Welcome, Guest

२०७२ असार

2072-03-31  /  1.8K 0

असार १ - संयुक्त राष्ट्रसंघको आगामी ७० औं महासभाको प्रशासन तथा बजेटरी कमिटीको अध्यक्षमा नेपाल निर्वाचित भएको ।  राष्ट्रसंघको पाँचौ कमिटीका नामले समेत चिनिने उक्त कमिटीको अध्यक्षमा नेपाल सर्वसम्मतिले निर्वाचत भएको छ । मन्त्रालयका अनुसार राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले अध्यक्षका रूपमा आगामी सेप्टेम्बर १५ देखि सन् २०१६ को सोही महिनासम्म काम गर्नेछन् ।
 
असार ४ - सर्वोच्च अदालतले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्न आदेश दिएको  । न्यायाधीश गिरिषचन्द्र लालको इजलासले अन्तरिम संविधानको धारा (१), ८२ र १३८ बमोजिम अर्को आदेश नभएसम्मका लागि  १६ बुँदे सहमति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । चार दलबीच भएको सहमति अन्तरिम संविधानविपरीत भएको भन्दै  विजयकान्त कर्णले रिट हालेका थिए । संविधानका विवादित विषयमा प्रमुख दलहरुबीच जेठ २५ गत राति १६ बुँदे सहमति भएको थियो ।
असार ४ - व्यवस्थापिका–संसद अन्तर्गत राज्य व्यवस्था समितिले  नेपाली सेनाको मुख्यालय अनुगमन गरेको । अनुगमनको क्रममा समिति सदस्यलाई प्रधानसेनापति गौरव शम्शेर जबराले सेनाले अहिलेसम्म गरेका कामहरुको ब्रिफिङ गरेका छन् । समिति सदस्यहरु नेपाली सेनाको मुख्यालय गएको यो पहिलोपटक हो।
 
असार ५ - रुकुममा असार ५ गते साँझ ५.४ म्याग्निच्युडको भूकम्प गएको  । साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प गोरखाको बारपाक केन्द्र भएर वैशाख १२ गते गएको भूकम्पसँग सम्बन्धित छैन ।
 
असार ६ - मन्त्रिपरिषद बैठकले ‘भुकम्पबाट भएको क्षतिको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अध्यादेश’ पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको  । पुन:निर्माण परामर्श राष्ट्रिय समिति र पुन:निर्माण प्राधिकरण दुवैको अध्यक्षता प्रधानमन्त्रीले गर्ने छन् । परामर्श राष्ट्रिय समितिमा सबै मन्त्रीहरु सदस्य रहने छन् । व्यवस्थापिका संसदका विपक्षी दलका नेता सदस्य रहने छन् । पुर्व प्रधानमन्त्रीहरुलाई पनि परामर्श समितिको सदस्यमा राखिएको छ । संविधानसभामा प्रतिनिधत्व गर्ने सबै राजनीतिक दलका प्रमुख हरु पनि यस समितिको सदस्य हुने अध्यादेशमा व्यबस्था छ । यसको एक तहमुनि प्रधानमन्त्रीकै अध्यक्षतामा पुन:निर्माण प्राधिकरण हुने छ । प्रधिकरणमा ४ बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी निर्देशक (सिईओ) हुने छन् । उनलाई प्रधानमन्त्रीले चाहेमा हटाउन सक्नेछन् । मुख्य सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र केही मन्त्री प्राधिकरणको सदस्य रहने छन् । प्राधिकरण र अध्यादेशका रुपमा आउने ऐन पाँच बर्षे अवधिको हुने छ । नेपाल सरकारले चाहेमा यसको अवधि एक बर्ष थप्न सक्ने व्यबस्था गरिएको छ ।
 
असार ७ - राष्ट्रपति डा. रामवरण यादवले  नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अध्यादेश जारी गरेका  ।
 
असार ८ - विख्यात मानवसेवी मदर टेरेसाकी उत्तराधिकारी नेपाली चेली सिस्टर निर्मलाको कोलकातामा निधन भएको  ।
असार ८ - श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र खाडी मुलुकको लागि ‘फ्री भिसा र टिकट’ को निर्णय असार २१ देखि लागू गर्ने भएको ।
 
असार १० - भूकम्पपछिको पुनस्थापना, पुननिर्माण र नवनिर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले आयोजित नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन – २०१५ काठमान्डौमा सुरु । दाताहरुले आगामी ५ बर्षसम्म हुने पुर्ननिर्माणका लागि मात्रै दाताहरुले ४ खर्ब ४० अर्ब रुपैया उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन ।
    कसको कति सहयोग प्रतिवद्धता
    भारत                      १ खर्ब
    चीन                        ७७ अर्ब
    एशियाली विकास बैंक   ६० अर्ब
    विश्व बैंक                  ५० अर्ब
    जापान                      २६ अर्ब
    संयुक्त राज्य अमेरिका  २३ अर्ब
    युरोपियन युनियन       ११ अर्ब
    नर्वे                          २ अर्ब ९८ करोड
    बेलायत                     ११ अर्ब
 
असार १० - राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य–सचिवमा केशव विष्ट  नियुक्त भएका । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष पुरुषोत्तम पौडेलले विष्टलाई राष्ट्रिय खेलकुद विकास ऐन २०४८ अनुसार नयाँ सदस्य–सचिवमा नियुक्त गरेका हुन् ।
असार ११ - त्रिभुवन विश्वविद्यालयले मावनशास्त्रको छुट्टै विभाग गठन गर्ने निर्णय गरेको  । त्रिविअन्तर्गत २०३८ सालमा समाशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभाग गठन भएको थियो ।
 
17 June, टर्कीका पूर्व राष्ट्रपति सुलेमान डेमिरेलको  ९० वर्षको उमेरमा निधन भएको  । डेमिरेलले सन् १९९३–२००० सम्म टर्कीको राष्ट्रपति पद सम्हालेका थिए । यस्तै चार दशक लामो राजनीतिक जीवनमा उनी ७ पटक प्रधानमन्त्रीसमेत भएका थिए । दुईपटक उनको सरकारलाई सैन्य कुबाट हटाइएको थियो ।
18 June, दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करण भारतले गुवाहाटी र सिलोङमा आयोजना गर्ने भएको  ।
 
असार १३ - संविधान मस्यौदा समितिको पूर्ण बैठकले नयाँ संविधानको मस्यौदा सर्वसम्मतिद्वारा  मुलुकको भावी संविधानको मस्यौदा पारीत । 
 
असार १४ - संसदीय सुनुवाइ समितिले सोमबार न्यायाधीश कल्याण श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको । श्रेष्ठले असार २३ गतेबाट पद सम्हाल्ने  ।
असार १४ - सरकारले उपलब्ध गराउने नि:शुल्क औषधि वितरण सेवा अस्पताल आफैंले सुरु नगरेसम्म अस्पताल परिसरमा खोलिएका निजी औषधि पसल सञ्चालनमा रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको  । 
 
असार १५ - संविधानको मस्यौदा संविधानसभामा पेस छ । मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले मस्यैदा पेस गरेका थिए । 
असार १५ - यस वर्षको 'आदिकवि भानुभक्त पुरस्कार' साहित्यकार आर.डी. प्रभास चटौतलाई दिइने निर्णय । नेपाली शिक्षा परिषदले नेपाली भाषा, साहित्य तथा संस्कृतिमा विशिष्ट योगदान पुर्‍याएकोले चटौतलाई उक्त पुरस्कार दिइने निर्णय भएको । 
 
असार १५ - मन्त्रिपरिषदको विधेयक समितिले सशस्त्र प्रहरी बललाई पनि ‘पक्राउ’ को अधिकार दिने नियमावली पारित गरेको । संसदको राज्य व्यवस्था समितिले आफूले अन्तिम टुंगोमा नपुग्दासम्म निर्णय नगर्न दिएको निर्देशनविपरीत विधेयक समितिले नियमावली संशोधन प्रस्ताव स्वीकृत गरेको हो ।
 
असार १७ - असार १५ गते धान दिवसका अवसरमा राजधानीको मूलपानीमा भएकाे रोपाईं कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका कृषि मन्त्री हरिप्रसाद पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका  । 
 
असार १८ - नेपाल उद्योग वाणिज्य महासंघमा पशुपति मुरारका सर्वसम्मत अध्यक्ष भएका । 
असार १८ - बीपी राजमार्ग जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको । कुल १६० किलोमिटर उक्त राजमार्गमा अहिले पूर्वी तराईदेखि सिन्धुली हुँदै रामेछाप मन्थली तथा राजधानीसम्मका लागि दैनिक सञ्चालन भइरहेका  । उक्त राजमार्ग ०५२ सालमा निर्माण थालिएको थियो ।
असार १८ - नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा भवानी राणा निर्वाचित भएकी । 
 
असार १९ - नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरियतामा प्रवेश गरेको । ४ जुलाईमा  नेदरल्यान्ड्ससँगको चार खेलको शृंखला पूरा गरेसँगैं नेपालले अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) को महत्वपूर्ण उपलब्धि हात पारेको हो । हाल नेपाल १५ औं स्थानमा रहेको छ । 
असार २१ - शिक्षा मन्त्रालयले प्लस टुमा प्राविधिक धारबाट अध्ययन गर्न पाउने व्यवस्था गरेको  ।
 
July 6- अमेरिकाले महिला विश्वकपको फाइनलमा जापानलाई ५–२ ले हराउँदै उपाधि जितेको  । 
 
असार २२ - संविधानको प्रारम्भिक मस्यौदा पारित भएको  ।
असार २२(July 7) - ग्रिसमा 5 july मा  सम्पन्न जनमत संग्रहको परिणाम सरकारका पक्षमा आएको  । जसअनुसार मतदाताले आफ्नो देश युरोजोनमा नरहने पक्षमा मत दिएका  ।
 
असार २३ - राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राष्ट्रपति भवन शितलनिवासमा  पद तथा गोपनीयताको शपथ गराएका । 
असार २३ - सरकारको आ व २०७२-७३ नीति तथा कार्यक्रम राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका संसदको बैठकमा प्रस्तुत गरेका  ।
 
असार २४ - विवादित राष्ट्रसंघ उच्चअधिकारी जिङले आफ्नो नेपाल भ्रमण प्रतिवेदन  राष्ट्रसंघमा पेस गरेका ।   उनले नेपाल भ्रमण सकेर फर्कनुअघि आफ्नो प्रतिवेदनमा ‘नेपाललाई दिइने सहयोग रोक्ने सुझाव उल्लेख हुन सक्ने’ चेतावनी दिएका थिए।
असार २४ - संविधानको मस्यौदामा सर्वसाधारणको राय सुझाव लिने जनमत संकलन कार्ययोजना संविधानसभाबाट पारित भएको ।
 
असार २५ -  सरकारद्वारा प्रस्तुत निजामती सेवा ऐन संशोधन विधेयक संसदबाट शुक्रबार पारित । 
 
असार २६ - नेपालको जनसंख्‍या करिव ३ करोड नजिक पुगेको  । विश्व जनसंख्या दिवसको अवसर पारेर केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ पुगेको हो ।
 
असार २७ - July 12, सर्बियाका नोभाक जोकोभिचले स्विजरल्यान्डका रोजर फेडरर्रलाई पराजित गर्दै पुरुष एकलको उपाधी जित्न सफल भएका । 
असार २७ -  राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका संसदमा पेश गरेको आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम संसदको बैठकले बहुमतले पारित गरेको  ।
 
असार २८ - चालू आर्थिक वर्षमा नेपालीको मासिक आम्दानी ३ सय ७३ रुपैयाँ मात्रै बढेको ।  आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति वार्षिक आम्दानी ७१ हजार ५ सयबाट ७६ हजार (७ सय ७२ अमेरिकी डलर) पुगेको । 
 
असार २९ - अर्थमन्त्री रामशरण महतद्वारा ८ खर्ब १९ अर्ब ६४ करोड ८८ लाखको बजेट संसदमा प्रस्तुत ।
 
असार २९ गते २०२ औं भानु जयन्ती समारोहमा पुरस्कार प्रदान गरिएको ।  परिषदले यस वर्षको 'गोपाल पाँडे असीम पुरस्कार' नेपाली भाषा, साहित्यको उन्नयनमा उल्लेख्य योगदान पुर्‍याउने नगेन्द्रराज शर्मालाई प्रदान गर्ने निर्णय समेत गरेको छ ।
 

You need to login to comment.

Facebook Comments