंसिर १९ गते मात्र लागू भएको हो। राष्ट्रिय समाचार समिति ऐन, २०१९मा राष्ट्रिय समाचार समितिको उद्देश्य यसरी व्याख्या गरिएको छ- ‘नेपाल अधिराज्य भित्रका र विदेशका समेत निष्पक्ष एवं आधिकारिक समाचार तथा सूचना देशबासी तथा विदेशीले पनि जानकारी पाउन र अधिराज्यमा एकताको भावनाको वृद्धिको साथै ठोस जनमतको सृजनामा मद्दत होस् भन्ने हेतुले देश तथा विदेशमा पूर्ण तथा वास्तविक समाचार एवं सूचनाको खोजी गरी प्राप्त भएका समाचार र सूचना प्रयोगकर्ताहरूमा वितरण गर्नुका साथै समाचारहरूको समुचित आदान-प्रदानसमेत गर्न एक राष्ट्रव्यापी राष्ट्रिय समाचार समितिको गठन र त्यसको स्वस्थ एवं मजबूत जग बसाल्न व्यवस्था गर्ने।

You need to login to comment.

Facebook Comments