Welcome, Guest

आस्विन २०७२

2072-07-01  /  2.3K 0

राष्ट्रिय गतिविधी

  • आस्विन १ :- राष्ट्र बैंकले गरेको पारिवारिक बजेट सर्वेक्षण प्रतिवेदन अनुसार प्रत्यक नेपाली परिवारको मासिक आम्दानी ३० हजार रुपैया र खर्च २५ हजार रुपैया रहेको जनाएको । राष्ट्र बैंकके यस्तो सर्वेक्षण प्रत्यक १० बर्षमा गर्दै आएको छ । मुद्रास्फीतिको मापन गरिने उपभोक्ता मूल्य सूचकांक (सीपीआई) लाई अद्यावधिक गर्न केन्द्रीय बैंकले यस्तो अध्ययन गर्ने गरेको छ । परिवारको आम्दानीको स्रोतमा तलब र ज्यालाबाट ३० प्रतिशत र रेमिट्यान्सबाट १७ प्रतिशत आम्दानी हुने देखिएको छ । व्यापारबाट २४ र घरभाडाबाट १७ प्रतिशत आम्दानी हुने गरेको देखिएको छ ।
  • आस्विन १ :- सभामुख शुवास नेम्वाङ द्वारा संविधान सभा द्वारा निर्मित संविधान प्रमाणिकरण ।
  • आस्विन १ :-   नेपालमा पारीत भएको संविधान र नेपाली राजनीतिबारे भारतीय सुझाव लिएर भारतीय विदेश सचिव एस जयशंकर काठमान्डौ आएका ।
  • आस्विन १ :- मन्त्रिपरिषदको बैठकले २६ नगरपालिका घोषणा गर्दै १० नगरपालिकाको क्षेत्र विस्तार गरेको ।यो घोषणा संगै अब नेपालमा २०४ नगरपालिका, १२ उपमहानगरपालिका, १ महानगरपालिका र ३१५७ गाबिस रहेका छन । साथै मुगू, डोल्पा, कालिकोट, हुम्ला, रसुवा र मनाङ मुस्ताङ नगरपालिका विहिन जिल्ला रहेका । यसका साथै धनगढी सुदूरपश्चिमको पहिलो उपमहानगर र काठमाडौं उपत्यका गाविसविहीन भएको छ ।
  • आस्विन ३ :- राष्ट्रपती डा रामवरण यादवद्वारा नेपालको संविधानमा हस्ताक्षर गर्दै नेपालको संविधान सम्वत २०७२ आस्विन ३ गते देखी लागु भएको ऐतिहासिक घोषणा गरेका । जारी भएको उक्त संविधानमा संविधानसभाका ५ सय ३७ सभासदले हस्ताक्षर गरेका थिए । २०६५ जेठ १५ मा प्रथम संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनसँगै नयाँ संविधान लेखनको औपचारिक काम प्रारम्भ गरेको थियो । संसारमा विरलै हुने दोस्रो संविधानसभा निर्वाचनको १ वर्ष ९ महिनापछि नेपालले मूल कानुन निर्माणको सफल अभ्यास गरेको छ। ३५ भाग, ३०८ धारा र ९ अनुसूचीको संविधान नेपालको संवैधानिक इतिहासकै बृहत् सर्वोच्च कानुन हो।
  • आस्विन ३ :-  मन्त्रिपरिषदको  बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा लखन थापालाई नेपालको पहिलो सहिद घोषणा गरेको । थापाले राणा शासनविरुद्ध विद्रोह गरेपछि तत्कालीन सरकारले पक्राउ गरी विसं १९३३ फागुन २ मा उनलाई झुन्डयाएर मारेको थियो  ।
  • आस्विन ४ :-  उत्कृष्ट चारमा रहँदै नेपाल एएफसी यू–१६ च्याम्पियनसिप २०१६ मा छनोट भएको । नेपालले चौथोपल्ट एएफसी यू–१६ को छनोट पार गरेको हो ।
  • आश्विन ६ :- प्रेस काउन्सिल नेपालले यस वर्षको ‘गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार कौशल चेम्जोङलाई प्रदान गर्ने निर्णय गरेको । काउन्सिलको वार्षिकोत्सवका अवसरमा १ लाख रुपैयाँको उक्त पुरस्कार प्रदान गर्न गरिएको ।
  • आश्विन ६ :- उद्योगमन्त्री महेश बस्नेतको अध्यक्षतामा  बसेको औद्योगिक प्रवद्र्धन बोर्ड बैठकले दुई जलविद्युत् कम्पनीको करिब ५० अर्ब रुपैयाँ एफडीआई स्वीकृत गरेको । कबेलीमा विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ३ अर्ब ८६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको हो। ४६ अर्ब १० करोड रुपैयाँ भने अम्बेश्वर कम्पनीको एफडीआई स्वीकृत भएको हो ।  ५ दशमलव ५ प्रतिशत ब्याजमा ऋण सम्झौता भएको हो।  काबेली ३७ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् आयोजना हो।
  • आस्विन ७ :- भारतीय सुरक्षा बल एसएसबीले नेपाल छिर्ने मुख्य नाकाहरू ठप्प पारेर भारतीय अघोषित नाकाबन्दीको सुरुवात गरेको ।
  • आस्विन ९ : पुर्वप्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले पार्टीको उपाध्यक्ष, साधारण सदस्य र संविधान सभा सदस्य पदबाट रजिनामा दिएका ।
  • आस्विन १४ :  प्रधानमन्त्री सुशील कोइरालाले ऊर्जामन्त्री राधा ज्ञवालीलाई पदमुक्त गरेका । खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले भने सोही दिन  राजीनामा दिएका । पदीय मर्यादाविपरीत काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवाली र पौडेललाई पदबाट हटाउन सफारिस गरेको ।
  • आस्विन १४ : सानिमा माई जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको । इलाममा उत्पादित उक्त बिजुली झापासम्मको काबेली करिडोर प्रसारणलाइनमार्फत जोडिएको ।
  • आस्विन १५ :- नेपालको अर्थतन्त्रबारे बुझ्न आएको अन्तरराष्ट्रिय मुद्रा  कोषको टोलीले तयार पारेको प्रतिवेदन (आर्टिकल ४) अनुसार चालू आर्थिक वर्षमा ४ दशमलव ४ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने जनाएको । साथै उक्त प्रतिवेदनले आगामी आर्थिक बर्षमा पुनर्निर्माणको काम सुचारु भए ५ दशमलव ४ प्रतिशतको वृद्धि हुने कोषले जनाएको थियो ।
  • आस्विन १९ :  नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायकेले राजीनामा दिएका । दसानायके २०११ को अक्टोबरयता नेपाली टोलीको प्रशिक्षकमा छन्। उनकै प्रशिक्षणमा नेपालले २०१४ को मार्चमा विश्व ट्वान्टी–२० खेलेको थियो, जुन नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो उपलब्धि थियो।
  • आस्विन २१ : भारतीय नाकाबन्दिले देशमा इन्धनको व्यापक अभाव भएपछी सरकारअको आग्रहमा नेपाल आयल निगमले पेट्रोलिय पदार्थको आपुर्तिकोलागी ग्लोबल टेन्डरको आह्वान गरेको । मन्त्रिपरिषद्को निर्णयअनुसार पहिलोपटक १५ दिनका लागि पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यास र हवाई इन्धन विश्वबजारबाट ल्याउन निगमले तीनदिने बोलपत्र आह्वान गरेको हो ।
  • आस्विन २२ : सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा ऊर्जा मन्त्रालयका सचिवलाई नियुक्त गरेको छ । ऊर्जा मन्त्रालयको कार्यभारसमेत सम्हालेका गृहमन्त्री वामदेव गौतमले प्राधिकरणको अध्यक्ष छाडेपछि रिक्त पदमा ऊर्जा सचिवलाई नियुक्त गरिएको हो ।
  • आस्विन २४ : शुसिल कोइरालालाई ८९ मतले पछी पार्दै एमाले अध्यक्ष तथा संसदिय दलका नेता खड्ग प्रसाद शर्मा वली नेपालको ३८ औं प्रधानमन्त्री निर्वाचित भएका । चुनावमा शाहअभागेए ५८७ सदस्य मध्य वलिको पक्षमा ३३८ मत परेको थियो ।
  • आस्विन २५ : नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा वलिले राष्ट्रपती समक्ष पद तथा गोपनियताको सपथ ग्रहणका साथइ सोही दिन प्रधानमन्त्रीको पदभार ग्रहण ।
  • आस्विन २७ :  म्याच फिक्सिङ (खेल मिलोमतो) को आरोपमा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ जनालाई प्रहरीले  पक्राउ गरेको ।  खेलाडीहरू विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई र प्रशिक्षक अञ्जन केसी पक्राउ परेका ।
  • आस्विन २७ : नेपाल बारका अध्यक्ष हरिकृष्ण कार्कीलाई प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ताका लागि  सिफारिस गरेका , उनले आस्विन २८ गते  शपथ लिएका ।
  • आश्विन २८ : भूकम्पपछि बन्द रसुवाको केरुङ नाका सञ्चालनमा आएको ।
  • आस्विन २९ : व्यवस्थापिका संसदको सभामुख पदमा एमाओवादी नेत्री ओनसरी घर्ति निर्वाचित भएकी । घर्ति सभामुख पदमा निर्वाचित हुने पहिलो महिला पनि हुन । त्यस्तै संसदको उपसभामुख पदमा रा.प्र.पा नेपालका सांसद गंगाप्रसाद यादव निर्वाचित भएका ।

अन्तराष्ट्रिय गतिविधी

  • २३ सेप्टेम्बर : बुर्किनाफासोको नयाँ राष्ट्रपतीको रुपमा माइकल कफान्डो निर्वाचित भएका ।
  • ३० सेप्टेम्बर : फिलिपिन्सले संयुक्त राष्ट्र संघमा आफ्नो झन्डा फहराउने  बिषयमा मतदान भएको , उक्त मतदानको पक्षमा ११९ भोट परेको थियो । फिलिपिन्स सन २०१२ देखी पर्यवेक्षक राष्ट्रको रुपमा रहेको छ । अमेरिका र इजरायलको द्वन्दका कारण उसले संयुक्त राष्ट्र संघमा आफ्नो झन्डा फहराउन पाएको थिएन ।
  • ४ अक्टुबर :- विश्वबैंक ले सन २०१५ को गरिबि अनुमान प्रतुत गरेको , जस अनुसार सन २०१५ मा गरिबिको रेखा मुनी रहने जनसंख्यामा १० प्रतिशतले कमी आउने उल्लेख गरिएको छ ।
  • ८ अक्टुबर : नेपाल लगायत साना २० देशका अर्थमन्त्रीहरुको पेरुको राजाधानी लिमामा बसेको बैठकले जलवायु परिवर्तन र विश्वव्यापी उष्णिकरणका प्रभावमाथि नियन्त्रण  गर्न बि २० नामक नयाँ समुहको घोषणा गरेका । उक्त सम्मेलनमा नेपालको तर्फबाट अर्थमन्त्री रामशरण महत सभागी भएका थिए ।


विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय समाचारपत्र का आधारमा बिष्णु प्रसाद गौतम द्वारा तयार पारीएको । विभिन्न प्रतियोगितात्मक परीक्षाको दृष्‍टिले महत्वपूर्ण समसामयिक गतिविधी मात्र समावेश गरिएको छ । यस् स्तम्भको बारेमा सिधै सुझाव दिन ९८४१६०९६७२ मा सम्पर्क गर्नसक्नुहुन्छ ।


You need to login to comment.

Facebook Comments