Welcome, Guest

श्रावण २०७२

2072-04-32  /  1.9K 0

राष्ट्रिय

  • श्रावण १- काभ्रे र रामेछापमा किसान/व्यवसायीका लागि राम्रो स्रोत बन्दै आएको बुद्धचित्तको रूख/बिरुवा संसारकै नयाँ रैथाने प्रजाति पुष्टि भएको । वन मन्त्रालयका सहसचिव तथा वनस्पतिविद् डा. खेमराज भट्टराई र अनुसन्धानकर्ता मित्र पाठकले प्रमाणित गरेका हुन् । दुईजनाको अनुसन्धानबाट प्रमाणित भएकाले उक्त प्रजातिको नामै ‘जिजिपस बुद्धेन्सिस केआर भट्टराई एन्ड पाठक’ रहेको छ ।
  • श्रावण १- केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०६८ को जनसंख्या वृद्धि दरका आधारमा हरेक दिनको जनसंख्या उल्लेख गर्दै नेपालमा पहिलोपल्ट जनसंख्या घडीको व्यवस्था गरेको । जस अनुसार २०७२ साउन १ गते नेपालको जनसंख्या २ करोड ८० लाख ६४ हजार ६ सय १४ रहेको । हाल उक्त जनसंख्या घडी थापाथली स्थित विभागको केन्द्रिय कार्यालयमा राखिएको छ ।
  • श्रावण ४ - बरिष्ठ साहित्यकार डिल्लीरमण शर्मा अर्यालको निधन भएको । वि.स. १९८८ चैत ७ गते धादिङ नलाङमा जन्मेका अर्यालका श्रीरङ्गस्तुति, वेदनिधि, गंगाजमुना, मुटु खायो, गुरुदक्षिणा, थोपल, नेपाल दर्शन लगायतका २५ वटा साहित्यिक, खोजमूलक र भाषा व्याकरणका कृतिहरु प्रकाशित छन् ।
  • श्रावण ६ - राष्ट्रपति रामवरण यादवले स्वकीय सचिव ललितबहादुर बस्नेतलाई विशेषज्ञ पदमा नियुक्त गरेका । कानुनी विषयमा राष्ट्रपतिलाई सुझाव र सल्लाह दिन बस्नेतलाई विशेषज्ञ नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको  ।
  • श्रावण ७- गर्भनर चिरञ्जीवी नेपालद्वारा  चालु आर्थिक वर्षको मौदि्रक नीति सार्वजनिक । अब वाणिज्य बैंकले ८ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकले २ अर्ब ५० करोड र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीले ८० कारोड चुक्ता पूँजी जम्मा गर्नुपर्ने हुन्छ ।  चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले १ अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले ५० करोड र एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीनको चुक्ता पूँजी ४० करोड पुर्याइएको छ । बैंकहरुले आगामी २ वर्ष भित्र पूँजी बढाईसक्नुपर्ने छ ।
  • श्रावण ८- कल्याणकारी कोषसम्बन्धी नियमावली मन्त्रिपरिषदको बैठकले पारित गरेको । जस अनुसार अब निजामती सेवामा पनि  सेना र प्रहरीमा जस्तै कल्याणकारी कोष स्थापना हुने भएको छ । त्यस्तै मन्त्रिपरिषद्ले कृष्ण गिरीलाई न्याय परिषद्को सचिव र श्रीकान्त पौडेललाई सर्वोच्च अदालतको रजिस्टार बनाएको । यी दुवैको विशिष्ट श्रेणीमा बढुवा गरिएको हो । यस्तै, सोही बैठकले खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षमा उपेन्द्र कुमार अधिकारीलाई नियुक्त गरेको ।
  • श्रावण १० - नेपाल क्रिकेट संघ क्यानले प्रमुख कार्यकारी अधिकृत सिईयो भावना घिमिरेको पदावधी ६ महिना थप्ने निर्णय गरेको , उनको पदावधि गत साउन २ गते सकिएको थियो ।
  • श्रावण ११ - मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामवरण यादवले  कानुनविपरीत भ्रष्टाचारको मुद्दामा जेल परेका उद्योगी प्रदिपजंग पाण्डेसहित २१ जनाको बाँकी कैद सजाय माफी दिएका ।
  • श्रावण ११ - प्राकृतिक प्रकोप लगायतका कारणले करदाताको सूचना नष्ट हुने सम्भावनालाई ध्यानमा राखेर आन्तरिक राजश्व विभागले पहिलो पटक भैरहवामा ‘डिजाष्टर रिकोभरी सेन्टर’को स्थापना गरेको । नेपाल–जर्मन राजश्व प्रशासन सहयोग परियोजनाबाट संयुक्त रुपमा भैरहवास्थित आन्तरिक राजश्व कार्यालय भवनमा यस सेन्टरको स्थापना भएको हो ।
  • श्रावण १२ - त्रिभुवन विश्वविद्यालय र भारतको आसाम डाउन टाउन विश्वविद्यालयबीच एक-अर्काको शैक्षिक कार्यक्रम सञ्चालन गर्न  दुईपक्षीय सम्झौता भएको । आसाम डाउन टाउन विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबीच पनि दुईपक्षीय सम्झौता भएको छ । त्रिवि र सीटीईभीटीसँग सम्झौतापछि उक्त विश्वविद्यालय पढेका विद्यार्थीले अब समकक्षताको मान्यता पाउने निश्चित भएको छ ।
  • श्रावण १४ - सरकारले सार्वजनिक पदाधिकारीहरुको वैदेशिक भ्रमण र उपहार सम्बन्धी नयाँ मापदण्ड 'विदेश भ्रमण सम्बन्धी निर्देशिका' ल्याएको  । उक्त बैठकले सार्वजनकि ओहदामा बसेका व्यक्तिले प्रयोग गर्ने सवारी साधन मरम्मत सम्बन्धी निर्देशिका पनि  पारित गरेको  । बैठकले नलसिंगाढ जलशाय युक्त जलविद्युत आयोजनको कार्यकारी निर्देशकमा मोतीबहादुर कुँवर, केन्द्रीय बाल कल्याण समितिको सदस्यमा खकिन्द्रबहादुर भण्डारी, संस्कृतिक संस्थानको महाप्रबन्धममा राजेश थापा र राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा निर्मला आचार्यको नियुक्ति गरेको छ । त्यस्तै, शान्ति तथा पुनर्निमाण मन्त्रालयका सचिव खुमराज पुञ्जालीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको विशिष्ठ अधिकृतमा पठाइएको छ ।
  • श्रावण १४- अविरल वर्षासँगै कास्कीमा पहिरो खसेको पहिरोमा पारी दर्जनौको मृत्‍यु भएको ।
  • श्रावण १६ - इन्सेकले वर्षेनी प्रदान गर्दै आएको प्रकाश मानवअधिकार पुरस्कार यसवर्ष राजविराजका  अधिकारकर्मी बैद्यनाथ झालाई प्रदान गरिएको  ।
  • श्रावण १९ -  सरकारले ‘माथेमा प्रतिवेदन’ सार्वजनिक गरेको । मन्त्रिपरिषद्अन्तर्गत सामाजिक समितिको  बैठकले ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२’ सार्वजनिक गर्ने निर्णय गरेको हो।
  • श्रावण २० - सरकारले स्थानीय विकास सचिव सोमलाल सुवेदीलाई मुख्यसचिवमा बढुवा गरेको  । उनले श्रावण २२ देखी आफ्नो जिम्मेवारी  सम्हाल्ने ।
  • श्रावण २३ -  मुख्य दलहरुबीच ६ प्रदेशमा सहमति भएको  । पूर्वमा मेची, कोसीसहित सगरमाथा अञ्चलका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लासहितको प्रदेश बन्नेछ । सप्तरीदेखि पर्सासम्मका तराईका जिल्लाको अर्को प्रदेश निर्माण हुनेछ भने वाग्मती तथा नारायणीका मकवानपुर, चितवन तथा जनकपुररका सिन्धुली, दोलखा र रामेछाप जिल्ला समेटिएको अर्को प्रदेश बन्नेछ । नवलपरासीको दाउन्नेबाट पूर्वको क्षेत्रसहित गण्डकी र धवलागिरीका जिल्ला समेटिएको चौथो प्रदेश हुनेछ भने पाँचौ प्रदेश राप्तीका सबै जिल्लासहित नवलपरासीको दाउन्नेसम्मको भूभागको बन्नेछ । सुदूरपश्चिममा भने सेती, महाकाली, कर्णाली अञ्चलका सबै जिल्ला र भेरीका सुर्खेत, जाजरकोट र दैलेख जिल्ला समेटिएको प्रदेश बन्नेछ ।
  • श्रावण २५ - वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा  निधन भएको  । देवकोटाको जन्म विसं १९८६ मा गोरखाको पण्डितगाउँमा भएको थियो । विसं २००७ को जयतु संस्कृतम् आन्दोलनका एक अगुवा देवकोटा पटकपटक मन्त्री र राष्ट्रिय पञ्चायतको अध्यक्ष भएका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक, राष्ट्रवादी अभियानका संयोजक थिए । साहित्यिक आख्यान लेखनमा पनि स्थापित देवकोटाले ‘उत्सर्ग प्रेम’ उपन्यासका लागि २०४४ सालमा मदन पुरस्कार पाएका थिए । उनले साहित्यिक लेखनका क्रममा साझा पुरस्कार, वेदनिधि पुरस्कार, भानु पुरस्कार जस्ता पुरस्कार पाएका थिए ।
  • श्रावण २७ - संविधानसभाले संवाद समितिले पेस गरेको प्रतिवेदनलाई  विधेयकको रुप दिन मस्यौदा समितिलाई जिम्मा लगाएको  । प्रारम्भिक मस्यौदामा थप छलफल र प्रमुख दलबीच सहमति जुटाएर संवाद समितिले प्रदेशको सिमाकंन सहितको परिमार्जित मस्यौदाको प्रतिवेदन संविधानसभामा बुझाएको थियो ।
  • श्रावण २(12 Aug) - भारत सरकारको मन्त्रिपरिषद्ले नेपालमा पेट्रोलियम पदार्थ निर्यात गर्न लामो समयदेखि प्रस्तावित रक्सौल-अमलेखगन्ज पाइपलाइन निर्माण सम्झौतालाई अनुमोदन गरेको  । भारतको पेट्रोलियम मन्त्रालय र नेपालको आपुर्ती मन्त्रालयबीच थुप्रै चरणमा कुराकानी भएर १० बर्षअघि नै प्रस्तावित नेपाल-भारत रक्सौल(बिहार)-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिच्छ्याउने प्रस्तावना द्धैदेशीय तदारुकता नभएर अड्किएर बसेको थियो । रक्सौल(भारत) देखि अमलेखगन्ज(नेपाल) सम्मको ४१ किलोमिटर दुरीमध्ये ३९ किलोमिटर पाइपलाइनको हिस्सा नेपाली भुभागभित्र पर्छ । पाइपलाइन निर्माणमा लाग्ने झण्डै २ सय करोड रुपैंया भारत सरकारले बेहोर्ने र यो शर्तमा अबको १५ बर्षसम्म इन्डियन आयल निगम (आइओसी)बाट नेपालले पेट्रोलियम पदार्थ खरिद्नुपर्ने प्रावधान छ ।
  • श्रावण २८ - सरकारले भदौ २४ देखि लागू हुने गरी कामु प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई प्रधानसेनापतिमा बढुवा गर्न राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गरेको  । क्षेत्री २०३५ कात्तिक ७ मा सैनिक सेवा प्रवेश गरेका हुन् ।
  • श्रावण २८ - मन्त्रिपरिषद्को   बैठकले  आयोगका उपाध्यक्ष पोखरेललाई सिइओ बनाउने निर्णय गरेको  ।
  • श्रावण २९- राष्ट्रिय योजना आयोगले पहिलोपटक मुलुकको सात वर्षीय योजना बनाउने भएको जनाएको। आर्थिक वर्ष २०७२/७३ देखि ७८/७९ सम्मको ‘सात वर्षीय चौधौं योजना’ बनाउने निर्णय आयोगको श्रावण २९  को बैठकले गरेको हो ।
  • श्रावण २९- राष्ट्रिय योजना आयोगले पुनर्निर्माण नीति पास गरेको  । उक्त नीति प्राधिकरणमा पेस हुनेछ । सोही आधारमा प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी योजना र कार्यक्रम ल्याउने छ ।

अन्तराष्ट्रिय

  • 18 July- अमेरिकी अनुसन्धान संस्था नासाले प्लुटो ग्रहमा रहेको एक हिमालको नाम नोर्गे मन्टेस राखेका । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो व्यक्ति तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा उक्त हिमालको नाम राखिएको  । शेर्पाले न्यूजिल्याण्डका एडमन्ड हिलारीसँगै सन् १९५३ मा सगरमाथा चढेका थिए ।
  • 27 July- ‘मिसाइल म्यान’ का रूपमा चिनिने भारतका ११ औं राष्ट्रपति एपीजे अब्दुल कलामको ८३ वर्षको उमेरमा  मेघालयको सिलोङमा निधन भएको  । उनले भारत रत्न, पद्म भूषण, पद्म विभूषणलगायत प्रतिष्ठित सम्मान पाइसकेका छन् । उनका विङ्ज अफ फायर, टर्निङ पोइन्ट्स, इग्निटेड माइन्ड्स लगायत दर्जनभन्दा बढी सकारात्मक सोच र प्रवचनका पुस्तक प्रकाशित छन् । १९९८ मे ११ मा भारतले गरेको ‘पोखरन २’ को आणविक परीक्षणका कारण परमाणु वैज्ञानिक उनको नाम चर्चामा आएको थियो । सन् २००२ देखि २००७ सम्म राष्ट्रपति रहे । तत्कालीन सत्तारुढ भारतीय जनता पार्टी र विपक्षी कंग्रेस आई दुवैको समर्थनमा राष्ट्रपति छानिएको थियो । सन् २००८ नोभेम्बरमा काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा विशिष्ट अतिथि बनेका थिए । उनले दीक्षान्तबाहेक ‘सामाजिक रूपान्तरणको विविधता’ माथि विशेष प्रवचन दिएका थिए ।
  • 28 July- भुटानको थिम्पुमा  सार्कको गरिबी निवारण मन्त्रीस्तरीय बैठक सुरु भएको । बैठकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को गरिबीलाई शून्यमा झार्न गरिएको प्रयास राष्ट्रसंघीय मोडलमा ‘मर्ज’ गर्दै त्यही योजनालाई थप चुस्त बनाएर अघि बढ्न सदस्य मुलुकहरू सहमत भएका । सार्क सदस्य मुलुक नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानले ‘पोस्ट २०१५’ भन्दै राष्ट्रसंघको गरिबी निवारण तालिका अनुरूपको कार्ययोजनामा जोड दिएका हुन् ।
  • 29 July - रेमन म्यागासेसे पुरस्कार प्रतिष्ठानले यस वर्षको रेमन म्यागासेसे पुरस्कार २ भारतीयसहित ५ दक्षिण र दक्षिण पूर्वी एसियालीले पाउने निर्णय गरेको । जसअनुसार भारतबाट भ्रष्टाचारविरोधी अभियन्ता सञ्जीव चतुर्वेदी र समाजसेवी अंशु गुप्ता छनोट भएका छन् । उनीहरूबाहेक लाओसकी कोम्माली चान्थाभोङ, फिलिपिन्सकी लिगाया फर्नान्डो एमिलबाङ्सा र म्यान्मारका चाउ थुले पनि म्यागासेसे पुरस्कार पाउने भएका छन् । लाओसमा रेशम बुन्ने लोपोन्मुख प्राचीन विधालाई जीवित बनाएर चान्थाभोङले जीविकोपार्जन गर्ने वर्गसम्म पुर्‍याएकी छन् । फर्नान्डोले फिलिपिन्सका लोपोन्मुख कलाकृतिलाई जीवित राख्न योगदान दिएकी छन् । यस्तै, म्यान्मारमा जीवित र मृत व्यक्तिका आधारभूत अधिकारका लागि दिएको योगदानको कदरस्वरूप चाउ थुलाई पुरस्कार दिइने भएको हो । फिलिपिन्सका तेस्रा राष्ट्रपति रेमन म्यागासेसेको स्मृतिमा सन् १९५७ मा उक्त पुरस्कार स्थापना गरिएको हो ।
  • 31 July - सन् २०२२ को शीतकालीन ओलम्पिक बेइजिङमा हुने भएको । यससँगै बेइजिङ गृष्मकालीन र शीतकालीन ओलम्पिक दुवै आयोजना गर्नै पहिलो सहर बन्ने छ । सन् २००८ मा बेजिङले गृष्मकालीन ओलम्पिकको आयोजना गरेको थियो । सन् २०२२ को शीतकालीन ओलम्पिक मार्चमा हुनेछ र मुख्य आयोजना स्थल ग्रेट वालको छेउमै रहनेछ । सन् २०१८ को शीतकालीन ओलम्पिक दक्षिण कोरियामा आयोजना हुनेछ ।

बिष्णु प्रसाद गौतम


You need to login to comment.

Facebook Comments