Welcome, Guest

२०७२ बैशाख

2072-01-31  /  4.4K 0

२०७२ बैशाख महिनाका महत्वपूर्ण समसामयिक घटनाक्रम

  • सरकारले २०७१  चैत १८ गते राजपत्रमा सूचना प्रकाशित गरी २०७२ वैशाख १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकाभर २०×३५ इन्च साइज तथा ४० माइक्रोन मोटाईसम्मका प्लाष्टिक झोला प्रतिबन्ध लगाएको  ।
  • १ बैशाख २०७२ मा जाजरकोटमा मौसमी रुघाखोकीका रूपमा देखा परेको रोग स्वाइन फ्लुका कारण फैलिएको पुष्टि ! रोगका कारण जाजरकोटको जनजीवन महिनौ सम्म अस्तव्यस्त !
  • लगानी बोर्डले पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवर्द्धक चिनियाँ कम्पनीलाई डेढ खर्ब रुपैयाँसम्म विदेशी लगानी (एफडीआई) ल्याउन स्वीकृति दिएको छ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा २०७१ चैत्र ३० गते बसेको बोर्ड बैठकले चिनियाँ प्रवर्द्धक थ्री गर्जेजअन्तर्गतको चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्टि्रक (सीडब्लूई) कम्पनीलाई एफडीआई ल्याउन स्वीकृति दिएको हो ।
  • साहित्यतर्फको नोबेल पुरस्कार विजेता जर्मनीका लेखक गुइन्टर ग्रासको ८७ वर्षको उमेरमा निधन भएको छ । चर्चित उपन्यास 'द टिन ड्रम' का लेखक ग्रासको सोमबार बिहान ल्युबेकस्थित एक क्लिनिकमा उपचारका क्रममा 14 April 2015 मा निधन भएको हो । ग्रासलाई सन् १९९९ मा 'द फोर्गटन फेस अफ हिस्ट्री' का लागि साहित्यतर्फको नोबेल पुरस्कार दिइएको थियो ।
  • दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा पहिलो पटक नेपाल सरकारले महिला कूटनीतिज्ञलाई निर्देशकको रुपमा पठाएको छ । राजधानीको त्रिदेवी मार्ग, ठमेलमा रहेको सार्क सचिवालयलमा परराष्ट्रकी उपसचिव रिता धितालले नेपालको तर्फबाट निर्देशकको जिम्मेवारी २०७२ बैशाख २ बाट सम्हालेकी हुन् । नेपालबाट प्रथम महिला निर्देशको रुपमा रिता गएकी भए पनि सार्क सचिवालयको स्थापना पछि उनी छैटौं महिला निर्देशक हुन् । सर्वप्रथम भुटानले महिला निर्देशक सार्कमा पठाएको हो भने श्रींलका, भारत र माल्दिभ्सले महिला निर्देशक पठाईसकेका छन् ।
  • पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको २०७२ बैशाख २ गते राती उपचारको क्रममा भारतको नयाँ दिल्लिमा निधन भएको ।
  • पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टिका वरिष्ठ नेता सूर्यबहादुर थापाको २०७२ बैशाख ३ गते शुक्रबार साँझ राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको . ।
  • २०७२ बैशाख ५ गते 'हिडेन ट्रेजर फ्यान्टा मिस नेपाल- २०१५'को ताज इभाना मानन्धरले पहिरिएकी छन् ।  मिस नेपाल- २०१५ ले मिस वर्ल्ड- २०१५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
  • २०७२ वैशाख ७ प्रधानमन्त्री सुशील कोइरालाले सुवीर खनाललाई आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गरेका  ।
  • २०७२ वैशाख ८ - जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार साँझ भूकम्प आएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ७ बजेर ४७ मिनेटमा ५.१ रेक्टर स्केलको भूकम्प आएको हो । जाजरकोटको भीमे गाविस आसपासमा भूकम्पको केन्द्रबिन्दु रहेको ।
  • 2015 April 21 , इजिप्टको अदालतले पूर्वराष्ट्रपति मोहमद मोर्सीलाई २० वर्ष जेल सजाय सुनाएको  । उनले आफ्नो कार्यकालमा मानिसहरूलाई गैरकानुनीरुपमा हिरासतमा राख्ने आदेश दिएको तथा बन्दीहरूलाई यातना दिएको अभियोगको अन्तिम सुनुवाई गर्दै उक्त सजाय सुनाइएको हो ।
  • 'विश्व शान्ति र समृद्धि अभिबृद्धिको लागि दक्षिण-दक्षिण सहयोगको सबलीकरण' भन्ने नाराका साथ एशियाली अफ्रिकी शिखर सम्मेलन २०१५ को  उद्घाटन इण्डोनेशियाको जाकर्तामा 2015 April 22 मा गरिएको । नेपालका तर्फबाट प्रधानमन्त्री शुसिल कोइराला सहभागि भएका ।
  • वैशाख १० २०७२, राजधानी काठमाडौं र कर्णाली अञ्चलको सदरमुकाम जुम्लाबीच  सिधा अस्थायी रूपमा बस सेवा सुरु भएको ।
  • 23 April 2015(वैशाख १० २०७२) , नेपाल र बंगलादेशबिच १०८ वस्तुलाई भन्साररहित बजार पहुँच दिने सहमतिमा हस्ताक्षर भएको ।
  • 23 April 2015, दक्षिणी चिलीमा स्थित 'द क्लाबुको' ज्वालामुखी ४० वर्षपछि बिस्फोट भएको ।
  • २०७२ बैशाख ११, सरकारले मुलुकको पहाडी र बढी घुम्ती भएका सडकमा दुई तले बस गुड्न रोक लगाएको !
  • २०७२ बैशाख १२ , बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बार्पाक केन्द्रविन्दु बनाइ ७ दसमलव ८ म्याग्निच्युडको महा भुकम्प भुकम्पको कारणले ८००० जना भन्दा बढीको मृत्‍यु । अरबौको भौतिक क्षति । महिनौ सम्म भुकम्पका साना ठुला पराकम्प महसुस गरिएको ।
  • 2015 April 28, संयुक्त राष्ट्रसंघले शनिबार आएको महाभूकम्पमा परेर एक करोडभन्दा बढी नेपाली प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएको बताएको  । कम प्रभावित ३९ जिल्लामा ८० लाख र अत्यन्त प्रभावित ११ बढी जिल्लामा २० लाख जनता प्रभावित भएको जनाएको  ।
  • 2015 April 30, महाभूकम्पको विस्तृत अध्ययन गर्न राष्ट्रसंघको मानवीय मामिला सम्वन्धी उपमहासचिव भलेरी एमोस र युरोपेली युनियनको कमिसनर (मन्त्री) क्रिस्टियन कर्कखोभेन नेपाल भ्रमणमा ।
  • 2015 May 3, चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । चेल्सीले आइतबार क्रिस्टल प्यालेसलाई १–०ले पराजित गरेपछि ३ खेल अगावै च्याम्पियन बनेको ।
  • 2015 May 5, पपुवा न्युगिनीमा ७.४ म्यानिच्युडको  भूकम्प गएको ।
  • २०७२ बैशाख २९ ,दिउँसो १२:५० बजे सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ६ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको थियो । बैशाख १२ गते महाभूकम्प गएपछि भएको एक सय बढी पराकम्पनपछि अर्को शक्तिशाली भूकम्प गएको हो । दोलखा सबैभन्दा बढी प्रभावित ।
  • २०७२ बैशाख २९, वैशाख २९ गते गएको शक्तिशाली भूकम्पपछि दोलखाको सुनखानीमा खोज तथा उद्धार कार्यको लागि गएको हेलिकप्टर संपर्क बिहिन भएको ।
  • २०७२ वैशाख ३०, व्यवस्थापिका–संसद्को  बैठकले भूकम्पपीडितलाई राहत बाँड्ने र पुनःस्थापना गर्नेबारेको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको ।

    भुकम्प जानकारी !

  •  नेपालमा २०७२ बैशाख १२ गते ११ बजेर ५६ मिनेटमा जाँदा नेपालको ईतिहाँसकै दोस्रो ठूलो भुकम्प गएको थियो , जुन ७.८ रेक्टर स्केलको थियो !

  • २०७२ बैशाख १२ गते गएको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक मा रहेको थियो !

  • २०७२ बैशाख २९ गते २०७२ बैशाख १२ गतेको भुकम्पको सबैभन्दा ठूलो पराकम्प गएको थियो , जुन ६.८ रेक्टरस्केलको थियो !

  • २०७२ बैशाख २९ गते गएको पराकम्पको केन्द्रविन्दु दोलखा जिल्लामा रहेको थियो !

  • नेपालमा भुगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले भुकम्पको मापन गर्ने गर्दछ !

  • भुगर्भ विभाग उद्योग मन्‌त्रालय अन्तर्गत पर्दछ !

- बिष्णु प्रसाद गौतम      


You need to login to comment.

Facebook Comments