Welcome, Guest

अब सरकारी जागिरमा खरिदार र शाखा अधिकृतबाट मात्रै प्रवेश गर्न पाउने भदौ २९ गते,२०७४ काठमाडाैं । सामान्य प्रशासन मन्त्रालयले मस्यौदा गरेको ‘संघीय निजामती सेवा ऐन, २०७४’ मा कुनै पनि कर्मचारीले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिए, राजनीतिक क्रियाकलापमा संलग्न भए वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा निजामती कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी’ हटाउन सकिने प्रावधान राखिएको छ । हाल विद्यमान निजामती सेवा ऐन, २०४९ मा शाखा अधिकृतसम्म तहका कर्मचारीले कर्मचारी ट्रेड युनियनका नाममा राजनीतिमा सहभागी हुँदै आएका छन् । अाजको अन्नपूर्ण मा खबर छ-संघीयता कार्यान्वयनका लागि तर्जुमा भएको नयाँ निजामती ऐनको मस्यौदामा कुनै पनि तहका कर्मचारीलाई राजनीतिमा भाग लिन पूर्णरूपमा निषेध गरिएको छ। सामान्य प्रशासन मन्त्रालयमा सहसचिव प्रकाश दाहालले लामो समयको गृहकार्यपछि संघीय निजामती सेवा ऐनको मस्यौदा तयार गरेको जानकारी दिए । सहसचिव दाहालका अनुसार उक्त विधेयक अर्थ मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयस“ग स्वीकृति लिएर छिट्टै मन्त्रिपरिषद्मा पेस गरिनेछ । ‘प्रशासनमा राजनीति हाबी भएर जनतालाई प्रवाह गर्ने सेवामा समेत असर परेपछि कुनै पनि कर्मचारीलाई राजनीतिक गतिविधिमा आबद्ध हुन नदिन नयाँ प्रावधान राखिएको हो’, सहसचिव दाहालले बुधबार अन्नपूर्णसित भने । त्यसैगरी, महिला अधिकारलाई थप प्रत्याभूत गर्न निजामती कर्मचारीले बहुविवाह गरे पनि सेवाबाट हटाउन सकिने प्रावधान राखिएको छ । अहिलेको ऐनमा यस्तो प्रावधान छैन । खरिदार र शाखा अधिकृतबाट मात्रै प्रवेश विधेयकले कर्मचारी पदपूर्ति, बढुवा, आरक्षण, ट्रेड युनियन, कर्मचारी समायोजन आदिका विषयमा नयाँ व्यवस्था गरेको छ । प्रस्तावित ऐनले संघबाट प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने सम्पूर्ण निजामती कर्मचारीको वृत्ति विकासलगायत सबै प्रकारका सुरक्षाको समेत व्यवस्था गरेको छ । कर्मचारीको उमेर हद यथावत् (५८ वर्ष नै) राखिएको उक्त मस्यौदामा अब निजामती सेवामा प्रवेश गर्दा खरिदार र शाखा अधिकृतबाट मात्रै प्रवेश पाइनेछ । सुब्बा, उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न पाउने व्यवस्था खारेज हुनेछ । ती पदमा आन्तरिक प्रतिस्पर्धा र ज्येष्ठताका आधारमा मात्रै बढुवा हुने, उपसचिव र सहसचिवमा बाहिरबाट दक्ष जनशक्ति ल्याउन पाइने खुला तर्फको १० प्रतिशत व्यवस्थासमेत प्रस्तावित ऐनमा हटाइएको छ । यसैगरी, खरिदारको न्यूनतम योग्यता आइए वा सोसरह उत्तीर्ण र अधिकृतका लागि अनिवार्य रूपमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ । यसअघि अधिकृतको खुला प्रतिस्पर्धाका लागि स्नातक उतीर्ण हुनुपर्ने भए पनि फाइल बढुवामा अधिकृत हुन स्नातक अनिवार्य थिएन । तीनै तहमा बढुवा हुन पाउने संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा सरुवा हुने वा समायोजन भएर जाने कर्मचारीले समायोजन भएको निकायमा बढुवा नलिएसम्म स्थानीय तहबाट प्रदेश र संघमा बढुवा भएर आउन सक्ने र आन्तरिक प्रतियोगितामा भाग लिन सक्ने प्रावधान राखिएको छ । कर्मचारी सरुवा गर्दा क्रमशः ‘क’ वर्गको भौगोलिक क्षेत्रबाट ‘घ’ वर्गको भौगोलिक क्षेत्रमा, ‘घ’ वर्गको भौगोलिक क्षेत्रबाट ‘ख’ वर्गको भौगोलिक क्षेत्रमा, ‘ख’ वर्गको भौगोलिक क्षेत्रबाट ‘ग’ वर्गको भौगोलिक क्षेत्रमा ‘ग’ वर्गको भौगोलिक क्षेत्रबाट ‘क’ वर्गको भौगोलिक क्षेत्रमा चक्रिय रुपमा मात्रै कर्मचारी सरुवा हुने गरी ऐन बनाइएको छ । #खबर डबली

ʞhim ßudha

on 14 Sep, 2017

2.1K
You need to login to reply on this post.
Join TayariPLUS

RECEIVED ANSWERS
किरण भण्डारी

on 22 Sep, 2017

tesariii ta garoo hunxa sathii hooooo