Welcome, Guest

विश्वकप २०१८ का तथ्यहरु

2018-06-20 / 4.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

विश्वकप २०१८ का तथ्यहरु
********************
• २१ औ विश्वकप रुसमा जुन १४ बाट सुरुवात भएको छ ।
 
• यो प्रतियोगिता रुसका ११ सहरका १२ रंगसालामा हुने छ ।
 
• यस खेलमा ३२ टिम सहभागी रहेका छन जस मध्ये युरोपबाट १४ दक्षिण अमेरिका बाट ५ अफ्रिका बाट ५ र एसिया बाट ५ र मध्य अमेरिका बाट ३ राष्ट सहभागी रहेका छन ।
 
• ३२ टिम बाट ७३६ जना खेलाडीले सहभागीता जनाएका छन एउटा टिममा २३ जना सहभागीहुन पाउने ।
 
• यस विश्वकपमा खेल्ने सबैभन्दा कान्छा खेलाडी अष्ट्रेलियाका ड्यनिल आर्जानी हुन उनको उमेर १९ बर्ष १६१ दिनको हुने छ ।
 
• सबै भन्दा जेठा इजिप्टका गोल किपर इसान इल हाडिरी रहेका छन उनी ४५ बर्ष का हुन सबै भन्दा बढी अन्तराष्टिय खेल खेलेको अनुभव पनि यिनै सग रहेको छ ।
 
• उद्धाटन खेल जुन १४ मा साउदि अरब र रुस बिच मस्कोको लुजनिकि रंगसालमा भएको थियो जुन रगंसालामा फाइनल खेल पनि हुने छ ।
 
• यो विश्वकप जित्ने टिमले पुरस्कार बापत ४ अर्व १० करोड ८६ लाख ९६ हजार ८०० रुपैया पाउने छन् ।
 
• अफसियल मस्कट जाबिभाका हो यसको मतलब one who score हो ।

You need to login to comment.

Facebook Comments