लोक सेवा आयोग सम्बन्धी विषयमा आवश्यक जानकारीहरु कहाँबाट प्राप्त गर्न सकिन्छ ?
2018-06-23 / 2.9K
0
Subscribe to LokSewa Plus for unlimited access to all resources
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
लोक सेवा आयोगले गर्ने नियमित कार्यहरु माग संकलन, प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन, लिखित परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा प्रकाशन, अन्तर्वार्ता तथा सिफारिश र सोसँग सम्बन्धित कार्यहरु तथा लोक सेवा आयोगका निर्णयहरु, प्रकाशनहरु, FAQ लगायतका सूचनाहरुका सम्बन्धमा निम्न माध्यमबाट जानकारी प्राप्त गर्न सकिन्छ ।
लोक सेवा आयोगको Website: http://www.psc.gov.np
लोक सेवा आयोगबाट साप्ताहिक रुपमा प्रकाशन हुने बुलेटिन,
गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको हरेक बुधबारका अंकहरु तथा अन्य दिनका अंकहरुमा समेत विशेष सूचनाको रुपमा छपाइ भएका लोक सेवा आयोगका सूचनाहरु,
लोक सेवा आयोगबाट त्रैमासिक रुपमा प्रकाशन हुन समाचारपत्र,
रेडियो नेपालबाट हरेक बुधबार राती ९ः०० बजेको समाचारपछि ९.१५ मा प्रशारण हुने लोक सेवा आयोगको सूचना,
आयोगको केन्द्रीय कार्यालयमा रहने प्रवक्ता तथा सहायक प्रवक्ता,
सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचना प्राप्त गर्न केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालयहरु, अञ्चल कार्यालयहरु तथा दरखास्त व्यवस्थापन केन्द्रका सूचना अधिकारीहरु ।