Welcome, Guest

पौष २०७४

2074-10-02  /  24.6K 0

पौष २०७४ को महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  ! 
 
१) नेपालमा पहिलोपटक आयोजित अन्तर्राष्ट्रिय टी-ट्वान्टी त्रिदेशीय हिवलचेयर प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल (वि. स. २०७४ मङ्सिर २८-पुस १)
 
२) प्रभु लाइफ इन्सुरेन्सले औपचारिक रुपमा कारोवार कहिलेदेखि सुरु गरेको हो ? - वि. स. २०७४ मङ्सिर २८
 
३) वि. स. २०७४ मङ्सिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ विजयी हुने महिला सभासद् कति रहेको छन् ? - ६
 
४) इन्टिग्रिटी आइडल-२०१७ अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - मोरङ्का सहायक जिल्ला अधिकारी शोसनारायण पौडेल
 
५) विश्व पर्यटन सङ्घ (World Tourism Organization) को छोटकरी नाम परिवर्तन गरी के बनाइएको छ ? - UNWTO
 
६) लेगाटम प्रोस्परिटी इन्डेक्स-२०१७ अनुसार विश्व सम्बृद्धि सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? - ८९औँ
 
७) काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपाल पानोरमा अन्तर्गत ‘अडियन्स अवार्ड’ र ‘स्पेसल जुरी मेन्सन अवार्ड’ जित्ने नेपाली वृत्चित्र कुन हो ? - द लास्ट हानी हन्टर
 
८) चिनमा हालै (सन् २०१७) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन् ? - सेवास्टियन पिन्येरा
 
९) वि.स. २०७४ पुसमा घोषणा गरिएको बालमैत्री वडा कुन हो ? - राकम कर्णाली (दैलेखको आठविस  न.पा. ४) 
 
१०) साहित्यकार प्रेमा शाहको निधन कहिले भएको हो ? -  वि.स. २०७४ पुस ६
 
११) मैथिली भाषाको राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पहिचान, विस्तार, संरक्षण एवम् सम्बद्धर्न गर्ने उद्धेश्यका साथ १५औँ  अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? - वि.स. २०७४ पुस ७-८, सप्तरीको राजविराज
 
१२) वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्माको निधन कहिले भएको हो ? - वि.स. २०७४ पुस ६
 
१३) सरकारले २०७४ पुष ५ मा सार्वजनिक बहुआयामिक गरिवी सूचकाङ्क (एमपीआई) अनुसार नेपालमा गरिवको सङ्ख्या कति रहेको उल्लेख छ ? - २८.६२ प्रतिशत
 
१४) नातिकाजी राष्ट्रिय विशिष्ठ स्रष्टा सम्मान - २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - वरिष्ठ गायक एलपी जोशी
 
१५) ट्रान्सपरेन्सी इन्टनेसनलले सन् २०१७ डिसेम्बरमा सार्वजनिक गरेको भ्रष्टचार सम्बन्धी सूचकाङ्कमा सबैभन्दा कम भ्रष्ट हुने देश कुन हो ? - डेनमार्क
 
१६) पर्यटन प्रवर्द्धनका लागि नेपाल सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता सन् २०१७ डिसेम्बरमा कहाँ सम्पन्न भयो ? - चीनको छन्तुमा
 
१७) सयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय आप्रवासन-२०१७ शीर्षकको प्रतिवेदन अनुसार धेरै नागरिक विदेशमा हुनेको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? - भारत
 
१८) चीनले विकास गरेको विश्वकै ठुलो ‘उभयचर विमान’ एजी - ६०० ले पहिलो उडान कहिले भरेको हो ? - सन् २०१७ डिसेम्बर २४
 
१९) नेपालसँग दौत्य सम्बन्ध राख्ने १५५औँ राष्ट्र कुन हो ? - लिचेस्टिन (Liechtenstein) २२ डिसेम्बर २०१७
 
२०) वि.स. पुस १३ को मन्त्रिपरिषद् बैठकले मिगौँला फेल भएका, क्यान्सर, स्पाइनल इन्जुरी र अन्य गम्भीर प्रकृतिका बिरामीलाई जीवनवृतिका लागि मासिक कति रकम प्रदान गर्ने निर्णय गर्यो ? - पाँच हजार रुपियाँ
 
२१) लेखनाथ साहित्य पुरस्कार - २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - संस्कृतिविद् तथा साहित्यकार डा. जगमान गुरुङ (पुरस्कार राशि : रु ५० हजार)
 
२२) सन् २०१७ डिसेम्बरमा लाइबेरियामा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी बन्ने उम्मेदवार को हुन् ? - पुर्व स्ट्राइकर जर्ज वेह
 
२३) २०७४ सालमा प्रदान गरिएको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित हुने स्रस्टा को हुन् ? - डा. तारानाथ शर्मा (प्रत्येक चार वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि रु. ४ लाख रहेको)
 
२४) सन् २०१७ मा युरोपको उत्कृष्ट खेलाडी को घोषित भएका छन् ? - क्रिस्टियानो रोनाल्डो
 
२५) २०७४ पुसमा चितवनको सौराहामा सम्पन्न महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि कसले जित्यो ? - पुजाकली
 
२६) स्थानीया सरकार सञ्चालन ऐन, अनुसार भित्री मधेसमा पर्ने जिल्ला कति छन् ? - ७
 
२७) नेपाल र अफ्रिकी मुलुक बुर्किनाफासोबीच औपचारिक रुपमा दिपक्षीय कूटनीतिक  सम्बन्ध कहिले कायम भएको हो ? - सन् २०१७ डिसेम्बर २९
 
२८) वर्ल्ड इकोनोमिक फोरमद्वारा सार्वजनिक ग्लोबल जेन्डर ग्याप रिपोर्ट - २०१७ अनुसार लैङ्गिक समानता भएको देशमा नेपाल कतिऔँ स्थानमा रहको छ ? - १११ औँ
 
२९) संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) द्वारा सन् २०१७ मा सार्वजनिक मानव विकास सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? - १४४ औँ
 
३०) युवा वर्ष मोती पुरस्कार - २०७४ बाट सम्मानित हुने स्रष्टा को हुन् ? - ज्ञानु अधिकारी र अनुपम रोशी
 
३१) विश्व वातावरण दिवस कहिले मनाइन्छ ? - जुन ५
 
३२) नेपाल सरकारले कुन दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेको छ ? - बैशाख २४
 
३३) CTEVT को पुरा रुप के हो ? - Council forTechnical Education and Vocational Training
 
३४) वि. स. २०७४ मङ्सिरमा सम्पन्न निर्वाचनमा प्रत्क्षयतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवारले आफ्नो चुनावी कार्यक्रममा खर्च गर्न पाउने रकमको सीमा कति हो ? - रू २५ लाख (प्रदेश सभा सदस्य उम्मेदवारले खर्च गर्न पाउने रकम : रू १५ लाख)
 
३५) लामो समयदेखि अबरुद्ध दङ्को हवाईसेवा कहिलेदेखि पुन-सञ्चालन भएको छ ? - वि. स. २०७४  पुस २३
 
३६) सन् २०१७ को साहित्य तर्फको नोबेल पुरस्कार विजेता स्रस्टा को हुन् ? - बेलायती लेखक कजुओ इसिगुरो
 
३७) नेपालमा पहिलोपटक आर्थिक गणना कहिले गरिनेभएको छ ? - वि. स. २०७५ बैशाख
 
३८) १०औँ औधोगिक गणना अनुसार नेपालमा उधोग  सञ्चालन भएका जिल्लाको सङ्ख्या कति रहेको छ ? - ६४
 
३९) प्रसिद्ध रानीमहल दरबार कहाँ रहेको छ ? - पाल्पा
 
४०) महिलालाई मताधिकार प्रदान गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ? - न्युजिल्यान्ड
 
४१) पेट्रोलियम पदार्थ निर्यात गर्ने राष्ट्रको समूह ‘ओपेक’ Organization of the Petroleum Exporting Couctries-OPEC मा हाल कति राष्ट्र संलग्न छन् ? - १३
 
४२) चीन र भारत दुवै देशलाई छुने प्रदेश कुन-कुन हुन् ? - प्रदेश नं. १, ३, ४ र ७
 
४३) हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको सार्क राष्ट्र कुन हो ? - अफगानिस्ता 
 
४४) युवा संसद् नेपालद्वारा आयोजित ‘ग्लोवल युय पिस कन्फ्रेन्स-२०१८’ कहिले र कहाँ सम्पन्न भयो ? - वि. स. २०७४ पुस २९-३० (सन् २०१८ जनवरी १३-१४), काठमाडौँ
 
४५) चलचित्र तथा टेलीचलचित्रलाई एकसाथ दिइने हलिउडको प्रख्यात ‘गोल्डेन ग्लोब्स अवार्ड-२०१७’ मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ? - ‘श्री बिलबोर्डस् आउटसाइड एविड’ मिजौरी’
 
४६)   नेपालमा चिनियाँ इन्टरनेट कहिलेदेखि सञ्चालनमा आएको हो ? - वि. स. २०७४ पुस २८
 
४७) सरकारले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय कहिले स्थापना गरेको हो ? - वि. स. २०७४ पुस २९
 
४८) नेपालमा योगदिवस कहिले मनाउने गरिन्छ ? - माघ १
 
४९) माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन कहाँ रहेको छ ? - नेपालको सुदूर पश्चिम
 
५०) सिन्दुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोसी जलविधुत् आयोजनाको विधुत् उत्पादन क्षमता कति रहेको छ ? - १०२ मे. वा.
 
५१) सरकाले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न तथा आउँदो पुस्तालाई धुम्रपान मुक्त गर्ने उद्धेश्यका साथ सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति कहिले सार्वजनिक गरेको हो ? - वि. स. २०७४ पुस २८
 
५२) सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङ्मा तत्कालीन राज्य पक्षद्वारा मारिएकालाई सहिद घोषणा कहिले गरेको हो ? - वि. स. २०७४ पुस २८
 
५३) नेपालको माउन्ट फुजी भनी चिनेको हिमाल कुन हो ? - मनासलु
 
५४) त्रिमुर्ति निकेतनद्वारा वि. स. २०७४ मा प्रदान गरिने लेखनाथ काव्य पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - मुकुन्द शर्मा (पुरस्कार राशि ५० हजार रुपियाँ)
 
५५) चीनको नानिङ् महानगरसँग हालै भगिनी सम्बन्ध कायम भाएको नेपालको महानगर कुन हो ? - पोखरा-लेखनाथ, २०७४ पुस २७ (सन् २०१८ जनवरी ११)
 
५६) नेपालमा पहिलोपटक राष्ट्रिय आर्थिक गणना कहिलेबाट सुरु गरिनेभएको छ ? - वि. स. २०७५ वैशाख १
 
५७) विश्व बैङ्कद्वारा सन् २०१८ जनवरी ९ मा सार्वजनिक  विश्व आर्थिक परिदृश्य-२०१८ अनुसार आ.व. २०७४/२०७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण छ ? - ४.६ प्रतिशत
 
५८) निर्माण थालनी भएको झन्डै १० बर्षपछि चमेलिया जलविधयुत आयोजनाबाट व्यावसायिक उत्पादन कहिलेदेखि सुरु गरिएको हो ? - वि. स. २०७४ पुस २८ 
 
 
श्रोत : गोरखापत्र

 


You need to login to comment.

Facebook Comments