Welcome, Guest

भाद्र २०७२

2072-06-01  /  2.4K 0

राष्ट्रिय घटनाक्रम

  • भाद्र १ :- ललितपुरको १२ वर्षे गोदावरी मेला सुरु, गोदावरी कुण्डमा प्रत्येक १२ वर्षमा एक पटक बृहस्पति सिंह राशिमा आएका बेला सोही राशिमा सूर्यले प्रवेश गरेपछि भाद्र महिनाभर सिंहास्त मेला लाग्ने गर्दछ।पौराणिक कालमा महर्षि गौतमले फुल्चोकी क्षेत्रमा कुटी बनाई गाईको सेवा गरिरहेको समयमा एउटा गाई दुर्घटनामा परी मरेपछि गौ हत्याको पापबाट मुक्त हुन १२ वर्षसम्म श्री सिद्धेश्वर महादेवको तपस्या गरी गोदावरी गंगा उत्पन्न गराई त्यहाँ स्नान गरेपछि पापबाट मुक्त भएकाले त्यसै बेलादेखि प्रत्येक १२ वर्षमा मेला लागेको भन्ने जनश्रुति छ।
  • भाद्र ४ :- काले राई अर्थात् डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा भाद्र ४ गते  बिहान पाशुपत क्षेत्रको मृगस्थलीमा निधन भएको । विसं १९८० असोज ३ गते शुक्रबार पाँचथरको बरडाँडामा जन्मिएका उनले मृगस्थलीमै जीवनका करिब तीन दशक गुजारेका थिए ।  उनको नाम सुरुमा त्रिदण्डी स्वामीले रामकृष्ण प्रपन्नाचार्य राखिदिएका थिए । पछि वेदान्तमा विद्यावारिधि गरेपछि डा. स्वामी प्रपन्नाचार्य बने । 
  • भाद्र ४ :-  प्रमुख राजनीतिक दलहरूले प्रस्तावित ६ प्रदेशको सीमांकन पुनरावलोकन गरी सात प्रदेशको संघीय संरचना निर्माण गर्ने समझदारी गरेका । दलहरुले गरेको सहमति अनुसारको प्रादेशिक विभाजन चित्रमा देखाइएको  अनुसार रहेको छ । संविधान मस्यौदा समितिले २०७२ भाद्र ४ गते  सात प्रदेशको सीमांकनसहितको ‘संविधान विधेयक’ तयार गरी संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएको । 
  • भाद्र ६ :- मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको परिमार्जित विधेयक संविधानसभा समाक्ष प्रस्तुत गरेका ।

 

  • भाद्र ७ :- रक्सौल–अमलेखन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी औपचारिक सम्झौता भएको  सम्झौतापत्रमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेका थिए । निर्माण अवधि ३० महिना- कुल लागत खर्च ४ अर्ब ४० करोड- एक पटकमा ३ हजार किलोलिटर आयात गर्न सकिने उक्त पाइपलाइनको ।

 

  • भाद्र ७ :- भूकम्पपछिको पुनर्निर्माण तथा ठूला आयोजनामा केन्द्रित चालू आर्थिक वर्ष (2073/073) को बजेट संसदले  पारित गरेको  । संसद बैठकमा विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित भएको  ।

 

  • भाद्र ८ :- सर्वोच्च अदालतले सरोगेसी सेवा (भाडाको कोखमा बच्चा जन्माउने काम) तत्कालका लागि रोक लगाउन सरकारका नाममा अन्तिरिम आदेश जारी गरेको  ।

 

  • भाद्र १२ :- नेपाली युवा टिमले भारतलाई शनिबार टाइब्रेकरमा ५–४ ले पराजित गर्दै साफ यू–१९ च्याम्पियन बनेर २२ वर्षपछि मुलुकलाई फुटबलमा अन्तर्राष्ट्रि्रय उपाधि दिलाएको । यस अघी नेपाली राष्ट्रिय फुटबल टिमले ढाका (बंगलादेश) मा भारतलाई टाइब्रेकरमा ४–३ ले हराएर सन् १९९३ को छैटौं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेको थियो।

 

  • भाद्र १३ :- संविधानसभाले  नेपालको संविधान विधेयक २०७२ लाई सैद्धान्तिक रूपमा पारित गरेको । संविधान विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावमाथि लगातार पाँच दिनसम्म भएको छलफलपछि संविधानसभाको बहुमतले विधेयकको सिद्धान्तलाई स्वीकार गरेको ।

 

  • भाद्र १७ :- सेप्टेम्बर महिनाको लागि जारी नयाँ फिफा वरीयतामा नेपाल मौरिसससँगै १ सय ८५ औं स्थानमा  । नेपाल एसियाली वरीयतामा अन्तिमबाट तेस्रोमा छ । नेपालभन्दा पछाडि मकाउ (१८७) र मंगोलिया (२०२) छन् ।

 

  • भाद्र १८ :- कार्यक्रमकालागी अमेरिकामा रहेका विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको ७६ वर्षको उमेरमा  निधन भएको  । पुरन्धारा ८ रिमखोली निवासी डाँगी २०६८ फागुन १४ मा विश्वका होचो व्यक्तिका रूपमा गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए ।उनी २१ दशमलव ५ इन्च अग्ला थिए । सल्यानको रामपुर ८ तारिके गाउँमा जन्मेका डाँगी १४ वर्षदेखि दाङमा बस्दै आएका थिए ।
  • भाद्र २० :- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सञ्चालक समिति बैठकले ललितपुर उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर रुद्र गौतमलाई महाप्रबन्धकमा नियुक्त गरेको ।
  • भाद्र २० :- न्यायपरिषद्ले मेडिकल कलेज र काउन्सिलको मुद्दा सम्बन्धमा अदालतले फैसला गर्दा आर्थिक चलखेल भएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। परिषद्को  बैठकले सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद सिटौला सम्मिलित दुई सदस्यीय समिति गठन गरेको हो। समितिले सम्बन्धित मुद्दाको मिसिल, फैसला, आदेश र संलग्न न्यायाधीशको ट्रयाक रेकर्ड अध्ययन गरेर २१ दिनभित्र प्रतिवेदन बुझाउने छ ।
  • भाद्र २२ :- संविधानसभाले  संविधान विधेयकमा दफाबार छलफल सुरु गरेको  ।
  • भाद्र २२ :- ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ नाराका साथ ३६औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको । दिवसका अवसरमा प्रदान गरिने राष्ट्रिय शिक्षा पुरस्कार बाट यस बर्ष सामुदायिक विद्यालय तर्फ  काठमाडौंको सीतापाइलास्थित युवा सहभागिता मावि र संस्थागत विद्यालय तर्फ ललितपुरको कुपन्डोलस्थित नाइटिंगेल इन्टरनेसनल माविलाई प्रदान । पुरस्कारको राशी २ लाख रुपैया रहेको ।
  • भाद्र २४ :-  "निजामती सेवाको सपना: समृद्ध नेपालको रचना" भन्ने नाराका साथ निजामती सेवा दिवस मनाइएको । सरकारले उत्कृष्ट काम गरेका १० जनालाई एक/एक लाख रुपैयाँको उत्कृष्ट र ३० जनालाई जनही ५० हजार रुपैयाँको निजामती पुरस्कार दिने निर्णय गरेको । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सवोच्च अदालतका सहरजिस्ट्रार विपुल न्यौपाने, गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकाल, अख्तियारका सहसचिव बेगेन्द्र शर्मा पौडेल, अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, काठमाडौंका प्रजिअ एकनारायण अर्याल छन् ।
  • भाद्र २७ :- संविधानसभाले संविधान विधेयकमा मतदान सुरु गरी नयाँ संविधान पारित गर्ने निर्णायक प्रक्रिया अघि बढाएको ।
  • भाद्र २८ :- विभिन्न एसियाली मुलुकमा महिला, शान्ति र सुरक्षामा काम गर्ने राष्ट्रसंघीय ‘एन पिस’ नेटवर्कको अवार्डमा कम्लरी बालिका, युवतीको उद्धार र शिक्षाको क्षेत्रमा काम गर्ने कौशिला चौधरी र ‘योङ सिंगल मदर’ का पक्षमा काम गर्ने शर्मिला थापा चुनिएका । उनीहरूलाई अक्टोबर २३ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा अवार्ड प्रदान गरिनेछ ।
  • भाद्र २९ :- संविधानसभाले असोज ३ मा राष्ट्रिय समारोहका रूपमा अन्तिम बैठक गरी नयाँ संविधान जारी गर्ने कार्यक्रम तय गरेको  ।
  • भाद्र २९ :- उद्योग व्यवसाय सञ्चालन गर्न सकारात्मक वातावरण बन्दै गएकाले नेपाल दक्षिण एसियाली मुलुकहरूमा आर्थिक स्वतन्त्रताको सूचीमा तेस्रो स्थानमा पुगेको  । समृद्धि फाउन्डेसन र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदनले न्याय व्यवस्था तथा सम्पत्ति अधिकारको सुरक्षामा नेपाललाई ४ दशमलव ३३ अंक दिएको  । त्यस्तै अन्तर्राष्ट्रिय व्यापारको स्वतन्त्रतामा ६ दशमलव ४७ अंक पाएको नेपालले पछिल्ला वर्षको तुलनामा सुधार गरेको प्रतिवेदनमा उल्लेख छ ।
  • भाद्र ३० :-  संविधानसभाको अत्यधिक मतबाट नयाँ संविधान पारित भएको । यो संविधान २०७२ आस्विन ३ गते देखी लागु हुनेछ । यो संविधानको पक्षमा ५ सय ७ र विपक्षमा २५ मत परेको थियो ।


यी हुन् नेपालको संविधान २०७२ का विशेषता

–    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
–    सार्वभौम र राजकीय सत्ता जनतामा
–    सात प्रदेशको संघीय संरचना
–    संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
–    संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति
–    सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख
–    प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
–    दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने
–    दुईतिहाइले संशोधन गर्न सकिने
–    मिश्रित निर्वाचन प्रणाली
–    केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्
–    प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य
–    केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
–    राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य
–    प्रदेशमा एक सदनात्मक संसद्
–    ७ प्रदेशमा कुल सांसद ५५०
–    प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख
–    प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद्
–    प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने
–    ३७ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान
–    प्रदेशको सीमांकन संघीय आयोगले टंग्याउने
–    प्रदेशको नामकरण प्रदेश संसदको द’ईतिहाइले गर्ने
–    प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन ह’ने ।
–    संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन
–    प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
–     एकीकृत न्यायपालिका
–    केन्द्रमा सर्वोच्च अदालत
–    सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने
–    प्रदेशपिच्छे उच्च अदालत
–    साबिक जिल्लामा जिल्ला अदालत
–    आमा वा बाब’को नामबाट वंशजको नागरिकता
–    धर्मनिरपेक्ष राष्ट्र
–    धर्मनिरपेक्षताको व्याख्या– धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झन’पर्छ
–    मधेसी, थारू, म’स्लिम, आदिवासी जनजातिका लागि छ’ट्टाछ’ट्टै आयोग
–     सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली
–    राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्
–    जिल्ला प्रशासनिक इकाईका रूपमा रहने
–    जिल्लामा निर्वाचित जिल्ला सभा रहने
–    सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको प’न:संंरचना गर्ने
–    स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने संक्रमणकालीन व्यवस्था
–    चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।
–    ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।
–    संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभाम’ख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था

अन्तराष्ट्रिय समसामयिक गतिविधी

  •     August 30, 2015  :- पाकिस्तानले ईस्लामिक स्टेट (आई एस्) लाई प्रतिबन्धित घोषणा  गरेको । राष्ट्र संघले अफगानिस्तान र पाकिस्तानके आतंकवादी संगठन आई एस् लाई सहयोग गरेको भनेपछी पाकिस्तानले उक्त घोषणा गरेको ।


विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय समाचारपत्र का आधारमा बिष्णु प्रसाद गौतम द्वारा तयार पारीएको । विभिन्न प्रतियोगितात्मक परीक्षाको दृष्‍टिले महत्वपूर्ण समसामयिक गतिविधी मात्र समावेश गरिएको छ । यस् स्तम्भको बारेमा सिधै सुझाव दिन ९८४१६०९६७२ मा सम्पर्क गर्नसक्नुहुन्छ ।


You need to login to comment.

Facebook Comments